मजदुर र प्रहरीबीच भिडन्त, एकको मृत्यु, कयौं घाइते

Posted on
  • Aug 29, 2008
  • by
  • mukesh
  • in

  • वीरगंज, १३ भदौ/मजदुर र प्रहरीबीच भिडन्त हु“दा १ जनाको मृत्यु हुनुको साथै १४ जना घाइते भएका छन् ।
    आज बिहान ९ः३० बजे बारा छातापिपरामा मजदुर संगठन र प्रहरीबीच झडप हुंदा ९ मजदुर र ५ प्रहरी घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर छ ।
    विभिन्न माग राखी नारायणी रोलिङ मिलका मजदुरहरुले २० दिन अघिदेखि कारखानामा धर्ना दिदै आइरहेका थिए । धर्नाको क्रममा हिजो कारखानामा तालाबन्दी गर्दा मजदुर र प्रहरीबीच झडप हुंदा दर्ुइ दर्जन मजदुर घाइते भएका थिए । सोही घटनाको विरोधमा आज बिहानैदेखि नारायणी रोलिङ मिलका मजदुरहरुको र्समर्थनमा विभिन्न मजदूर संगठनले विरोध पर््रदर्शन गर्ने क्रममा प्रहरीले चलाएको गोली लागी १४ जना मजदुर घाइते भएका छन् ।
    घाइते हुनेहरुमा छातापिपरा-९ का विरजु महतो, बारा पुरैनिया ३ का प्रहलाद तिवारी, छातापिपरा-५ का हरेराम यादव, पर्सर्ााेल्वा-४ का कुन्दन चौधरी, बारा नौतन बहुअरीका सहदेव साह, परवानीपुर-३ का अमजद आलम, बारा फत्तेपुर-९ का पंचलाल चौधरी, बरियारपुरका पल्टु चौधरी, फत्तेपुर-७ का नन्दकिशोर चौधरी रहेका छन् । घाइतेमध्ये हरेराम यादवको अवस्था चिन्ताजनक रहेको छ ।
    प्रहरर्ीतर्फ घाइते हुनेहरुमा प्रहरी जवानहरु कृष्णराज गिरी, कमलदेव यादव, हसमुद्दिन आलम, रामप्रवेशराय यादव, कृष्ण बम्जन रहेका छन् ।
    र्सर्ूय टोबाको नेपालमा मेस्तरमा कार्यरत वीरगंज छपकैया-३ निवासी केवल राउतको झडपका क्रममा मृत्यु भएको छ । अहिले पनि उक्त स्थानमा प्रहरी र मजदुरबीच झडप भइरहेको छ । घाइतेहरुको संख्या बढ्न सक्ने संभावना छ । सो क्षेत्र तनावग्रस्त छ । सम्पर्ूण्ा मजदुरहरु सडकमा उत्रेर औद्योगिक कोरिडोरका सम्पर्ूण्ा उद्योग बन्द रहेकाछन् ।

    अंकुश दैनिक तोडफोड

    वीरगंज, १३ भदौ/ समाचार प्रकाशित गरेको विरोधमा आक्रोशित समूहले वीरगंजबाट प्रकाशित हुंदै आएको स्थानीय अंकुश दैनिक पत्रिकाको कार्यालयमा तोडफोड गरेका छन् ।
    आज बिहान वीरगंज, घण्टाघरस्थित सो दैनिकको कार्यालयमा रहेको फर्निचर, टेबुल कर्ुर्सर्ीीझयालको सिसा तोडफोड गर्नुको साथै घण्टाघरमा अंकुश पत्रिका जलाइ टायर बालेर विरोध पर््रदर्शन गरेका थिए ।
    भदौ ११ गते सो दैनिकमा प्रकाशित नेशनल मेडिकल कलेजमा कार्यरत रुस्तम मियां बुद्ध गेष्ट हाउसबाट केटीसंगै पक्राउ शिर्ष समाचार प्रकाशित गरेको विरोधमा आक्रोशित रुस्तम मियांको समूहले तोडफोड गर्नुका साथै सो दैनिकको सम्पादक ओमप्रकाश खनाललाई घेराउसमेत गरेका थिए ।
    तोडफोडमा ५० हजार बराबरको क्षति भएको जनाएका छन् । यसैबीच नेपाल पत्रकार महासंघ, पर्सर्ाााखाले घटनाको विरोध छलफल गरिरहेको छ ।
    वीरगंजमा शृंखलाबद्ध प्रेसमाथि आक्रमणको घटनामा वृद्धि हुनेक्रममा सो घटना पछिल्लो हो ।

    0 comments: