महेशचन्द्र गौतम
वीरगंज, १० भदौ/ वीरगंज उद्योग वाणिज्य संघले सो संघमा कार्यरत रहेका पुराना कर्मचारीहरुलाई उचित पारिश्रमिक दिन नसकेको वर्तमान अवस्थामा राजनीतिक दबाबका कारण अनावश्यक पद सिर्जना गरी नया“ कर्मचारी नियुक्त गरेबाट सो संघमा निकै तनावको वातावरण उब्जिएको छ ।
संघका अध्यक्ष गणेश लाठ लगायत अन्य दुइचार पदाधिकारीहरुलाई नेका, पर्सर्ाा सभासद अजयकुमार चौरसियाले सो नियुक्तिका लागि दबाब दिएपश्चात बाध्यतावश आवश्यकता नरहेको विशेषज्ञ पद सिर्जना गरी चौरसियाका मानिस शम्भु चौरसियालाई साउनदेखि नियुक्ति दिएबाट संघभित्र कर्मचारीबीचमा तनाव सिर्जना भएका हो ।
विगत लामो समयदेखि कार्यरत रहेका पुरानो कर्मचारीहरुको निकै समय बितिसक्दासमेत तलब वृद्धि नगरी हालसम्म न्यून पारिश्रमिक दिंदै आएकोमा उवासंघले एक्कासी आवश्यकता नरहेको पदका लागि ६ महिनासम्म २० हजार र पछि २५ हजार तलब दिनेगरी चौरसियालाई नियुक्ति दिएको बताइन्छ ।
वीरगंजको हरि खेतान क्याम्पसमा इकोनोमिक्स पढाउने गरेका चौरसिया यसअघि वीचिकालीसमेतमा काम गरिसकेका हुन् । एमडीए पास गरेको शैक्षिक योग्यताको आधारमा कुनै क्षेत्र नतोकि सिधै विशेषज्ञ -निर्देशक) पद सिर्जना गरी चौरसियालाई नियुक्ति दिनुले उवासंघका पदाधिकारीहरुको दबाब खेप्ने क्षेत्र भोलिको दिनमा अझै फराकिलो नहोला भन्न सकिन्न । यसरी सो संघमा विशेषज्ञ पदको कर्मचारीको आवश्यकता नै नरहेको अवस्थामा २५ हजारसम्म तलब दिने गरी कर्मचारी नियुक्त गर्नुले कम तलब खादै आएका सो संघका अन्य कर्मचारीहरुको मनोबललाई खसाल्ने कुरामा दर्ुइमत रहदैन । तर्सथ सम्बन्धित निकायले अन्य कर्मचारीहरुको तलब वृद्धिसम्बन्धमा बेलामै सोच्नुपर्ने रहन्छ।
ठगी एवं लुटपाट गर्ने अभियुक्तहरुलाई प्रहरीले छाड्यो
वीरगंज, १० भदौ/ दर्जनौं लुटपाट तथा ठगी घटनामा संलग्न रहेको अभियोगमा वीरगंज उपमहानगरपालिका वडा नं. २ निवासी शेख मुन्ना, शेख जावेदलाई प्रहरीले पक्राउ गरी छाडेका छन् भने अर्का दर्ुइ अभियुक्त शेख कलाम र शेख जलसुद्दिन फरार रहेका छन् ।
निकै लामो समयदेखि यस प्रकृतिको अपराधमा संलग्न रहेका यी अभियुक्तहरुले वीउमनपा २ बस्ने रोशनकुमार साह एवं मनिष मालीलगायतका व्यक्तिहरुलाई सस्तो मूल्यमा मोबाइल, ल्यापटप दिने भनि लिएको नगद हालसम्म नफर्काएको एवं छपकैया भंसारबीच रहेको बाटोमा बटुवाहरुलाई लुट्ने समेत गरेको तथ्य भदौ ४ गते मर्ुर्लीस्थित एक ट्रक चालकलाई कुटपिट गरेको विवादमा पक्राउ परेपश्चात् खुल्न आएको छ । सो समूहका शेख मुन्ना एवं शेख जावेदलाई पक्राउ गरी पर्सर्ाा्रहरीमा लगिएपश्चात् निज द्वय अभियुक्तहरुले ९८४५०९३६०८ नं.को मोबाइल लुटेको, नन्द मालीका १९ वषर्ीय मनिष मालीद्वारा ल्यापटप बिक्री गर्ने भनि ३३ हजार ५ सय नगद लिई रकम नफर्काइ कुटपिट गर्नसमेत तम्सेको, त्यसैगरी अन्य व्यक्तिको नगद रकम, मोबाइलसमेत कैलाश होटल नजिक लुटेको उजुरी निजहरुमाथि परेको प्रहरीले जनाएको छ ।
सो घटनामा यी अभियुक्तहरुलाई छुटाउन नेकपा माओवादीको भातृ संगठन वाइसीएलले निकै कसरत गरिरहेको थियो । करिब चार दिन प्रहरी हिरासतमा राखिएपश्चात् मुख्य दोषी शेख जलसुद्दिन प्रहरीमा हाजिर हुन नआएको एवं पक्राउसमेत नपरेको हुंदा पछि हाजिर हुनेगरी पक्राउ परेका द्वय अभियुक्त शेख मुन्ना र शेख जावेदलाई जमानीमा छाडेको प्रहरीले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment