गाविस सचिव हकहित संरक्षण नेपालको चेतावनी

Posted on
  • Aug 26, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १० भदौ/ सिराहाको भेडिया गाविसमा कार्यरत सचिव रामेश्वर सिंहलाई अज्ञात समूहले भदौ ७ गते अपहरण गरेको विरोधमा गाविस सचिव हकहित संरक्षण नेपालले भोलिदेखि तर्राईका पांच अञ्चलमा ५ दिनसम्म गाविसको कार्यालय ठप्प गर्ने निर्ण्र्ाागरेको छ ।
    आज संरक्षण नेपालका गाविस विशेष कार्यसम्पादन समितिका संयोजक रमेशकुमार सिंहले एक प्रेस विज्ञप्ति जारी गरी अपहृत सचिव सिंहको रिहाइ नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको उल्लेख छ ।

    कोशीबांधबारे कुरा उठाउने
    काठमाडौं, १० भदौ/ परराष्ट्रमन्त्री उपेन्द्र यादवले भारतीय प्रधानमन्त्री मनमोहन सिंहलगायत उच्च अधिकारीलाई भेटी कोशीबांधको समस्याबारे गम्भीरताका साथ कुरा उठाउने बताएका छन् । १० भदौमा नेपाल वान टेलिभिजनमा कार्यरत पत्रकारको माग पूरा गराउन पहल गर्न आग्रहका साथ पुगेका पत्रकारहरुसंगको भेटमा उनले उक्त कुरा बताएको भेटमा संलग्न रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले बताए ।
    'कोशीबांधबाट उत्पन्न समस्याको दर्ीघकालिन समाधान खोज्नेबारे भारतीय प्रधानमन्त्री मनमोहन सिंहलगायतका त्यहांका उच्च अधिकारीहरुसंग कुरा गर्छर्ुु १२ भदौमा भारत भ्रमणमा जान लागेका यादवले भने,'बांध भत्कदा आएको बाढीबाट विस्थापितलाई पुनस्थापित गर्नेबारे ठोस कुरा राख्नेछु ।' उनले भारतीय विदेशमन्त्री प्रणव मुखर्जीलगायतका नेताहरुसंग पनि बांधको समस्याबारे कुरा राख्ने बताए ।
    भारत भ्रमणमा नेपाल वानका पत्रकारको माग पूरा गराउन सम्बन्धित पक्षसंग कुरा गर्ने उनको भनाई थियो । यादवले पत्रकारको माग जायज भएकाले संचालिका नलिनी सिंहलाई विगतको सहमति कार्यान्वयन गराउन आफ्नो तर्फबाट कुनै कसर बांकी नराख्ने बताए ।
    यसअघि पत्रकारहरुले गृह मन्त्रालय, संचार मन्त्रालयका अलावा भारतीय राजदूतावाससम्म नलिनी सिंहलाई नेपाल झिकाएर पत्रकारको माग पूरा गराउन पहलका लागि ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाउन नेपाल पत्रकार महासंघका उपसभापति गोविन्द आचार्य, सचिव रामजी दाहाल, केन्द्रीय सदस्य उजिर मगरलगायतको उपस्थिति थियो ।

    0 comments: