प्रतीक दैनिक तोडफोडप्रति भर्त्सना

Posted on
  • Aug 8, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २४ साउन/ वीरगंजबाट प्रकाशित प्रतीक दैनिकको कार्यालयमा तोडफोड भएको घटनाप्रति विभिन्न संघसंस्थाले भर्त्सना गरे.को छ ।
    आज रिपोर्टस क्लब नेपाल पर्सा शाखा, क्रान्तिकारी पत्रकार संघ नेपाल पर्सा शाखा, मधेशी समाज पर्साले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी घटनाको विरोध गरेको हो ।
    रिपोर्टस क्लब नेपाल पर्सा शाखाका अध्यक्ष कन्हैया गुप्ताले पत्रिकामा समाचार प्रकाशन गरेकै आधारमा आक्रमण गरिनु प्रेस स्वतन्त्रामाथिको आक्रमण हो । क्लब घटनाबारे स्पष्ट पार्न फोरमलाई आग्रह गर्दै दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।
    क्रान्तिकारी पत्रकार संघ, पर्साका अध्यक्ष भूषण यादवले मधेशी समाजका सचिव ओमलोक सिंहले घटनामा संलग्न दोषीलाई कारबाहीको माग गरेका छन् ।
    साउन २३ गते सांझ प्रतीक दैनिकको कार्यालयमा मधेशी जन अधिकार फोरम मधेशका कार्यकर्ताले समाचार प्रकाशित गरेको भन्दै तोडफोड गरेका थिए ।

    राजमार्ग मर्मत गर्न दबाब

    वीरगंज, २४ साउन/ पर्ूव-पश्चिम राजमार्गको सडक मर्मतमा कुनै चासो नदेखाएको भन्दै यातायात मजदुरले सवारी साधन नचलाउने चेतावनी दिएका छन् ।
    आज नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका जिल्ला अध्यक्ष बसिर देवानले ४२ किलोमिटर दुरी रहेको सो सडक खण्डमा दैनिक सयौंको संख्यामा सवारीका साधनहरु संचालन हुने गरेकोमा सडक जर्ीर्ण्ँ भएर काम नलाग्ने हंुदा समेत सम्बन्धित निकायले चासो नदेखाएको भन्दै राजमार्ग मर्मत सम्भार नगरेसम्म गाडी नचलाउने उनीहरूले चेतावनी दिएका छन् ।

    घण्टाघरमा हरितालिका तीज महोत्सव मनाइने

    वीरगंज, २४ साउन/ हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज महोत्सवका रुपमा वीरगंज घण्टाघरमा मनाउन व्यवस्थापन समिति गठन गरियो ।
    माइती नेपाल वीरगंजकी प्रमुख संगीता पुरीको संयोजकत्वमा आगामी भाद्र १७ गते घण्टाघरमा तीज महोत्सव भव्यतापर्ूवक मनाउन गठित व्यवस्थापन समितिमा शशी बस्नेत, प्रविण विक्रम शाह, शान्ता सुवेदी, सविता अधिकारी, नीता मुडभरी, सानुमाया मर्जन, सन्जु दहाल, गोकुली रेग्मी, हरिहर महतो छन् भने आर्थिक समितिमा रेखा चौधरी, सानुमाया महर्जन, मंच व्यवस्थापन समितिको संयोजकमा सरोज खडका, प्रदीप चौरसिया, सुरेश साह, स्वयंसेवक परिचालन समितिमा संयोजक जिल्ला प्रहरी कार्यालय, पर्सर्ाामाइती नेपाल, दिपज्योति क्लब, अरुणोदय क्लब, जिडम्बुपी, सामुदायिक सेवा, विद्यार्थी जागरण मंच र प्रचार प्रसार संयोजकमा युवराज खड्का, प्रणयकुमार, हफिज मिया“ लक्ष्मी खरेल, जगत र्राई, मूल्याकंन समितिका शान्ति सुवेदी चयन भएका छन् ।

    0 comments: