६ ट्रक युरिया मल पक्राउ

Posted on
  • Aug 4, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २० साउन/ नेकपा माओवादीको भातृ संगठन वाइसीएलले बाराको पिलुवाबाट ६ ट्रक अवैध भारतीय युरिया मल पक्राउ गरेको छ ।
    गए राति २ बजे सुराकीको आधारमा गस्तीको क्रममा पिलुवा पुगेेको बारा, वाइसिएल इन्चार्ज रमन कार्कीको नेतृत्वको टोलीले भंसार छलेर काठमाडौं लैजांदै गरेको ना ३ ख ३०७९, ना ३ ख ४४७७, ना ३ ख ६४०७, ना ३ ख ४४९८, ना ३ ख ४५४०, ना २ ख ४०६० नं.को ६ वटा ट्रकमा लोड गरिएको युरिया मल सशस्त्र प्रहरीको सहयोगमा पक्राउ गरेको हो ।
    पक्राउ परेको उक्त मल वाइसिएलले आजै वीरगंज भंसार बुझाएको सशस्त्र प्रहरी बल भद्रकाली गण पिलुवाका सशस्त्र प्रहरी निरीक्षक नेत्र केसीले बताउनुभयो ।
    झन्डै चार हजार बोरा रहेको उक्त मलको मूल्य लगभग ३२ लाख रुपियांभन्दा बढी रहेको वाइसीएलका इन्चार्ज रमन कार्कीले बताउनुभयो । उक्त मल रौतहटका मल तस्कर मकसुद आलमको हुन सक्ने प्रहरीको अनुमान छ ।

    थरुहट बन्दको आशिंक प्रभाव

    वीरगंज, २० साउन/ थारुहट संयुक्त सर्ंर्घष समितीले आह्वान गरेको एक दिने तराइ बन्दको वीरगंजमा कुनै खासै असर नपरे पनि पर्सर्ााजल्लाको ग्रामीण भेगमा चल्ने सवारी साधन तथा लामो दूरीका सवारी साधनहरु बन्द रहेका छन् ।
    आज वीरगंजको मुख्य बजार, कलकारखाना, शैक्षिक संस्था, व्यापरिक प्रतिष्ठानहरु भने खुल्ला रहेका छन् ।

    कावरियाद्वारा बाटो अवरुद्ध

    वीरगंज, २० साउन/ बोलबम जाने कावरियाहरुले वीरगंजको महावीरस्थान मेनरोडमा एक घण्टा बाटो अवरुद्ध गरेका छन् ।
    आज बिहान छपकैया-३ बोलबमका कांवरियाहरुले त्रिवेणी नदीबाट नाचगान गर्दै अलखियामठ मन्दिरमा जल ल्याउने क्रममा केही उच्छृखंल व्यक्तिहरुले कावरियामाथि हातपात गरेको विरोधमा उनीहरुले बाटो अवरुद्ध गरेका हुन् ।
    भेडीयाहीस्थित नेशनल मेडिकल कलेज नजिकै नाचगान गर्दै आइरहेको छपकैया-३ का महिला बोलबमहरुलाई गहवाका केही केटाहरुले जिस्काउने क्रममा झडप भएको थियो । सोही झडपको निहुमा गहवाका केटाहरुले छपकैयाका बोलबम कावरियाहरुलाई महावीरस्थान मेनरोडमा कुटपिट गरेको बताएको छन् । कुटपिटमा केही कावरियाहरु सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
    कुटपिट गर्नेउपर कारबाहीको माग गर्दै कावरियाले १ घण्टा बाटो अवरुद्ध गरेपछि विर्ता प्रहरीका प्रनि किरण जंग थापाले दोषी व्यक्तिको पहिचान गरी कारबाही गर्ने आश्वासन दिएपछि सो सडक सुचारु भएको छ ।



    आठ किलो ४ सय ग्राम चांदी पक्राउ

    वीरगंज, २० साउन/वीरगंजबाट काठमाडौंतर्फलैजादै गरेको ८ केजी ४ सय ग्राम चांदीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
    आइतवार सांझ वीरगंजको गण्डकबाट पक्राउ गरेको उक्त वेवारिसे चांदी हाल जिल्ला प्रहरी कार्यालय पर्सर्ाा राखी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता केपी शर्माले जनाएको छ ।

    0 comments: