दशै र छठ अगाडि पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुने

Posted on
  • Sep 25, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ९ असोज/ वाणिज्य तथा आपर्ूर्तिमन्त्री एवं सदभावना पार्टर्ीी केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले दशै र छठ अघि पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुने त्यसपछि समायोजन गरिने बताउनुभयो ।
    आज बिहान पत्रकार सम्मेलनमा महतोले बुधवार वीरगंजमा रहनुभएका भारतीय वाणिज्य राज्यमन्त्री र आफूबीच व्यापारको द्विपक्षीय हितलाई अगाडि बढाउने कुरामा छलफल भएको बताउनुभयो । वाणिज्य तथा आपर्ूर्ति मन्त्री महतोले नेपालका जनताहरुको आवश्यकता अनुसार भारतबाट आयात गरेको दाललगायत खाद्यान्न नेपालबाट अन्य देशमा निर्यात हुनु गलत हो भन्नुभयो ।
    उहांले नयां युगमा नेपाल प्रवेश गरेको छ । नयां नेपाल निर्माण गर्ने प्रक्रिया सुरु भएको छ भन्नुहंुदै समानुपातिक प्रतिनिधित्व राज्यको सवै अंगमा हुनु पर्ने बताउनुहु“दै महतोले परिवर्तनको अवस्था अत्यन्तै पीडादायी हुन्छ । संविधानसभाबाट बन्ने नया“ संविधानले मात्र सवै जनताको सवै आकांक्षा पूरा हुन्छ, शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुग्दछ । सम्पर्ूण्ा जिम्मेवारी पूरा गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
    मन्त्री महतोले सुख्खा बन्दरगाहको अधिकतम उपयोगका लागि नेपाल-भारतबीचको रेलवे संझौतालाई अन्तिम रु दिने काम भइरहेको, चालु आवको लागि प्रस्तुत बजेट आर्थिक परिवर्तनतर्फ उन्मुख भएको, भारतको ल्याबोरेटरीबाट परीक्षण हुने होइन, अब नेपालकै ल्याबोरेटरीबाट भएको गुणस्तर परीक्ष्ँणलाई भारतले मान्यता दिने कुरा बताउनुभयो ।
    मधेशको नाममा मधेशीलाई आतंकित पार्ने काम हुनु हु“दैन, अब उप्रान्त नेपालको आवश्यकता अनुसार भारतबाट खाद्यान्न आपर्ूर्ति हुनसक्ने, भारतले कुनै प्रतिबन्ध नलगाउने बताउनुभयो । उनले सन् १९५० को सन्धि पुनरावलोकनका लागि लामो गृहकार्य गरिने बताउनुभयो ।
    सद्भावना पार्टर्ीीे संगठन विस्तारका लागि कार्यकर्ता भेलालाई संवोधन गर्न महतो बुधवार नै वीरगंज आइपुग्नुभएको थियो ।

    मधेशमा आमहतालको आह्वान


    वीरगंज, ९ असोज/ मधेश मुक्ति टार्इगर्स असोज ११, १२ र १३ गते सम्पर्ूण्ा मधेशमा आम हडतालको आह्वान गरेको छ।
    टार्इगर्सद्वारा जारी प्रेस विज्ञप्तिमा मधेश आन्दोलनकारीमाथि धम्कीपर्ूण्ा अभिव्यक्तिको मधेश मुक्ति टार्इगर्स घोर विरोध र भर्त्सना गर्दछ भन्दै मधेश र मधेशी धर्तीपुत्रहरुको अस्तित्व र पहिचानको मुद्दाहरुलाई ओझेलमा पार्दै वार्ताको ढोंग रचेर मधेशमा जारी सशस्त्र आन्दोलनलाई दमन गर्ने दुष्प्रयास भइरहेको र शान्ति सुरक्ष्ँाको नाममा वामद्वारा जारी प्रहरी आतंकविरुद्ध मधेशमा आमहडतालको आह्वान गरिएको भनिएको छ ।
    सो प्रेस विज्ञप्तिमा बन्दको अवज्ञा गरेमा आरडिएक्स र जिलेटिनयुक्त कारतुस एवं गोला बारुदसमेतबाट भौतिक कारबाही भएमा मधेश मुक्ति टार्इगर्स जिम्मेवार हुने छैन भनिएको छ ।

    0 comments: