महेशचन्द्र गौतम
वीरगंज, २५ साउन/ जिल्ला विकास समिति पर्सर्ाा स्थानीय विकास अधिकारी राजेन्द्रकुमार पौडेलको भ्रष्ट क्रियाकलापले गर्दा अहिले नगर क्षेत्रका जाति समुदायबीच जिविसबाट अनाधिकृत सहुलियत लिनेहरूको होडबाजी चल्ने अवस्था सिर्जना भएको छ ।
आफूले गरेका भ्रष्टाचार एवं काला कर्तुतको भण्डाफोर नहोस् भन्ने उद्देश्य अनुरूप गलत क्रियाकलापमा अगाडि बढेका स्थानीय विकास अधिकारी पौडेलले हालै भिस्वास्थित बौद्धगुम्बामा काम गर्ने बुद्धिमान स्याङते नामक व्यक्तिलाई जिल्ला विकास समिति, पर्सर्ााट पियनको तलब ख्वाइरहेको कुरा खुल्न आएको छ ।
यसरी बौद्ध गुम्बामा काम गर्ने कर्मचारीलाई जिविसले तलब ख्वाइरहेको कुरा चर्चामा आएपश्चात नगरको मस्जिद, मन्दिर चर्चसमेतका अगुवाहरूले जिविसको तलबमा आ-आप\mनो संस्थामा एक-एक कर्मचारी खटिनुपर्ने मांग लिएर स्थानीय विकास अधिकारीसमक्ष डेलिगेशन जाने तयारी गरिरहेको हाम्रो भरपर्दो स्रोतबाट खुल्न आएको छ ।
तुलसा बस्नेत
मकवानपुर, साउन २५ / मकवानपुरको दामनमा आजदेखि पाँचदिने जडिबुटी संरक्षण सम्बद्धन, दिगो संकलन र व्यवस्थापन तालिम सुरु भएको छ । तालिममा मध्यमाञ्चलका १० जिल्लाको ४५ जनाको सहभागीता छ ।
पहिलो र दोश्रो चरणम प्युठान र जाजरकोटमा आयोजित जडिबुटी प्रशोधन तथा अनुसन्धान तालिम तेश्रो चरणमा मकवानपुरमा भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै नेकपा माओवादीका केन्द्रीय सदस्य तथा सभासद् अग्निप्रसाद सापकोटाले जटिबुटीको दिगो बिकासबाट ग्रामिण भेगका जनताको जिबन स्तर उकासिने बताउनु भयो ।
उहाँले जडिबुटीको प्रचुर सम्भावना भएको क्षेत्र पहिचान गरि उचित ब्यवस्थापन गर्नुपर्नेमा जोडदिनुभयो ।
कार्यक्रममा बन बिभागका महानिर्देशक डा केशबराज कणेलले संक्रमणकाल भएकाले प्रभावकारी ढंगबाट काम गर्न समस्या भएको बताउनु भयो ।
मध्यमाञ्चलका क्षेत्रिय निर्देशक हरीहर सिग्देलले जडिबुटीकै निकासीबाट देश संबृ्द्ध हुने बताउनु भयो ।
कार्यक्रमा मकवानपुर जिल्ला बन अधिकृत ऋषिराम त्रिपाठी, सभासदहरु प्रेम पुलामी मगर छिन्तु, कुमारी मोक्तान लगायतको उपस्थिति थियो ।
तालिमको आयोजना जडिबुटी प्रसोधन अनुसन्धान तथा सप्लायर्स प्रालि मकवानपुर, डाडापारी बहुउदेसिय सहकारी संस्था र फोक्सिङटार, काभ्रे र जिल्ला बन कार्यलय मकवानपुरले गरेको हो ।
निर्जिवन विमा
मकवानपुर, २५ साउन/ पालुङ बचत तथा ऋण सहकारी संस्थालिमिटेडले आफ्ना शेयर सदस्यहरुको जिवन सुरक्षाको लागि २ लाख रुपैंया निर्जिवन विमा गर्ने भएको छ ।
मकवानपुर दामन ५ दोवाटोको कार्यालयमा गाऊगाऊमा निर्जिवन विमा सम्वन्धि जानकारी गराउन कर्मचारीहरुलाई शुक्रबार र शनिवार २ दिने तालिम दिईएको छ ।
नेशनल इन्सुरेन्स कम्पनि लिमिटेड त्रिपुरेश्वरका प्रवन्धक निरन्जन भट्टर्राई तथा अधिकृत सुनिल काजि श्रेष्ठले प्रशिक्षण दिनुभएको हो ।
संस्थाका अध्यक्ष रामबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा बस्नेतले तालिमवाट गाउं गाउंमा निर्जिवन विमा सम्वन्धि चेतना पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment