वीरगंज बजार बन्द

Posted on
  • Aug 11, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २७ साउन/ भाडादरमा विद्यार्थी सहुलियतको मांग गर्दै आठ विद्यार्थी संगठनले आह्वान गरेको वीरगंज बन्दको कारण वीरगंज बजार ठप्प भएको छ ।
    आज शैक्ष्ँिक संस्था, वीरगंजबाट जाने लामो तथा छोटो दुरीका सवारीसाधन चलेनन् भने विद्यार्थीहरुले नगरको विभिन्न स्थानमा टायर बालेर विरोध पर््रदर्शन गरेका थिए ।
    साउन २६ गते बस व्यवसायीबीच र विद्यार्थीबीच भाडादरमा विद्यार्थी सहुलियतको माग गर्दै झडप हु“दा तीनजना विद्यार्थी घाइते भएका थिए । घटनाको विरोध र भाडादरमा ४५ प्रतिशत विद्यार्थी सहुलियतको माग गर्दै विद्यार्थीहरुले अनिश्चितकालीन वीरगंज बन्दको आह्वान गरेको हो ।

    दर्ुघटनामा १ को मृत्यु १ घाइते
    वीरगंज, २७ साउन/ छुट्टाछुट्टै सडक दर्ुघटनामा एक महिलाको मृत्यु हुनुका साथै एकजना घाइते भएका छन् ।
    आज बिहान ७ः३० बजे सिमरा, वडा नं. २ निवासी रमा उप्रेतीलाई ना २ ख ३६५ नं.को ट्याकंरले सिमरा जगदम्बा स्टील अगाडि ठक्कर दिंदा घाइते भएकी थिइन् ।
    घाइते उप्रेतीलाई उपचारको लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको नाउक्ष्ँे अस्पतालका चिकित्सकले जनाएका छन् ।
    यसैवीच बारा टांगियावस्ती नजिक ना ८ प २४१२ नं.को मोटरसाइकलले साइकलयात्री जीवन वाइवालाई ठक्कर बाट घाइते भएका छन् । घाइते वाइवाको नारायणी उपक्ष्ँेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।

    0 comments: