ज्योतिलालको अनसन भाडियो
Posted on Aug 9, 2008 by mukesh in
वीरगंज, २५ साउन/ आफनो पैसा खाएको आरोप लगाउदै, कतिकतैबाट न्याय नपाएको भन्दै अनसनमा बसेका ज्योतिलाल कलवारलाई प्रहरीले १ घण्टा नियन्त्रणमा लिएर र्सार्वजनिक स्थानमा अनसन नबस्न कागज गर्राई छाडेको छ ।
आज बिहान माइस्थान मन्दिरभित्र आमरण अनसनमा बसेको ज्योतिलाल कलवारलाई विर्ता प्रहरीका प्रनि किरणजंग थापाको नेतृत्वमा आएको प्रहरीले टोलीले नियन्त्रणमा लिएको हो ।
कलवारलाई नियन्त्रणमा लिन प्रहरी, महिला प्रहरीलाई हम्मेहम्मे परेको थियो । ज्योतिलाललाई नियन्त्रणमा लिइसकेपछि ज्योतिलाल र्समर्थकहरुले प्रहरी प्रशासन मर्ुदावादलगायतका नाराबाजी गरेका थिए ।
शिवजीप्रसाद कलवारले ज्योतिलालको रु १ करोड १८ लाख रुपियां साझेदारी काम गर्दा पचाएको र कहि कतैबाट न्याय नपाएको आरोप लगाउदै घडीअर्वास्थित आफनो घरबाट बाजागाजासहित सम्पर्ूण्ा परिवार माइस्थान आइ अनसनमा बसेका थिए ।
अनसनमा बस्न ज्योतिलाल कलवार र उहांकी श्रीमती लालमुनी कलवार, छोरी संगीता कलवार, सिन्धु कुमार कलवार र बुहारी रागिनी देवी कलवारगरी जम्मा पाचजना बसेका थिए ।
शिवजीप्रसाद गुप्ताले ज्योतिलाल आफनो लगानी पार्टनर नभएको, जग्गा खरिद बिक्री कामका लागि ६/७ वर्षेखि वर्किङ पार्टनर रहेको, जग्गा खरिद बिक्री सम्बन्धी सम्पर्ूण्ा जिम्मेवारी आफूले ज्योतिलाललाई नै दिएको, कारोबारको दौरानमा उनको नियत नराम्रँे देखिएपछि निजमाथि निगरानी गर्न आफूले आप\mनो मानिस खटाएपछि झूटो लेनदेनको सवाल चर्किएको बताउनुभएको छ ।
र् र्सवप्रथम वडा नं. १३ का पर्ूव वडाअध्यक्ष कपिल पोखरेल र अशोक जैसवाल दर्ुइ पक्षबीचको रकम लेनदेन हरहिसाबबारेमा बुझ्न आउंदा त्यतिखेर हिसाब किताब भई उल्टै मैले ज्योतिलालसंग रकम लिनुपर्ने देखिएको बताउनुहुंदै शिवजी गुप्ताले मुकुटधारी साह सोनार, ज्योतिलालका आफनै सम्धि हरिनारायण गुप्ता र लक्ष्मीनारायणको रोहबरमा दोस्रो पटक हिसाब हुंदा पनि आफूले ज्योतिलाललाई कुनै रकम तिर्न नपर्ने देखिएको भन्नुभएको छ ।
संविधानसभा सदस्य निर्वाचनमा नेसपाका तर्फबाट उम्मेदवारी दिएका ज्योतिलाल साहले चुनावमा आप\mनो प्रचारमा हिंडन आर्थिक सहयोग गर्न मलाई भनेका थिए मैले सो कुरा ठाडै इन्कार गरेपछि ज्योतीलालले विभिन्न र्सार्वजनिक स्थानमा विभिन्न व्यक्ति र समूहका बीचमा चुनाव पछि मैले शिवजी कलवारलाई ठिक पार्नुछ भनेर हिंडेका र अहिले ममाथि ठूलो षडयन्त्र गरीरहेको र आफूसंग यथेष्ट प्रमाण रहेको शिवजीले बताए ।
हतियारसहित एक पक्राउ
वीरगंज, २५ साउन/ हतियारसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
साउन २३ गते पर्सा जिल्ला विरुवागुठी-२ मिलनचोक प्रहरी कार्यालयबाट खटी गएको प्रहरीले चेकजांच गर्दा बारा जिल्ला भलोही-७ बस्ने वर्ष२५ को राजेन्द्र रामलाई कटुवा पेस्तोल १ थान र सोको १ राउण्ड गोलीसहित पक्राउ गरेको हो ।
पक्राउ परेका रामलाई जिल्ला प्रहरी कार्यालय, पर्सामा हिरासतमा राखी थप अनुसन्धान जारी राखेको स्रोतले जनाएको छ ।
दर्ुघटनामा एक घाइते
वीरगंज, २५ साउन/ वीरगंज-पथलैया सडकखण्डको छातापिपरामा भारतीय नम्बर प्लेटको एम्बुलेन्सले ठक्कर दिंदा एक व्यक्तिको घाइते भएको छन ।
आज बिहान सो राजमार्गमा ठक्कर दिंदा पर्सा जिल्ला लंगडी निवासी सुनील पासवानलाई भारतीय नम्बर प्लेटको एम्बुलेन्सले ठक्कर दिए पछि चालक एम्बुलेन्स छाडेर फरार भएको छन् । घाइतेको उपचार नारायणी उपक्ष्ँेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।
गाईजात्रा अलखियामठबाट निस्किने
वीरगंज, २५ साउन/ यसपालिको गाइजात्रा भदौ १ गते नेवा खलले मनाउने भएको छ ।
आज बिहान होटल दियालोको सभाकक्षमा नेवा खल इकाइ समिति वडा नं. १३ को अध्यक्ष पुष्कर रघुवंशीको सभापतित्वमा सम्पन्न बैठकले सो निर्ण्र्ाागरेको हो ।
विगतका दिनहरुमा नेवा भाषा खलले गाइजात्रा कार्यक्रम मनाउदै आइरहेकोमा यसपाली देखि सो खलले गाइजात्रा कार्यक्रम नमनाउने भएकोले यसपालि देखि सोको जिम्मा नेवा भाषा खल लिएको हो ।
माइस्थान मन्दिरबाट प्रत्येक वर्षनिस्किने सो गाइजात्रा कार्यक्रमको लागि माइस्थान मन्दिर पुन निर्माण भइरहेको हुनाले त्यहां ठाउं उपलब्ध हुन नसकेको हुनाले यसपालि अलखियामठबाट गाइजात्रा निकालिने भएको छ ।
गाइजाज्ञा अलखियामठ मन्दिरबाट यही भदौं १ गते बिहान ७ः३० बजे निस्किने बैठकले निर्ण्र्ाागरेको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment