पथलैया सडक अवरुद्ध

Posted on
  • Aug 6, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २२ साउन/ बारा ट्रक व्यवसायी संघले दर्ुघटनामा परेका व्यक्तिलाई थप उपचार खर्चको माग गर्दै पथलैया सडक अवरुद्ध गरेका छन् ।
    आज दिउंसो २ बजेदेखि पथलैयामा सडक अवरुद्ध हुंदा हजारौं ट्रक र यात्रुवाहक बस रोकिएका छन् । दर्ुइ पक्षबीच वार्ताद्वारा उपचार खर्चको आवश्यक व्यवस्था मिलाएर अवरुद्ध सडक खुलाउने तयारीमा लागेको कुरा जिल्ला प्रहरी कार्यालय बाराका एसपी हेमन्तराज पालले बताउनुभएको छ ।

    निशुल्क दन्त शिविर

    वीरगंज, २२ साउन/ लायन्स क्लब अफ वीरगंज सेन्ट्रल र लायन्स क्लब अफ वीरगंज सिनीयरको संयुक्त आयोजनामा निशुल्क दन्त शिविर सम्पन्न भयो ।
    आज लायन्स क्लब अफ वीरगंज सेन्ट्रलकी अध्यक्ष विनिता सरावगीको सभापतित्वमा सम्पन्न सो शिविर मर्ुर्ली १५ स्थित होली होम इंगलिश बोर्डिङ स्कूलको प्रा·णमा कक्ष्ँा २ देखि ६ कक्ष्ँासम्मका छात्रछात्रा तथा स्थानीय महिला, पुरुष, वृद्ध, बालबालिका गरी १०० जनाभन्दा बढीले दन्त परीक्ष्ँण गराएका थिए ।
    एमबी केडिया डेन्टल छपकैयाका डा. नरेन्द्र सिंह, डा. प्रज्ला विष्टले परीक्षण गरेका सो शिविरको प्रमुख अतिथि लायन चिरिन्जीवी सरावगी, विशिष्ठ अतिथिमा लायन डा. आरपी खेतान रहनुभएको थियो ।

    भारतीय रेलले किचेर महिलाको मृत्यु

    वीरगंज, २२ साउन/ तर्ीथ घुम्न गएकी एक नेपाली महिलाको रेल दर्ुघटनामा परी मृत्यु भएको छ ।
    पर्सर्ााजल्ला, शिवर्वा गाविस-६ बस्ने अगलु पासवानको पत्नी श्रीपती देवी तर्ीथ घुम्न जा“दै गर्दा भारतको दिल्लीस्थित चलिरहेको रेलमा चढन खोज्दा रेलले काटिएर मृत्यु भएको निजको पारिवारिक स्रोतले जनाएको छ ।

    रक्तदान तथा मेंहदी तालिम प्रमाणपत्र वितरण

    वीरगंज, २२ साउन/ मानव सशक्तिकरण समाज नेपाल पर्सर्ाा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गर्‍यो ।
    आज समाजका अध्यक्ष सन्तोष पटेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि फेमिन ब्युटिसीयन तथा मिसेज वीरगंज गुडडी जोशी रहनुभएको थियो । रेयुकाई २० औं शाखाको सभाकक्षमा सम्पन्न उक्त कार्यक्रमका विशेष अतिथि लायन्स क्लब वीरगंजका पर्ूव अध्यक्ष मुकेश सरावगी रहनुभएको थियो भने अतिथिहरुमा वर्ल्ड कर्क संस्थाका फिल्ड संयोजक निराजन बैतउला, मेंहदी तालिमका प्रशिक्ष्ँक संगीता खड्गी, पुष्पा पौडेल, माओवादीका प्रतिनिधि शेख हस्मुल्ला, रेयुकाइ प्रमुख अमित श्रेष्ठलगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन प्रगति अर्याल, स्वागत मन्तव्य मेघा गुप्ताले गर्नुभएको थियो ।
    कार्यक्रममा ५० जना महिला तथा पुरुषहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

    0 comments: