काठमाडौं, २३ साउन/ वीरगञ्जबाट प्रकाशित हुने प्रतिक दैनिकको कार्यालयमा मधेशी जनअधिकार फोरमका कार्यकर्ताले आक्रमण गरी तोडफोड गरेको घटनाप्रति रिपोर्र्टर्स क्लब नेपाल घोर भर्त्सना एवं निन्दा गर्दछ । पत्रिकामा समाचार प्रकाशन गरेकै आधारमा आक्रमण गरिनु प्रेस स्वतन्त्रामाथिको आक्रमण हो । क्लब घटनाबारे स्पष्ट पार्न फोरमलाई आग्रह गर्दै दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दछ ।
आज एक प्रेस विज्ञप्ति जारी गरी समाचार लेखेकै आधारमा पत्रिकाको कार्यालय तोडफोड गर्ने काम कुनैपनि सभ्य समाजका लागि सह्य हुनसक्दैन । प्रेस स्वतन्त्रतालाई प्रत्येक भाषण र वक्तव्यमा उल्लेख गर्ने दलहरुको कुरा र व्यवहारमा आएको अन्तरप्रति गम्भीर ध्यानाकर्षा गराउदछ ।
पत्रकारमाथि एकपछि अर्को गरी भइरहेको आक्रमणलाई निस्तेज पार्न ठोस कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औल्याउदै सरकारसँग शान्तिसुरक्षा सुनिश्चित हुने वातावरण निर्माण गर्न जोडदार माग गर्दछ । पत्रकारमाथि आक्रमण जारी रहे आम पत्रकार एकजुट भई कडा संर्घष्ामा उत्रने चेतावनी दिदै प्रेस स्वतन्त्रताको पक्षमा सशक्त रुपमा अगाडि बढ्न आम जनसमुदायलाई आव्हान गरेको अध्यक्ष ऋषि धमलाले जनाएका छन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment