दक्षिण एसियामा अस्थिरता र अराजकताको केन्द्रविन्दु

Posted on
  • Sep 4, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १९ भदौ/ नेपाली कांग्रेसका नेता देवेन्द्रलाल नेपालीले दक्षिण एसिया अस्थिरता र अराजकताको केन्द्र विन्दु रहेको बताउनुभएको छ ।
    रिपोर्टस क्लब नेपाल, पर्सा शाखाद्वारा आयोजित ँसम्माननीय प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष प्रचण्ड ज्यूको चीन भ्रमणबाट भारतसंगको सम्बन्धमा पर्न सक्ने प्रभाव’ विषयक विचार गोष्ठीमा बोल्दै नेता नेपालीले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण क्रमभंग होइन चकित हुने स्थिति हो, भारतले नेपालमा बनाएको राजनीति घरमा चीनरुपी साप बसेको छ । सापलाई बस्ने घर मुसाले बनाइदिएको हुन्छ भन्नुभएको थियो ।
    नेकपा माओवादी पर्साका जिल्ला इन्चार्ज क. अनिलले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण अस्वभाविक र अप्राकृतिक होइन, विषयवस्तुलाई प्रोबोक गर्नु हुंदैन भन्नुभयो ।
    मधेशी जन अधिकार फोरम नेपालका केन्द्रीय सल्लाहकार सदस्य वीरेन्द्र लाल नेपालीले प्रधानमन्त्री प्रचण्डतर्फइंगित गर्दै पदीय दायित्व बोकी सकेपछि दर्ुइ करोड ५० लाख नेपाली जनताको हित र राष्ट्रको रक्षाबाहेक पार्टर्ीीहत, व्यक्तिगत स्वार्थमा लाग्न पाइदैन भन्नुभएको थियो ।
    तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीी केन्द्रीय सदस्य रामचन्द्र कुशवाहाले नेपाल भारत बीच रोटीबेटी, चोली और दामनको सम्बन्ध छ । नेपालको सवै सौर्न्दर्यको रक्षा गर्न भारतको सहयोग चाहिन्छ । प्रधानमन्त्री प्रचण्डले प्रकृति र परम्परा बदलेको बताउनुभएको थियो ।
    नेकपा संयुक्त पर्साका अध्यक्ष रामराज जैसवालले आगामी दिनमा नेपाल-भारतबीचको सम्बन्ध सौहार्दपर्ूण्ा हुनुपर्ने बताउनुभएको थियो ।
    नेपाल पत्रकार महासंघ पर्साका सदस्य पवन तिवारीले नेपाल-भारत बीच अन्योन्याश्रति सम्बन्ध छ, र्सार्वभौमिक राष्ट्र नेपालका प्रधानमन्त्री प्रचण्डले चीन भ्रमण गर्दा भारतजस्तो राष्ट्रले आपत्ति गर्नु राम्रो होइन भन्नुभयो ।
    नेकपा एमाले पर्साका सचिवालय सदस्य डा. विश्वम्भर शर्माले भारतको सहयोगविना नेपालमा शान्ति, स्थिरता र विकास सम्भव छैन ।
    उद्योगपति चिरञ्जीवीलाल सरावगीले नेपाल-भारतबीचको सम्बन्ध सुमधुर बनाउन सवैको प्रयास हुनु पर्दछ भन्नुभएको थियो ।
    गोष्ठी संचालनको साथै स्वागत मन्तव्यको क्रममा रिपोर्टस क्लब नेपाल पर्सा शाखाका सल्लाहकार सर्ुदर्शनराज पाण्डेले यथार्थमा भन्ने हो भने वर्तमान नेपाल भारत बीचको सम्बन्ध जटिल, विवादयुक्त, कटुता, अन्यौल, अविश्वास, असमानता र आशंकापर्ूण्ा छ ।
    रिपोर्टस क्लब नेपाल पर्सा शाखाका अध्यक्ष कन्हैया गुप्ताले सभापतिको आशनबाट सवै सहभागीहरुलाई धन्यवाद ज्ञापनसहित गोष्ठी विर्सजन गर्नुभएको थियो ।

    0 comments: