ऋषि धमला, नयां दिल्ली, २० साउन/
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीबीच भेटवार्ता भएको छ । २० साउनमा नयां दिल्लीस्थित ताज होटलमा रहनुभएका कोइरालालाई भेट्न गान्धी आफै आउनुभएको थियो ।
भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, शान्ति प्रक्रिया, द्विपक्षीय सम्बन्धलगायतका विषयमा छलफल भएको थियो । भेटमा सहभागी विनाविभागीय मन्त्री सुजता कोइरालाका अनुसार प्रधानमन्त्री र कांग्रेस आईकी अध्यक्ष गान्धीबीचको भेट सकारात्मक रह्यो । गान्धीले नेपालको शान्ति प्रक्रियामा आवश्यक सहयोग गर्न भारत तयार रहेको बताउनुभएको थियो । स्रोतका अनुसार गान्धीले नेपालमा राष्ट्रिय सहमतिको सरकार बनोस् भन्ने भारतको चाहना रहेको बताउनुभयो । उहांले नेपालको शान्ति प्रक्रिया र नयां सरकार गठन प्रक्रियाबारे पनि चासो राख्नुभयो । प्रधानमन्त्री कोइरालाको शान्ति प्रक्रियामा रहेको भूमिकाको उच्च प्रशंशा गर्नुभयो । उहांले नेपालमा जनभावनाअनुरुपको संविधान निर्माण हुने आशा व्यक्त गर्नुभएको बुझिएको छ । भेटपछि प्रधानमन्त्री कोइराला निकै प्रफुल्ल हुनुहुन्थ्यो । भेटमा भारतीय विदेशमन्त्री प्रणव मुखर्जी, कांग्रेस आईका वरिष्ठ नेता करण सिंह र मन्त्री आनन्द सिंह सहभागी हुनुहुन्थ्यो । नेपालका तर्फबाट विना विभागीयमन्त्री सुजाता कोइराला र भारतका लागि नेपाली राजदूत दर्ुर्गेशमानसिंह पनि सहभागी हुनुहुन्थ्यो ।
प्रधानमन्त्रीले भारतीय जनता पार्टीका नेता लालकृष्ण अणवाडीसंग पनि भेटवार्ता गर्नुभएको । भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे महत्वपूर्ण छलफल भयो । पौने घण्टाको छलफलपछि ऋषि धमलासंग कुरा गर्दै अणवाडीले नेपालमा लोकतन्त्र बलियो हुदै जाने विश्वास व्यक्त गर्नुभयो । उहांले नेपालमा शान्ति, विकास र स्थायित्व रहोस् भन्ने कामना गरेको बताउनुभयो । उहांले भन्नुभयो,'नेपाली जनताको चाहनाअनुसार नेपालमा लोकतन्त्र संस्थागत हुनेमा हामी विश्वस्त छौं ।' नेपालमा कस्तो सरकार बन्नर्ुपर्छ भन्ने प्रश्नमा उहांले त्यस विषयको टुंगो नेपाली जनताका प्रतिनिधिले लगाउने उहांको भनाई थियो ।
प्रधानमन्त्री कोइरालाले समाजवादी नेता मुलायमसिंह यादवसंग पनि भेटवार्ता गर्नुभयो । भेटमा नेपालको राजनीतिक घटनाक्रमबारे यादवले चासो राख्नुभयो । भेटपछि ऋषि धमलासंग कुरा गर्दै यादवले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा राष्ट्रिय सरकार बनेमा नेपालले दीगो शान्ति हासिल गर्न सक्ने बताउनुभयो । शान्ति प्रक्रियामा कोइरालाको भूमिकाको उच्च प्रशंशा गर्दै भन्नुभयो,'नेपालमा राष्ट्रिय सरकार गठन होस् भन्ने हाम्रो कामना हो, प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा राष्ट्रिय सरकार बनेमा नेपालले चाहेको दीगो शान्ति हासिल हुनसक्दछ।'
प्रधानमन्त्रीले भारतीय जनता पार्टीका महासचिव विजय जोली, कांग्रेस आईका प्रवक्ता अभिषेक मनुलगायतका नेताहरुसंग भेट्दै हुनुहुन्छ । उहां आजै स्वदेश र्फकने कार्यक्रम रहेको छ ।
नेपालमा नयां सरकार गठन प्रक्रियाले गति लिइरहदा प्रधानमन्त्रीले र्सार्क सम्मेलनबाट र्फकदा भारतमा अडिएर राजनीतिक भेट गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । उहांको भारतीय नेताहरुसंगको भेटले नेपालको राजनीतिमा तरंग आउने विश्लेषकहरुको भनाई छ ।
प्रधानमन्त्री कोइराला र कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीबीच भेटवार्ता
Posted on Aug 4, 2008 by mukesh in
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment