यातायात व्यवसायीद्वारा विरोध

Posted on
  • Sep 9, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २४ भदौ/ यातायात व्यवसायीलाई प्रहरीले पक्राउ गरेको विरोधमा पर्साका यातायात व्यवसायीहरुले विरोध पर््रदर्शन गरेका छन् ।
    आज बिहानैदेखि स्थानीय बस व्यवसायीहरुले घण्टाघर, प्रतिमा चोक, गण्डकको सडकमा बस ठड्याइ बाटो अवरोध तुल्याएका छन् ।
    बाराको नितनपुरमा दर्ुइ दिन अघि दूरसंचारको टावरमा ठोक्किएर दर्ुघटना भएको ना ३ ख ११२७ नं.का बसका मालिक अशोक श्रीवास्तवलाई हिजो राति जिल्ला प्रहरी कार्यालय, पर्साले अपराधीसरह पक्राउ गरी लगेका थिए ।
    दर्ुघटनामा बसमा सवार बारा सुखचैनाका मुन्ना यादवको बस पल्टिएर घटनास्थलमा मृत्यु भएपश्चात् सो क्षेत्र वरपरका बासिन्दाहरुले सडक अवरोध गर्दै चक्काजाम गरेकोमा मृतक परिवारलाई क्षतिपर्ूर्ति दिलाउन पर्सा प्रहरीले सो बसका मालिक श्रीवास्तवलाई पक्राउ गरेको बताइन्छ ।
    मृतक मुन्नाको लाशलाई सडकमा राखी ८ लाख रकमको क्षतिपर्ूर्ति माग गर्दै आएका बारा, नितनपुरस्थित स्थानीय बासिन्दा एवं मृतक परिवारसंग हिजो बस व्यवसायी श्रीवास्तवले १ लाख रकम क्ष्तिपर्ूर्ति दिनसक्ने जिल्ल प्रहरी कार्यालय पर्साले जनाए पश्चात सो विषयमा कुरा नमिल्दा श्रीवास्तव वार्ता छाडी गएका थिए ।
    हिजो राति सो समस्या समाधानका लागि पर्सा प्रहरीले गाडी मालिक श्रीवास्तवलाई पुनः पक्राउ गरी ल्याएपश्चात आजदेखि वीरगंजको घण्टाघरमा स्थानीय बस व्यवसायीहरुले चक्काजाम गरेका हुन् ।
    आज गरिएको चक्काजामबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साद्वारा हिजो राति आरम्भ गरेको ट्राफिक सप्ताह कार्यक्रमलाईसमेत असर पारेको छ ।
    चक्काजाम भएको स्थान वरिपरि ट्राफिक सप्ताह कार्यक्रमलाई प्रभावकारी बनाउन खटेका ट्राफिक प्रहरी वाल्ल परेर बसेको देखिन्थ्यो भने सडक अवरोध गरी राखिएको बस हटाउन ट्राफिक प्रहरी इन्चार्ज प्रनि कमल थापाको हर्ुमले समेत काम गर्न सकेको छैन ।

    सडक नाटक सम्पन्न
    वीरगंज, २४ भदौ/ ट्राफिक सप्ताहको दोस्रो दिन वीरगंजको ठाउं-ठाउंमा सडक नाटक पर््रदर्शन गरिएको छ ।
    आज बिहान घण्टाघरमा एक समारोहबीच ट्राफिक सप्ताह मनाउने क्रममा वीरगंज नगरपालिकाका कार्यकारी अधिकृत विश्वराज डोटेलको प्रमुख आतिथ्य र लायन्स क्लब अफ वीरगंजका अध्यक्ष मनोहर टिवडेवालको सभापतित्वमा सम्पन्न भएको छ ।
    प|mेन्डस अर्गनाइजेशन सोसीयल एक्टीभिटिज एण्ड र्सर्भिसेज -ँयकक) का कलाकारहरुले उक्त सडक नाटक प्रस्तुत गरेका थिए । सडक नाटकमा ट्राफिक सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।
    जिल्ला ट्राफिक कार्यालय, पर्सा र सामुदायिक सेवा जिल्ला समन्वय समितिको संयुक्त आयोजनामा तथा लायन्स क्लब अफ वीरगंजको सौजन्यमा उक्त सडक नाटक प्रस्तुत गरिएको थियो ।

    आगामी बजेटमा दर्ीघकालीन नीति लागू गर्नुपर्नेः लाठ
    वीरगंज, २४ भदौ/ वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गणेश लाठले आगामी बजेटमा दर्ीघकालीन औद्योगिक नीति लागू गर्नुपर्ने लगायत ६ सूत्रीय सुझाव संघले सरकारलाई दिएको बताउनुभयो ।
    आज मधेश मिडिया मिसन नेपाल, पर्साले बृन्दावन रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुंदै उहांले रोजगारीको अवस्था वृद्धि गर्न देश तथा विदेशका नयां लगानीको लागि राज्यद्वारा विशेष व्यवस्था गर्नुपर्ने, पथलैया ड्राइपोर्ट कोरिडोरलाई औद्योगिक क्षेत्र घोषणा गर्नुपर्ने, अन्तर्रर्ााट्रय स्तरको कृषि बजारको व्यवस्था गर्नुपर्ने भन्नुभयो । पत्रकार सम्मेलनमा सभासद् ओमप्रकाश शर्माले सरकारले जनमुखी बजेट ल्याउनेमा र्सवपक्षीय आशा गरिएको छ भन्नुहंुदै कृषकहरुको आम्दानी वृद्धि गर्नको लागि आधुनिक कृषि उत्पादनको लागि विशेष कृषि नीति ल्याइने धारणा व्यक्त गर्नुभयो ।
    मिशनको अध्यक्ष संजीव मिश्रको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनको संचालन मिशनकी सचिव प्रियड्ढा पाण्डेले गरेकी थिइन् ।

    राहत वितरण
    वीरगंज, २४ भदौ/ कोशी बाढीपीडितको उद्धारको निजी रुपबाट पहल गर्नुभएका विज्ञान शिक्षक अभयकुमार मिश्र तथा डा. रविन्द्रकुमार सिंहले आज नेपाल रेडक्रस सोसाइटी, पर्साका अध्यक्ष श्याम पोखरेललाई नगद रु १५ हजार ६ सय ८७ रुपियां हस्तान्तरण गर्नुभयो ।
    त्यस्तै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन पर्साका अध्यक्ष श्याम केसीले सभापति पोखरेललाई विभिन्न विद्यालयका विद्यार्थीहरु तथा शिक्ष्ँकबाट संकलित रकम ३० हजार एवं लत्ताकपडा हस्तान्तरण गर्नुभयो ।
    त्यसैगरी आजै नारायणी रोडा उद्योग संघका अध्यक्ष विजयकुमार जैसवालबाट करिब १ लाख मूल्य बराबरको चिउरा, भुजिया, चाउचाउ, विस्कुट नेरेसोका महामन्त्री फूलमहम्मद मियांलाई हस्तान्तरण गर्नुभयो ।
    आजै सहयोगी समाज राधेमाई-१६ बाट संकलित रु ६ हजार ६ नगद र २६ बोरा लत्ताकपडा नेरेसोका सभापति पोखरेललाई सचिव सुरेशप्रसाद यादवले हस्तान्तरण गर्नुभयो ।

    ब्युटिसियनको जिल्ला अधिवेशन
    वीरगंज, २४ भदौ/ नेपाल ब्युटिसियन संघ, वीरगंज पर्साको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
    आज ब्युटिसियन संघका उपाध्यक्ष रंजना रौनियारको सभापतित्वमा सम्पन्न सो अधिवेशनको प्रमुख अतिथि नेपाल टे्रड युनियन कांग्रेसका केन्द्रीय सदस्य रामनारायणप्रसाद कर्ुर्मी रहनुभएको थियो ।
    नेपाल टे्रड युनियन कांग्रेस स्वतन्त्रसंग आबद्ध वीरगंजका तीन दर्जनभन्दा बढी ब्युटिसियनहरुको सहभागिता रहेको थियो । आपसी सहमतिको आधारमा नया कार्यसमिति चयन गरिने उक्त कार्यक्रममा धीरेन्द्रकुमार सिंह, अमृतलाल जोशी, चन्द्रनारायण सिंह, दीलिप शर्मा बराल, विजय पौडेल, छोटेलाल, पुलीस यादवलगायतको उपस्थिति थियो ।

    0 comments: