वीरगंज, १४ भदौ/ विद्यालय नजिक बेवारिसे अवस्थामा रहेको एक बम विस्फोट हुंदा एक बालिकासहित दर्ुइजना घाइते भएका छन् ।
आज बिहान पर्सर्ााजल्ला बहुअर्वा भाठास्थित राधाकृष्ण स्कूल नजिक बेवारिसे अवस्थामा रहेको एक बम विस्फोट हुंदा बहुअर्वाभाठा वडा नं. ९ की १२ वषर्ीय बालिका प्रमिला कुमारी गम्भीर घाइते भएकी छन् भने ऐजन बस्ने वर्ष५० का चन्द्रिका राम सामान्य घाइते भएका छन् ।
गाइ चराइरहेको अवस्थामा खेतमा फेला परेको उक्त बम एक आपसमा चलाउदा दुवैजना विस्फोट भइ घाइते भएका हुन् । घाइते दुवैको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
थप एक मजदुरको मृत्यु, कोरिडोर अनिश्चितकाल बन्द
वीरगंज, १३ भदौ/बारा छातापिपरामा मजदूर संगठनका कार्यकर्ता र प्रहरीबीच झडप हुंदा घाइतेमध्ये थप एक मजदुरको मृत्यु भएको छ ।
गएराति ९ बजे घाइते मजदुर हरेराम यादवको काठमाडौंस्थित शिक्ष्ँण अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि मर्नेको संख्या दर्ुइ पुगेको हो । मजदुरहरुले मृतक मजदुर केवल राउतको शवलाई आज बिहानैदेखि सडकमा राखेर वीरगंज-जीतपुर सडकखण्ड अवरुद्ध गरेका छन् । वीरगंज पथलैया करिडोरको विभिन्न स्थानमा मजदुरहरुले बिहानैदेखि पर््रदर्शन गरिरहेका छन् ।
हिजो नारायणी रोलिङ मिलका मजदुर र सशस्त्र प्रहरीबीच झडप हुंदा दर्ुइ मजदुरको मृत्यु हुनुको साथै २ दर्जन घाइते भएका थिए ।
पर्सर्ााबाराका विभिन्न मजदुर संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरी आजदेखि बारा, पर्सर्ाार रौतहटमा संचालित सम्पर्ूर्ण्ँ उद्योग, कलकारखाना र यातायात अनिश्चितकालका लागि बन्द गरेका छन् ।
नेपाल टे्रड युनियन महासंघ जिफन्ट, नेपाल ट्रेड युनियन कांग्रेस, स्वतन्त्र र अखिल नेपाल ट्रेड युनियन महासंघको संयुक्त वैठकले मृतक रावल र यादवलाई शहीद घोषण्ँा गर्नुपर्ने, मृतक परिवारलाई उचित क्षतिपर्ूर्ति, परिवारलाई रोजगारी, घाइते मजदुरको उपचार, बाराका प्रमुख जिल्ला अधिकारीले तत्काल राजीनामा दिनुपर्ने, घटनामा संलग्न शसस्त्र प्रहरी, जनपथ प्रहरीलाई तत्काल कारवाइ गर्नुपर्नेलगायतका मागहरु राख्दै अनिश्चितकालीन बन्दको आह्वान गरेका छन् ।
त्यसैगरी पर्सर्ााबारा रौतहटका उद्योगीव्यापारीहरुको सम्पन्न आकस्मिक वैठकले सरकारले वीरगंज पथलैया औद्योगिक कोरीडोरमा शान्तिसुरक्षा नगरेसम्म सम्पर्ूर्ण्ँ उद्योग प्रतिष्ठानहरु बन्द गर्ने निर्ण्ँय गरेका छन् ।
वीरगंज पथलैया औद्योगिक करिडोरमा अवस्थित उद्योग प्रतिष्ठानहरुमा तत्कालै शान्ति, सुरक्षाको प्रभावकारी व्यवस्था गर्न सरकारसंग माग गरेका छन् ।
कानू समुदायको इष्ट देवताको मन्दिरमा भव्य मेला
वीरगंज, १४ भदौ/ बारा, पर्सर्ाा रौतहटका मधेशी समाजको कानू समुदायका मानिसहरु ठूलो संख्यामा भेला भई वीरगंज-१९ माइडिया पोखरीको डिलमा अवस्थित आफनो इष्ट देवता श्रीगणीनाथजी गोबिन्द बाबाको भव्यताका साथ पूजाआजा आज बिहान सबेरैदेखि गरिरहेका छन् ।
आजबाट दर्ुइ दिनसम्म भव्य मेला लाग्ने श्री गणीनाथ जीको मन्दिरमा कानू समुदायका हजारौं महिला पुरुष आज भेला भई बडो भक्तिपर्ूवक पूजा, भजन, किर्तन गरिरहेका छन् । भेलामा अन्य समुदायका मानिसहरु पनि पुगेका छन् ।
मेलास्थलमा भोलि दिउंसो कुस्ती प्रतियोगिता हुने मेला व्यवस्थापन समितिले जनाएको छ ।
वाइसिएल वडा कमिटी गठन
वीरगंज, १४ भदौ/ वीरगंज उपमहानगरपालिका वडा नं. १ मा आज विहान स्थानीय व्यक्तिहरुको बृहत्त भेलाले नेकपा माओवदीसंग आबद्ध योंग कम्युनिष्ट लिग वडा कमिटी गठन गरेको छ ।
सो भेलालाई नेकपा माओवादीका समानुपतिक तर्फका संविधानसभा सभासद इस्लाम हवारीले प्रमुख अतिथिको आशनबाट संवोधन गर्नुभएको थियो ।
क. हसमुल्लाहले सभापतित्व गर्नुभएको सो भेलामा उद्घोषण क. मन्जुर आलम फिरोजले गर्नुभएको थियो ।
सोमेलामा पर्सर्ाा वाइसीएल संयोजक शम्भु पाल, एसटिएफ सदस्य राजु सह, पत्रकार उत्तम पांैडेल, प्रहलाद राउत कर्ुर्मी, दिलीप पटेल, पारस ठाकुर, डिके झालगायतको उपस्थिति परिचयात्मक कार्यक्रम पनि भएको थियो । विभिन्न राजनिितक दलमा आबद्ध रहेका व्यक्तिहरुले पार्टर्ीीरित्याग गरी उत्साहपर्ूवक वाइसिएल कमिटीमा प्रवेश गरेका थिए ।
३५ सदस्यीय वाइसिएल १ नं. वडा कमिटीमा अध्यक्ष शम्भु पटेल, उपाध्यक्ष मुन्ना मण्डल, कोषाध्यक्ष राजकुमार दास तत्मा, सचिव हरिशंकर लाल कर्ण्र्ाासहसचिव अजय साह, सदस्य वकिल मियां, सैयद, रामुदास तत्मालगायत रहेका छन् ।
नयां क्रान्तिकारी विचारको प्रयोग र विकास गर्दै शक्तिशाली युवा आन्देालन सृष्टि गर्न, न्यायपर्ूण्ा आन्दोलनका हरेक मोर्चामा अग्रभागमा रहेर आफनो अभिभारा पूरा गर्न युवाहरुको चेतना उठाउन पर्सर्ााजल्लाको नगरको सवै वडा र सवै गाउंमा अभियानका रुपमा वाइसिएल गठन गरिने कुरा शम्भु पालले बताउनुभएको छ ।
नेपाली उत्पीडित जातिय मुक्ति समाजको कमिटी गठन
वीरगंज, १४ भदौ/ नेकपा एमालेको भातृ संगठन अर्न्तर्गत नेपाल उत्पीडित जातिय मुक्ति समाजको वीउमनपा वडा नं. १ मा बसोबास गरी आएका दलित उत्पीडित जातिय समाजका व्यक्तिहरुको उत्थान गर्ने लक्ष्य लिई नेपाल उत्पीडित जातिय मुक्ति समाज वडा नं. १ एकाइ समिति नगर अध्यक्ष रघुनाथ गोर्साई तथा कमरेड भूपू वडा अध्यक्ष अशोककुमारश्रेष्ठको संयुक्त अध्यक्ष्ँतामा महिला युवा फोर्स संगठनहरु साथै १४ नं. इलाका इन्चार्ज जिल्ला सदस्य हरिनारायण पासवानको उपस्थितिमा कमिटीहरु गठन गरिएको छ ।
वडा नं. १ एकाइ कमिटीका अध्यक्षमा ललन पासवान, उपाध्यक्ष नरेश पासवान, सचिव प्रभु पासवान, सहसचिव राजेश महतो, कोषाध्यक्ष ओमप्रकाश पासवानलगायत रहेका छन् । त्यस्तै १ नं. महिला इकाइ कमिटीमा अध्यक्ष सुशीला पासवान, उपाध्यक्ष कमलीदेवी महतो, सचिव रम्भादेवी पासवान, सहसचिव पतिया देवी महतो, कोषाध्यक्ष सोनिया देवी महतोलगायत रहेका छन् ।
त्यस्तै १ नं. एकाइ युवा कमिटी -युथफोर्स)मा अध्यक्ष रमेशकुमार पासवान, उपाध्यक्ष दिनेश पासवान, सचिव दिनेश पासवान, सहसचिव मनोज महतो, कोषाध्यक्ष शम्भु महतोलगायत रहेको नगर कमिटी अध्यक्ष रघुनाथ गोसाइले बताए ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment