वीरगंज, २३ साउन/ उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा सपथ लिइ देशभर विरोध भएपछि माफी मागेको भन्दै मधेशी जनअधिकार फोरम मधेश पर्साले विरोध गर्दै चक्काजाम गरेछ ।
आज दिउ“सो फोरम मधेशका जिल्ला अध्यक्ष विनोद चौरसियाको नेतृत्वमा पार्टर्ीीार्यालयबाट निस्केको जुलुस नगरपरिक्रमा गरी माइस्थान मेनरोडमा पुगी १ घण्टा चक्काजाम गरी कोणसभा गरेका थिए ।
कोणसभामा जयकुमार मिश्र, विनोद चौरसिया, जयकरणप्रसाद यादव, रेखा साह, सुजीत त्रिपाठी, अलिअकबर मियालगायतले मन्तव्य प्रकट गरेका थिए ।
मधेशवादी नेताहरुले सरकारसंग गरेको सम्झौता, राष्ट्रपतिले उपराष्ट्रपतिले हिन्दी भाषा सम्बन्धी देशवासीसमक्ष क्षमा मागेको विरोधमा आज १ घण्टा चक्काजाम गरेको हो ।
उक्त चक्काजाममा विभिन्न नारासहितको प्लेकार्ड मधेश विरोधी पार्टर्ीीर्ुदावाद, मधेश गद्दार मर्ुदावाद, भोजपुरी, मैथली, अवधि, राजवंशी, कोचिला, मगही, मारवाडी, उर्दु भाषा जिन्दावाद समग्र मधेश एक स्वायत्त प्रदेश, आत्मनिर्ण्र्ााो अधिकारसमित मधेश सरकार हिन्दी विरोधी हाय हाय हिन्दी नेपालकी भाषा है, हिन्दीको राष्ट्र भाषा घोषणा गरलगायतको प्लेकार्ड बोकेका थिए ।
विश्व स्तनपान दिवस सम्पन्न
वीरगंज, २३ साउन/ लायन्स क्लब अफ वीरगंज सेन्ट्रल, लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटी र मारवाडी महिला मंचको संयुक्त आयोजनामा विश्व स्तनपान दिवस मनाइयो ।
आज लायन्स क्लब अफ वीरगंज सेन्ट्रलको अध्यक्ष विनीता सरावगीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि मारवाडी महिला मंचको अध्यक्ष सीता अग्रवाल रहनुभएको थियो ।
नृसिंह माध्यमिक विद्यालय पिपरामठ वीरगंज-१७ को प्रा·णमा भएको उक्त कार्यक्रममा पिपराका महिलाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
ढुवानी ट्रकहरु हडतालमा
वीरगंज, २३ साउन/ बारा, इटियाही स्थित वैष्णो देवी इन्डस्टि्रजको प्रिन्टिङ आयल ५८ ड्रम लोड भएको एक ट्रकलाई नेकपा एमालेको युथ फोर्स र स्थानीय प्रहरीले पक्राउ गरी वीरगंज भंसार चलान गरेको विरोधमा ट्रान्सपोर्ट एसोसिएसन वीरगंज पर्साले वीरगंज भंसार सडक आज अवरुद्ध गरेका थिए ।
भारत, आसाम, गुहाटीबाट आयात भएको औद्योगिक कच्चा पदार्थ मेथनल जहर काठमाडौर्ंतर्फ ड्रममा भरेर पठाउंदा उक्त ट्रक युथ फोर्सले कब्जामा लिई वीरगंज भंसारलाई बुझाएको विरोधमा आज ढुवानी व्यवसायी र ट्रान्सपोर्ट एसोसिएसन वीरगंज पर्साको आह्वानमा सबै ढुवानीका ट्रकहरु हडतालमा उत्रिएकाले आज दिनभरी ढुवानी कार्य ठप्प भएको छ । वीरगंजबाट अन्यत्र कुनै पनि ट्रक मालसामान लोड गरेर गएको छैन ।
न्याय नपाए आमरण अनसन
वीरगंज, २३ साउन/ वीरगंज उपमहानगर पालिका-१३ घडिअर्वा निवासी ज्योतिलाल साह कलवारले न्याय नपाएको भन्दै साउन २५ गते देखि आमरण्ँ अनसन बस्ने बताएका छन् ।
आज एक पत्रकार सम्मेलन गरी सदभावना पार्टर्ीीट पर्सा क्षेत्र नम्बर १ बाट संविधान सभासदमा निर्वाचन समेत लडेका ज्योतिलालले कलवार कल्याण्ँकारीण्ँी समिती वीरगंजका अध्यक्ष शिवजीप्रसाद कलवार संग जग्गा कारोबार गर्दा ८ करोड मुनाफा भएको र त्यसमा आप\mनो आधा हिंसा ४ करोड मध्ये १ करोड १९ लाख नदिएको कारण्ँ सपरिवार आमरण्ँ अनसन बस्ने बताएका छन् ।
आमरण्ँ अनसनमा ५ महिने नातिनी कालीकुमारी, अर्ढाई बर्षर्ीी कियाकुमारीसमेत दुइ छोरी, एक बुहारी, पत्नी र आफूगरी सातजना आमरण्ँ अनसनमा बस्ने बताए ।
५० केजी गांजा बरामद
वीरगंज, २३ साउन/ पर्सा, बन्जरीया गाविस नजिकै रहेको एक मन्दिरबाट वेवारिसे ५० केजी गा“जा प्रहरीले बरामद गरेको छ ।
गए राति १ बजे अस्थायी प्रहरी चौकी, बन्जारीयाबाट गस्तीमा गएको प्रहरी टोलीले तीनवटा पोकामा वेवारिसे गा“जा बरामद गरेको प्रहरी सहायक निरीक्षक बिन्देश्वर दासले जानकारी दिनुभयो । पक्राउ परेको गांजा ज्रि्रका पर्सामा बुझाएका छन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment