बीरगंज, २ भदौं/ सुबोध स्मृति पुरस्कार प्रतिष्ठान, बीरगंजद्वारा आयोजित प्रथम सुबोध स्मृति पुरस्कार फोटो पत्रकार राम र्सराफलाई प्रदान गरेको छ ।
आइतवार वीरगंज उद्योग वाणिज्य संघको सभाकक्षमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झाले १० हजार रुपियां राशीको चेक र्सराफलाई हस्तान्तरण गर्दै एउटा योग्य पत्रकारको नाममा स्थापना भएको पुरस्कार एउटा योग्य पत्रकारले पाएकोमा खुशी लागेको भन्नुभयो ।
वीरगंजका स्थानिय फोटो पत्रकार स्व. सुबोध सिंहको गत जेठ १२ गते भारत, उत्तरप्रदेशमा रेल दर्ुघटनामा परी देहान्त भएपछि प्रतीक दैनिकले स्व. सिंहको नाममा सुबोध स्मृति पुरस्कार प्रतिष्ठान बीरगंजको स्थापना गरी पहिलो पुरस्कारको रुपमा फोटो पत्रकार र्सराफलाई प्रदान गरेको हो ।
प्राप्त पुरस्कारको रकमबाट फोटो पत्रकार र्सराफले ५ हजार राष्ट्रिय फोटो पत्रकार समूह पर्सर्ााई प्रदान गर्ने घोषण्ँा गर्नुभयो भने बांकीको ५ हजार आफनो तर्फबाट २ हजार थपेर स्व. सुवोधको पिता श्याम सिंहलाई सुवोधको नामबाट कुनै सामाजिक कामको लागि प्रदान गर्नुभयो ।
सो कार्यक्रममा सुबोध स्मृति पुरस्कार प्रतिष्ठानका अध्यक्ष जगदिश शर्मा, पर्सर्ाा सभासद अजय चौरसिया र अजय द्विवेदी, भारतीय महाबाण्ँिज्य दुतावासका प्रेस चिफ जोन सिल्सी, बीरगंज उद्योग बाण्ँिज्य संघका अध्यक्ष गण्ँेश लाठ, नेपाल पत्रकार महासंघ पर्सर्ाा अध्यक्ष शत्रुघ्न नेपाल र श्याम सिंहलगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बीउबासंघका अध्यक्ष गण्ँेश लाठले आफनो पारिवारिक ट्रष्टबाट सुवोध स्मृति पुरस्कार प्रतिष्ठानलाई १० हजार, उद्योगपति अशोक बैद्यले १० हजार, ब्यापारी ओमप्रकाश जैसवालबाट रु. ५ हजार र शिव गोयलबाट रु.१ हजार १ रुपैया प्रदान गरेका थिए । यसैगरी सभासद अजय चौरसियाले पनि संसदिय कोषबाट १० हजार रुपियां दिने घोषण्ँा गर्नु भएको छ ।
फुसको घरमा आगलागीमा
वीरगंज, २ भदौ/ पर्सर्ााजल्ला बसन्तपुर गाविसमा एक फुसको घरमा आगलागी हुंदा ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।
गए राति बसन्तपुर गाविस-९ निवासी रामलखन साह गोढको फुसको घरमा आगलागी हुंदा घरमा रहेको लत्ताकपडा, भांडालगायत सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागी हुनुका कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment