वीरगंज, २२ साउन/ आज श्रावण शुक्ल पञ्चमीलाई नागपञ्चमी भनिन्छ । नागपञ्चमी हिन्दूहरुको एउटा ठूलो पर्व हो । आजैबाट हिन्दूहरुको चार्डपर्व सुरु हुन्छ ।
हिन्दू धर्मावलम्बीहरुले नागपञ्चमी आफनो घरको मूल प्रवेशद्वारमा नाग चित्राकिंत तस्बिर टांसी पूजाआजा गरेर मनाउंदै छन् । यस दिन नागका अष्टकुल अर्थात अनन्त, बासुकि, पद्य, महापद्य, तक्षक, कुलीर, कर्कट र शङ नागको चित्रमा दूध, दही, अक्षता, फूल दूबोले पूजा गरी दूध र लावाको नैवेद्य चर्ढाई घरको मूल ढोकामाथि टाँस्नाले आगो र र्सपको डर हुदैन भने घर परिवारको रक्षा, सूल जस्ता सानातिना चोटपटक, बज्र प्रहार -चटयाङ) पनि टरेर जाने धार्मिक आस्था छ ।
आज नागपञ्चमीका लागि बजारमा रंगीविरंगी, विभिन्न आकर्षा र मूल्यका नागका चित्रहरु बिक्री भइरहेका छन् ।
विषधर हुनु नाग र र्सपको स्वभाव हो । बिषैलो वातावरण संग्लो पार्न विषधर जीवको आवश्यकता पर्दछ । खेतबारी र पानीमा बढीमात्रामा विषादीको प्रयोगले गर्दानाग र र्सपहरुको बासस्थल संकटमा परी बिलय हुंदैछन् । भारतबाट आउने गरेका केही नेटुवाहरुले नागलाई नचाई पर््रदर्शन गरेर जीविकोपार्जन गर्नुका साथै नाग र र्सपको तस्करीसमेत गरिरहेका छन् ।
प्रत्येक वर्षनेपालमा र्सपदंशबाट धेरै मानिसहरु मर्दै आएका छन् । २०/२५ हात लामो, मोटो अजिंगरदेखि चार इन्च रहेको यस पृथ्वीमा र्सपका ३१०० प्रजाति छन् । सवै र्सप विषालु हुंदैनन् । हिन्दर्ूधर्मले प्रकृतिको महत्व बुझेर नै यसको संरक्षणमा मानिसहरुलाई आवश्यक प्रेरणा दिंदै आएको छ । यस संसारमा पैदा भएका सबै मनुष्य, पशुपंक्षी, वनस्पति, जिवाणुको बांच्ने अधिकार हुन्छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment