अडवाणीद्वारा राष्ट्रिय सहमतिको सरकार बनाउन सुझाव

Posted on
  • Aug 4, 2008
  • by
  • mukesh
  • in
  • ऋषि धमला, नयां दिल्लीबाट । भारतीय जनता पार्टीका नेता लालकृष्ण अडवाणीले नेपालमा राष्ट्रिय सहमतिको सरकार बनोस् भन्ने कामना गर्नुभयो । २० साउनमा होटल दिल्लीस्थित ताजमहलमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंग विशेष भेटवार्तागरेपछि उहांले नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन सहमतिको सरकार उपयुक्त रहेको बताउनुभएको हो ।
    'नेपालमा कस्तो सरकार बन्नर्ुपर्छ भन्ने नेपाली जनताबाट विश्वासप्राप्त राजनीतिक दलहरुले टुंगो लगाउने विषय हो,' ऋषि धमलासंग विशेष कुराकानी गर्दै अडवाणीले भन्नुभयो,'भारत नेपालमा राष्ट्रिय सहमतिको सरकार बनोस् भन्ने शुभेच्छा राख्दछ ।' नेपाली जनताको चाहनाअनुसार लोकतान्त्रिक व्यवस्था सुदृढ बन्दै जानेमा आफूहरु विश्वस्त भएको बताउनुभयो । नेपालको शान्ति प्रक्रिया, विकास र स्थायित्वका लागि भारत सदैव सहयोगी रहने बताउनुभयो ।
    नेपालमा माओवादी सत्तामा आउदैछ भन्नेबारे सोधिएको प्रश्नमा उहांले कुनै प्रतिक्रिया दिन चाहनुभएन । उहांले भन्नुभयो,'नो कमेन्ट ।'
    राजनीतिक भेटमा व्यस्त रहनुभएका कोइराला अपरान्ह चार बजे स्वदेश र्फकदैहुनुहुन्छ । यसअघि उहां नयांदिल्लीस्थित नेपाली राजदूतावास गई दूतावासका कर्मचारी र प्रवासी नेपालीलाई भेट्ने कार्यक्रम रहेको छ ।

    0 comments: