विद्यार्थीद्वारा पर््रदर्शन

Posted on
  • Aug 27, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ११ भदौ/ वीरगंज उपमहानगरपालिका वडा नं. १७ स्थित रहेकेा सिर्द्धार्थ माविका प्रधानाध्यापक जगरनाथ तिवारीले सोही स्कूलका विद्यार्थीलाई हातपात गरेपछि सम्पर्ूण्ा विद्यार्थीहरुले स्कूल हडताल गर्नुका साथै आज बिहान १० बजे मूलसडकमा टायर बाली सडक अवरुद्ध पारेका छन् भने श्रीपुर, मर्ुर्ली, पावरहाउसलगायतको स्थानमा टायर बालेका थिए ।
    स्कूलले विद्यार्थीहरुसंग शुल्क लिने तर विद्यालयका भौतिक सामग्री बे्रन्च, पंखालगायतको व्यवस्था गर्न लापरवाही गरेको कारण केही दिन अगाडिदेखि लिखितरुपमा प्रधानाध्यापक तिवारीसमक्ष्ँ माग पेश गरेका थिए ।
    सोही विषयलाई लिएर आज बिहान जांदा प्रअ तिवारी र विद्यार्थीबीच विवाद चर्किएपछि एक विद्यार्थीलाई प्रअ तिवारीले हातपात गरेपछि सम्पर्ूण्ा विद्यार्थीहरुले प्रअ तिवारीविरुद्ध स्कूल हडताल गरी पर््रदर्शनमा उत्रिएका हुन् ।
    सो घटनाको विरोधमा विद्यार्थीहरुले आजै नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय श्रीपुरको पठनपाठन बन्द गराएका थिए भने साल्ट टे्रडिङ सडकमा एक टेम्पु तोडफोड गरी केही बेरसम्म सडक अवरुद्ध पारेका थिए ।

    मोबाइल चोर रंगेहात पक्राउ

    वीरगंज, ११ भदौ/ वीरगंज वडा नं. १६ मर्ुर्लीस्थित रहेको मोरङ अटो वर्क यामाहा मोटरसाइकल सोरुमका मालिक दिपेश सागरको वासर नटबोल्ट बनाउने १४ नं. वडास्थित रहेको फयाक्ट्रीबाट मोबाइल फोन चोरी गर्दाको अवस्थामा रंगेहात पक्राउ परेका कमाण्डर दैनिक वीरगंजका प्रतिनिधि दिपेश र्सराफ हिजो कुटिन पुगेका छन् ।
    समाचार संकलनका सम्बन्धमा सो उद्योगमा पुगेका र्सराफले यस दैनिक पत्रिकाका हकर समेत रहेका सोही उद्योगमा कार्यरत वीरगंज मर्ुर्ली-१५ बस्ने जावेद अंसारीको चार्जमा राखेको ९८०६८५७९७५ नं.को मोबाइल चोरी गरी पकेटमा राखेपश्चात रंगेहात पक्राउ परेका थिए । उक्त घटनापश्चात पत्रकार र्सराफलाई सो उद्योगका मालिकलगायत कामदारले कुटपिट गरी निजसंग रहेको झोला चेकजांच गर्दा सो झोलाबाट ५/७ वटा अफ गरि राखेको मोबाइल तथा क्यामरासमेत फेला परेको थियो ।
    उद्योगमा उपस्थित रहेका मालिक तथा कामदारहरुले चोर पत्रकार र्सराफलाई प्रहरीमा बुझाउनुपर्नेमा नबुझाई माफी मागेपश्चात छाडेको कुरा सम्बन्धित पक्ष्ँ जावेद अंसारीले बताएका छन् ।

    0 comments: