विद्यार्थी सहुलियतलाई लिएर भिषण झडप

Posted on
  • Aug 10, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २६ साउन/ विद्यार्थी सहुलियतको माग गर्दै विद्यार्थी र बस व्यवसायीबीच झडप हु“दा तीनजना घाइते भएका छन् भने भने तीनजना पक्राउ परेका छन् ।
    आज दिउंसो १ बजे बीरगंज नयांबसपार्कमा विद्यार्थीले बसको टिकट काट्ने क्रममा ४३ प्रतिशत सहुलियत माग गरेकोमा बस व्यवसायीले २० प्रतिशतभन्दा बढी दिन नमानेपछि आक्रोशित विद्यार्थीहरुले नजिकै रहेको ना १ ख ५०४०, ना ३ ख १८२९ नम्बरको बसको शीशा तोडफोड गरेका हुन् ।
    प्रतिकारमा उत्रिएका बस व्यवसायीहरुले लक्ष्मीपुर रौतहट बस्ने ठाकुर राम बहुमुखी क्याम्पसमा अध्ययनरत १८ वषर्ीय विद्यार्थी शिवशंकरप्रसाद कुशवाहा, विजयकुमार यादव र विजय तिवारीलाई कुटपिट गरी घाइते बनाएका छन् ।
    घाइतेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।
    झडपमा संलग्न रहेको आशंकामा प्रहरीले तीनजनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा पर्साको विश्रामपुरका छोटेलाल, सम्सुल हक, साहिल हक रहेको प्रहरीले जनाएको छ ।


    पूर्व गाविस अध्यक्ष राजेन्द्रविरुद्ध भ्रष्टाचार मुद्दा
    वीरगंज, २६ साउन/ पर्सा जिल्ला, मुडली गाउं विकासका पर्ूव अध्यक्ष राजेन्द्रकुमार कर्ुर्मीविरुद्ध स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले ३५ लाखभन्दा बढी भ्रष्टाचार गरेको तथ्य प्रमाणसहित भ्रष्टाचारको मुद्दा दर्ता गरेका छन् ।
    अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय, पर्सा र जिल्ला विकास समिति पर्सामा पर्ूव गाविस अध्यक्ष राजेन्द्रकुमार कर्ुर्मीविरुद्ध भ्रष्टाचारको उजुरी परेको छ ।
    वि.सं. २०५६ सालदेखि आजसम्म गाविस अध्यक्ष बन्न पुगेका नेपाली कांग्रेसका र्समर्थक राजेन्द्रकुमार कर्ुर्मीविरुद्ध नेकपा एमाले, नेकपा माओवादी, मधेशी जन अधिकार फोरम, तर्राई-मधेश लोकतान्त्रिक पार्टर्ीी स्थानीय प्रतिनिधिले भ्रष्टाचार गरेको प्रमाणसहित उजुरी गरेका हुन् ।
    गाविस अध्यक्ष राजेन्द्रकुमार कर्ुर्मी र गाविस सचिव जीतेन्द्र मिश्र मिलेर गाविस बजेट १० लाख र गाविसभित्र रहेका पोखरीको टेण्डरवापतको धरौटी रकम २५ लाख भ्रष्टाचार गरेको उजुरीमा उल्लेख छ।

    अन्तरक्रिया सम्पन्न

    वीरगंज, २६ साउन/ मानव सशक्तिकरण समाज नेपाल पर्सर्ाा अध्यक्ष सन्तोष पटेलको प्रमुख आतिथ्यमा तथा संस्थाको सामुदायिक स्वास्थ्य तथा सरसफाई कार्यक्रमको सहसंयोजक अच्छेलालप्रसाद यादवको संयोजकत्वमा स्वास्थ्यसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
    योजना बनाउने कार्यक्रमहरुमा प्राथमिक उपचार, स्वास्थ्य शिविर, परिवारनियोजन, सरसफाई, सुगर जांच, कुपोषण, दन्तपरीक्षण, भिटामीन, आइरन चक्की, किराको औषधि, आ“खासम्बन्धी र मेटरनल चाइलक हेल्थ सम्बन्धी विषयमा अन्तरक्रिया तथा छलफल गरिएको थियो ।

    0 comments: