सम्मान कार्यक्रम सम्पन्न

Posted on
  • Aug 9, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २५ साउन/ नेवा खल वडा इकाइ समिति ३ ले विद्यार्थी तथा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न गर्‍यो ।
    आज सत्य साइ केन्द्र आदर्शनटोल वीरगंज-३ मा भएको सो कार्यक्रममा २९ जना विद्यार्थी तथा ३२ जना रक्तदाताहरुलाई सम्मान गरिएको थियो ।
    समितिका अध्यक्ष सुमन श्रेष्ठको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रमको प्रमुख अतिथि वीउमनपाका कार्यकारिणी अधिकृत विश्वराज डोटेल रहनुभएको थियो
    २०६४ सालको एसएलसी परीक्ष्ँामा उत्तर्ीण्ा छात्रछात्राहरुलाई पुरस्कार तथा कदरपत्र र रक्तदान गर्ने रक्तदाताहरुलाई प्रशंसापत्र वितरण कार्यक्रमको संचालन प्राध्यापक हरिरत्न तुलाधर र छात्रा सुश्री रोजिना तिमिल्सिनाले गरेका थिए ।
    पुष्कर रघुवंशी, हरि वैद्य, शम्भु रिमाल, नारायणी देवी श्रेष्ठ, सचित बहादुर श्रेष्ठलगायतको उपस्थितिमा रहेको सोकार्यक्रमको विशेष अतिथि अशोक श्रेष्ठ रहनुभएको थियो भने स्वागत मन्तव्य सुरेन्द्रकुमार श्रेष्ठ, धन्यवाद मन्तव्य गजेन्द्र देव ठकुले दिनुभएको थयिो ।


    विद्यार्थीहरुलाई पर्ूव तयारी प्रशिक्ष्ँण
    वीरगंज, २५ साउन/ ठाकुरराम बहुमुखी क्याम्पस स्नाकोत्तर तहका विद्यार्थीहरुलाई अन्तर्वार्ता र व्यक्तिगत विवरण पत्र पर्ूव तयारी सम्बन्धी प्रशिक्ष्ँण गराइयो ।
    आज प्राध्यापक डा. दीपक शाक्य र प्राध्यापक दिनेश गुप्ताले ठाराब क्याम्पसका स्नाकोत्तर तहका अध्ययनरत ३५ जना विद्यार्थीहरुलाई प्रशिक्षण गराउनु भएको थियो ।
    ठाराब क्याम्पसको आयोजनामा भएको सो प्रशिक्ष्ँण कार्यक्रमको संयोजक प्राध्यापक संजय श्रेष्ठ र प्रमुख अतिथि होटल मकालुका महाप्रबन्धक मोहन प्रधान रहनुभएको थियो ।

    विभिन्न विद्यार्थीहरू सम्मानित

    वीरगंज, २५ साउन/ कलवार कल्याण समिति आदर्शनगर वीरगंजको आयोजनामा १२ औं साधारणसभा आज कलवार कल्याण समाज धर्मशालामा सम्पन्न भयो ।
    कलवार धर्मशालाका अध्यक्ष शिवजीप्रसाद कलवारको अध्यक्ष्ँतामा सम्पन्न सो कार्यक्रममा एसएलसीमा उत्तर्ीण्ा गरेका १० जना छात्रछात्राहरूलाई सम्मानित गरिएको थियो ।
    कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पर्ूव सदस्य राजेश्वरप्रसादले छात्रछात्रालाई सम्मानित गर्नुभएको थियो ।
    सम्मानित हुनेहरूमा दिपेश गुप्ता, प्रदीप गुप्ता, सुजीतकुमार गुप्ता, रवि गुप्ता, मनोज कुमार कलवार, अनिपा गुप्ता, स्वेता साह, सती रानी गुप्ता, रिता जैसवाल, नेहा गुप्ता, कक्षा १२ का विनयकुमार गुप्ता, कस्तुरी जैसावललगायत रहेका छन् ।

    पर्ूव-पश्चिम राजमार्ग अवरूद्ध

    वीरगंज, २५ साउन/ दोषीलाई कारबाहीको माग र पीडित परिवारलाई क्षतिपर्ूर्तिको माग गर्दै बाराको पर्ूव-पश्चिम राजमार्गमा स्थानीयबासीले आज बिहान अवरूद्ध गरेका छन् ।
    बाराको मनहरवा-४ का ठगा चौधरीलाइ एक साता अघि जङगलमा मारिएको घटनाको छानबिनसहित दोषीलाई कारवाही र क्षतिपर्ूर्ती उपलब्ध गराउनु पर्ने माग गर्दै पिडीतपरिवार र स्थानियवासीन्दाले पसाहा खोला पूल नजिक चक्काजाम गरेका हुन ।
    चौधरीलाइ जङगलमा गएको बेला सहजनाथ साझेदारी बन ब्यवस्थापन समितीका सुरक्षा गस्तीले मारेर फालेको आरोप स्थानीयबासीले लगाएको छ भने सो आरोप निराधार भएको सहजनाथ साझेदारी बन व्यवस्थापन समितिले जनाएको छ ।

    बालक हरायो

    वीरगंज, २५ साउन/ वीरगंज-१९ नगवाबाट एक बालक हराएको छ ।
    आज बिहान रामदेश र्सराफको घरमा डेरा गरी बस्ने भारतीय नागरिक रामाशंकर र्सराफको १४ वषर्ीय छोरा विटु र्सराफ नगवाबाट हराएको हो ।
    हल्का पहेलो रंगको र्सटभित्र कालो रंगको गंजी र बदामी रंगको फूलपाइन्ट लगाएको गहु गोरो रंग भएको बालक हराएकोमा प्रहरी चौकी नगवा र ज्रि्रका, पर्सर्ाा जानकारी गरिसकेको महिला फोरम नेपाल पर्सर्ाा नगर अध्यक्ष शिला र्सराफले जनाएका छन् ।
    बालक हराएको हुनाले सवै वीरगंजवासीलाई बालक फेला परेमा प्रहरीलाई खबर गर्नेलाई पुरस्कारसमेत व्यवस्था गरेको जानकारी मधेशी महिला फोरम नेपाल पर्सर्ाा रेणु र्सरापले जानकारी दिएकी छन् । बालक फेला परेमा कृपया मोबाइल नं. ९८०६८९०८८० मा सर्म्पर्क गर्न अनुरोध गरिएको छ ।

    0 comments: