भ्रष्ट प्रहरीविरुद्ध सुनचांदी व्यवसायी आन्दोलित

Posted on
  • Aug 5, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २१ साउन/ नेपाल सुनचांदी व्यवसायी संघ पर्सर्ाा अध्यक्ष रामरतन र्सराफले भ्रष्ट प्रहरीविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्नुभएको छ ।
    आज रिपोर्टस क्लब नेपाल, पर्सर्ाााखाको ब्यानरमा आयोजित पत्रकार सम्मेलनमामा बोल्नुहुंदै अध्यक्ष र्सराफले बिलसमेतको तयारी चांदीको गहना काठमाडौं लैजान खोज्दा साउन १९ गते पक्राउ गरी बिल गायब गरेर व्यवसायीलाई दुःख दिने मनसायले जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी निरीक्षक केपी शर्माले सामान जफत गरेर भंसार चलान गरेकोमा आपत्ति प्रकट गर्नुभएको छ ।
    र्सराफले प्रनि केपी शर्मा एवं दलाल कालु सरदार मिली ५० हजार रकम मांग गरेकोमा सो दिन नचाहेको हु“दा नियमविपरित सामान भंसार चलान गरी बिल गायब गरेको आरोप लगाउनुभयो । उहांले जिल्ला प्रहरी कार्यालय, पर्साका एसपी योगेश्वर रोमखामीले बिल हेरी सामान छाडिदिने आदेश दिंदासमेत नटेरी सामान भंसार बुझाएको विरोधमा सुनचांदी संघले चरणबद्ध विरोधको कार्यक्रम गर्ने चेतावनी दिनुभयो । प्रनि शर्मामाथि कारबाही नभएसम्म आन्दोलन जारी राख्ने एवं प्रथम चरण भोलि जिल्ला प्रहरी कार्यालय, पर्सा घेराउ गर्ने कार्यक्रम तय गरेको बताउनुभयो ।
    सो कार्यक्रम रिपोर्टस क्लब नेपाल, पर्सर्ाााखाका अध्यक्ष कन्हैया गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    0 comments: