वीरगंज, २७ साउन/ बारा जिल्लाको प्राचिन शिव मन्दिर कांटघाटमा विशाल साउनी मेला लागेको छ ।
आज साउनको अन्तिम सोमवार बिहानैदेखि बारा, पर्सा जिल्ला र अन्य जिल्लाका श्रद्धालु भक्तजन पैदल, टांगा, बयलगाडा, साइकल, मोटरसाइकल, टे्रक्टर, ट्रक, बस, कार, जीप, टेम्पोबाट कांटघाटमा मेला भर्न २५ हजारभन्दा बढी श्रद्धालु भक्तजनहरु बालबालिका, युवायुवती, बृद्धवृद्धा भगवान शिवलाई जल चढाउन र पूजा गर्न पुगेका छन् ।
भक्तजनहरुको आउने क्रम बढीरहेको छ । भक्तजनहरुको सेवा, सुविधा र सुरक्ष्ँाका लागि स्काउट, जनपथ प्रहरी, सशस्त्र प्रहरी र स्वयं सेवक खटेका छन् । बोलबम, ç नमः शिवाय, हरहर महादेवको भक्तजनहरुको आवाजले मेलास्थल गुन्जायमान बनेको छ । महिलाहरु सोह्र श्रृंगार गरेर सुनका गरगहना र राम्रा पहिरले सजिएर भगवानको दर्शन गर्न पुगेका छन् । मेलास्थलमा चोरी र अन्य अपराधकोघटना घटेको सुनिएको छैन । मेलास्थलमा मनोरन्जनका लागि नांचगान, भजन, किर्तन, झुला पिङहरु रहेका छन् । मेलास्थलमा भक्तजनहरुले शान्त वातावरणमा मेला भरिरहेका छन् ।
बागमतीबाट पैदल हिंडेर जल चढाउन गेरुवस्त्र पहिरिएर बोलबमको नारा लगाउंदै कांधमा जल बोकेर कांटघाट बाबा, सहजनाथ बाबा कहां बोलबम कांवरिया पुगेका छन् । पथलैयाबाट १४ किमी पर्ूव दक्षिणमा घनघोर जंगलका बीचमा अवस्थित सहजनाथ बाबाकहां प्रत्येक वर्षो साउन महिना र शिवरात्रीमा भव्य मेला लाग्ने गर्दछ ।
पसाहा नदिमा तटमा रहेको कांटघाट बाबा सहजनाथ प्रतिहिन्दू धर्मावलम्बीहरुको गहिरो आस्था रहेको छ ।
कांटघाटमा मेला भर्न गएका तिर्थयात्रीहरुलाई सुविधाको लागि बिजुली, पानीको राम्रो प्रबन्ध गरिएको छ । वास बस्नका लागि पर््रयाप्त धर्मशाला भने छैन । वरपर गाउंघर र बजार पनि छैन । मेलास्थलमा यतिखेर फलफूल पूजा सामग्री, मिठाइ र खाद्यान्न पसल भने छन् धार्मिक पर्यटकीय स्थल कांटघाटको विकास विस्तारमा बारा जिल्लाबासी र सम्बन्धित निकायले विशेष ध्यान पुर्याउन जरुरी छ ।
यसैबीच वीरगंजको विभिन्न शिवालयमा दर्शनार्थी महिलाहरुको उल्लेखनीय घुंइचो लागेको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment