वीरगंज, २१ साउन/ अज्ञात समूहको गोली लागी एक र्सवसाधारण घाइते भएको छ ।
गए राति ११ बजे पर्सा जिल्लाको चोर्नी-९ चेडा टोल निवासी ३५ वषर्ीय अजिन मियां घरमा सुतीरहेको अवस्थामा अज्ञात समूहले घरबाट बाहिर बोलाई मियांको हातमा गोली प्रहार गरेको हो ।
हातमा गोली लागि घाइते भएका मियांको नारायणी उपक्षेत्रीय अस्पताल, वीरगंजमा भइरहेको छ । गोली प्रहार गर्नुको कारण खुल्न सकेको छैन भने घाइते मियांको अवस्था खतरामुक्त रहेको छ ।
उपमहानगरपालिका ठप्प
वीरगंज, २१ साउन/ वीरगंज उपमहानगरपालिकाले २०६४ मा लिएको पदपर्ूर्ति सम्बन्धी परीक्षाको परिक्षाफलप्रति विरोध गर्दै कर्मचारी एशोसिएसनका सम्पर्ूण्ा कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
आज बिहान १० बजेदेखि नपाका सम्पर्ूण्ा कार्य ठप्प गरी कर्मचारी एसोसिएसनले पुनः परीक्षाको मांग गर्दै आन्दोलनमा उत्रिएका हुन ।
सो कार्यालयको मेडिकल अधिकृत, अहेब, कम्प्युटर अप्रेटर, हल्का सवारीचालक, कार्यालय अधिकृतसमेत ९ वटा पदमा लिइएको परीक्ष्ँाको नतिजा हिजो प्रकाशित गर्दा नपाका सम्पर्ूण्ा हल्का सवारीचालकहरु कम्प्युटर अप्रेटर शिवनाथ एवं मेडिकल अधिकृत डा. प्रमोद र्सराफसमेत फेल भएको नतिजा प्रकाशित भएपश्चात् नपा कर्मचारी एशोसिएसनले उक्त नतिजालाई रद्द गरी पुनः परीक्षा लिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको कर्मचारी एसोसिएसनका उपाध्यक्ष किशोर सिंहले बताउनुभएको छ ।
२०५६ सालमा पुनरावेदन अदालत, मकवानपुरले पदपर्ूर्ति परीक्षालाई रद्द गरी पुन परीक्ष्ँा लिनुपर्ने आदेश दिएअनुसार २०६४ सालमा पुनः विज्ञापन प्रकाशित गरी नपाको ९ वटा पदमा परीक्षा लिइएकोमा सोही परीक्षाको नतिजाको विरोधमा आज बिहान १० बजेदेखि नपाको सम्पर्ूण्ा कामकाज ठप्प गरिएको हो ।
सो सम्बन्धमा वीउमनपाका कार्यकारी अधिकृतलगायतका पदाधिकारीहरुसंग कर्मचारी एशोसिएसनले अहिले परीक्षा नतिजा रद्द गर्नेसम्बन्धमा वार्ता भइरहेको कर्मचारी एशोसिएसनका उपाध्यक्ष सिंहले बताउनुहुंदै समस्या समाधान नभएमा पुनः आन्दोलन यथावत रहने जनाउनुभएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment