उत्तम खड्गी
काठमाडौं, ११ भदौ/
यही भदौ महिनामा हुने भनिएको मिस नेपाल प्रतियोगिता हालको लागि स्थगित भएको छ ।
मिस नेपल प्रतियोगिता विगत १३ वर्षेखि हिडन टे्रजेर र काठमाडौं जेसीसको संयुक्त आयोजनामा हुंदै आइरहेकोमा विरोधका कारण यसपटक हुने, नहुनेबारे आयोजक अन्योलमा छ ।
विभिन्न महिला अधिकारवादी संघसंस्थाहरुले प्रत्येक वर्षमस नेपाल प्रतियोगिताको विरोध गर्दै आइरहेका छन्। यसपटक विरोधको नेतृत्व माओवादी सभासद अमृता थापाले लिएपछि उक्त प्रतियोगिता अन्यौलमा परेको हो ।
प्रतियोगिताको सम्पर्ूण्ा तयारी भइसकेको जानकारी आयोजकले दिएको छ तर विरोधका कारण सम्पर्ूण्ा प्रतियोगीहरुलाई आयोजकले घर फर्किन निर्देशक दिइसकेको छ ।
प्रतियोगिता गराउने उद्देश्यल लिएर अर्को वार्ता गर्न एमाले सभासद सपना प्रधान मल्लको नेतृत्वमा र पर्ूवमिस नेपाल उषा खडगीको संयोजकमा वार्ता टोलीसमेत गठन गरेको छ । वार्ता टोलीमा एमाले सभासद मल्ल, पर्ूव मिस नेपाल २००० उषा खडगी, रुवी राणा, झरना बज्राचार्य, स्वेता सिंह, सुगारिका केसी रहेका छन् ।
उक्त वार्ता टोली हिजो सांझ सभासमुख सुभाष नेम्वाङलाई सिंहदरबारस्थित कार्यालयमा भेटी मिस नेपाल प्रतियोगिताको विरोधको बारेमा जानकारी गराएको थियो । सभामुखले यसबारे सरकारसंग कुरा गर्नु म प्रक्रिया अगाडि बढाउछु भन्नुभयो । सभासद अमृता थापा मसंग पनि विरोधपत्रमा हस्ताक्षर गराउन आएको मैले हस्ताक्षर नगरेको खुलासा पनि गर्नुभएकोछ ।
प्रतियोगिताहरुको अभिभावकले अब प्रतियोगिता कहिले हुन्छ भन्ने आयोजकसंग जिज्ञासा राख्दा वार्ता सफल भएपछि प्रतियोगिता हुने मिति तोकिने जानकारी गराएको छ ।
गाविसको कार्यालय ठप्प
वीरगंज, ११ भदौ । गाविस सचिव हकहित संरक्षण्ँ नेपालको आह्वानमा बुधबारदेखि नारायण्ँी अञ्चल लगायत पर्ूर्वी तर्राईका मेची, कोशी, सगरमाथा र जनकपुर अञ्चलको गाविसको कार्यालयको कामकाज ठप्प भएको छ ।
सिराह जिल्लाको भेडिया गाविसका सचिव रामेश्वर सिंहलाई गत भदौ ७ गते अज्ञात समूहले अपहरण्ँ गरी बेपत्ता पारेको घटनाको विरोधमा ५ दिनसम्म गाविसका कार्यालयको कामकाज ठप्प पारिने गाविस हकहित संरक्षण केन्द्र, पर्सर्ाा जनाएको छ । ।
पा“च दिनभित्र गाविस सचिव रामेश्वर सिंहलाई रिहाई नगरिए अझै कडा सर्ंर्घषका कार्यक्रमको घोषण्ँा गरिने गाविस विशेष कार्य सम्पादन समितिका संयोजक रमेश कुमार सिंहले जनाएको छ ।
यसैगरी गाविस सचिव हकहीत संरक्षण्ँ केन्द्र बारा बेनुहाका अध्यक्ष्ँ शिवदयाल पासवानले आजदेखि सो घटनाविरुद्ध कामकाज ठप्प पारिएको जनाएको छ । साथै सम्पर्ूण्ा मानवअधिकारकर्मी, राजनीतीक दल, प्रहरी प्रशासन र पत्रकारहरुसग“ अपहृत सिंहको रिहाइको पहल गरीदिन आग्रह गरेका छन् ।
युवकमाथि गोली प्रहार
वीरगंज, ११ भदौ । अज्ञात समूहको गोली बारामा एक युवकको घाइते भएको छ ।
गए राति बारा जिल्लाको भगवानपुर गाविस वडा नम्बर ८ लक्ष्मनिया टोलामा अज्ञात समुहले गोली चलाउ“दा रौतहटको पथरा गाविस वडा नम्बर ९ निवासी २५ वर्षर्ीी वकिल मियां घाइते भएका हुन् ।
काम विशेषले आप\mनो ससुराली गएका मियांलाई अज्ञात समूहले पाखुरामा गोली गरी भागेका थिए ।
घाइतेको उपचार नारायण्ँी उपक्षेत्रीय अस्पताल, वीरगंज भइरहेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
राजमार्ग अवरुद्ध हुंदा यात्री मर्कामा
चपुर, ११ भदौ/ दर्ुघटनामा मृत्यु भएका पीडित परिवारले क्षतिपर्ूर्तिको माग गर्दै चन्द्रनिगाहपुर- रौतहटको जनजीवन कष्टकर भएको छ ।
आज बिहान चक्काजामका कारण्ँ अलपत्र परेका यात्रुले तत्काल समस्या समाधान गर्न माग गर्दै रातभर प्रहरी कार्यालय अगाडि नाराबाजी गरेका थिए । लामो तथा छोटो दुरीका लागि हिंडेका दर्जनौ सवारी साधन चपुर आसपासका क्षेत्रमा रोकिदा ५ हजार बढी यात्रु अलपत्र परेका छन् ।
पीडितहरुले समस्या समाधानमा स्थानीय प्रशासन तथा सम्बन्धित पक्ष गम्भीर नभएको भन्दै बजारसमेत बन्द गराएका छन् ।
तीन साताअघि पर्ूव पश्चिम राजमार्गअर्न्तर्गत लमाह चन्द्ररनिगाहपुर खण्डको लट्का कजवेमा बस दर्ुघटना हु“दा ११ जनाको मृत्यु भएको थियो भने चालीस बढी घाइते भएका थिए ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment