जिविस पर्साका स्थानीय विकास अधिकारीद्वारा व्यापक भ्रष्टाचार

Posted on
  • Aug 8, 2008
  • by
  • mukesh
  • in
  • महेशचन्द्र गौतम
    वीरगंज, २४ साउन/ जिल्ला विकास समिति पर्साका स्थानीय विकास अधिकारी राजेन्द्र कुमार पौडेलले स्थानीय विकास मन्त्रालयद्वारा आब ०६४/६५ को लागि पर्सा जिल्लाका पिछडिएका मुस्लिम एवं मधेशी वर्गको आयआर्जन वृद्धि कार्यक्रम संचालन अर्न्तर्गत पठाएको १० लाख रकममा व्यापक भ्रष्टाचार गरेको सम्बन्धित गाविसका बासिन्दाहरूले गुनासो गरेका छन् ।
    पर्सा जिल्लाको १० वटा गाविसमा स्थानीय निकाय निशर्त सहयोग शिर्ष अर्न्तर्गत ५ लाख प्रशासनिक खर्च एवं १० लाख सम्बन्धित गाविसका पिछडा मुस्लिम एवं मधेशी समुदायको आयवृद्धिसम्बन्धी सीप तालिम कार्यक्रमका लागि पठाएकोमा स्थानीय विकास अधिकारी पौडेल, लेखा अधिकृत एवं जिन्सी प्रमुख लगायतका मण्डलीले सो रकममा भ्रष्टाचार गरेको बताइन्छ ।
    पर्सा जिल्लाको धोबिनी, मनियारी, कौवावनकटैया, लालपर्सा, पिडारीगुठी, बेलवा, सखुवापर्र्सौनी, पचरूखी, बैरियाविर्ता, हरपतगंज गाविसमा कार्यक्रम संचालनको लागि पठाएको १० लाख बजेट रकमबाट प्रत्येक गाविसमा १/१ लाख रकम छुट्टयाइएकोमा स्थानीय विकास अधिकारी पौडेलले सो गाविसहरूमा १८ हजारदेखि २५ हजार सम्म रकम खर्च गरी उपलब्धिहिन गोष्ठी कार्यक्रमको आयोजना गरी बांकी रकम झ्वाम्म बनाएको गुनासो उठेको छ ।
    त्यसैगरी सो कार्यक्रमका लागि मन्त्रालयले प्रशासनिक खर्च भनी पठाएको ५ लाख बजेटबाट आप\mनो लागि १ ल्यापटप, कार्यालयको नाममा कम्प्युटरलगायतका इलेक्ट्रोनिक सामग्री खरिद गरेका अधिकारी पौडेलले सो सामानको बिल रकम अत्याधिक पेश गरी बांकी रकम भाग शान्ति गरेको स्रोतको ठहर छ । यस्ता प्रकृति र प्रवृत्तिका भ्रष्टाचारहरूबाट सो कार्यालयमा एक शिर्षबाट खरिद गरेको सामान अन्य शिर्षमा समेत देखाई बिलमात्र पेश गरी रकम झ्वाम्म बनाउने परिपाटी चलिआएको बताइन्छ ।
    राजनीतिक तरलताको अवस्थामा मन्त्रालयले हचुवा पाराबाट कार्यक्रम संचालन गर्न पठाएको रकम सम्बन्धित गाविसमा खर्चनुपर्नेमा सोसमेत नगरी स्थानीय विकास अधिकारी पौडेलले पिछडा महिला एवं मधेशर्ीवर्गको उत्थानको लागि पठाएको बजेट रकमबाटै हाल वीउमनपा क्षेत्रको मर्ुर्ली-१४ मा सिलाई तालिम कार्यक्रमको आयोजना गरेको बताईन्छ ।
    भनिन्छ सो कार्यक्रमका लागि करिब ८-१० वटा मेशिन खरिद गरेका स्थानीय विकास अधिकारीले मेशिनको वास्तविक मूल्यभन्दा बढीको बिल पेश गरी सो रकममा समेत भ्रष्टाचार गरेको आरोप उठेको छ । यसरी भ्रष्टाचारमा लिप्त रहेका स्थानीय विकास अधिकारी पौडेलको चरित्रउपर समेत प्रश्न उठीरहेको बखत निजले गरेका भ्रष्टाचारकै कारण अधिकारी पौडेलको अन्य काला कर्तुतको पर्दाफास हुने कुरामा दर्ुइ मत रहदैन ।

    0 comments: