प्रधानमन्त्री प्रचण्डद्वारा मिस नेपाल प्रतियोगिताबारे सकारात्मक सोच
Posted on Aug 18, 2008 by mukesh in
उत्तम खड्गी
काठमाडौं, २ भदौ/ मिस नेपाल २००८ का प्रतियोगीहरू र आयोजकले प्रधानमन्त्री प्रचण्डसंग भेटघाट गरेका छन् ।
आज बिहान आयोजक संस्था हिडन टे्रजरका गोपाल राजकणिर्कारको नेतृत्वमा गएको टोलीले प्रचण्ड निवास नया“ बजारमा भेटघाट गरेका हुन् ।
भेटका अवसरमा आयोजक हिडन टे्रजरका गोपाल राजकणिर्कार, सुवर्ण्र्ााात्री, गृहेन्द्र राजवंशी, काठमाडौं जेसीजका श्यामबाबु, पर्ूव मिस नेपाल उषा खड्गी, सुगारिका केसी, मिस नेपाल प्रतियोगिता-२००८ का सम्पर्ूण्ा प्रतियोगीहरूको उपस्थिति रहेको थियो ।
मिस नेपाल प्रतियोगिता आयोजक संस्थाका प्रतिनिधिहरू र पर्ूव मिस नेपाल उषा खडगीले गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल ँप्रचण्ड’ विजयी हुनुभएकोमा फूलमाला लगाएर बधाई दिएका थिए । भेटको अवसरमा मिस नेपाल प्रतियोगिताका आयोजक हिडन टे्रजरका कणिर्कारले प्रधानमन्त्री प्रचण्डलाई मिस नेपाल प्रतियोगिता कहिलेदेखि सुरू भएको, यसको विशेषता, काम कर्तव्यलगायतका बारेमा जानकारी गराउनुका साथै माओवादी महिला सभासदहरू, विभिन्न महिला अधिकारवादी संघसंस्थाहरूद्वारा गरिएको विरोध, र मिस नेपाल प्रतियोगिता यही भदौ ७ गते शनिवार हुने भनिएपनि सो दिन नेपाल बन्दको घोषणाको बारेमा जानकारी गराएका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मिस नेपाल प्रतियोगिताबारे सकारात्मक सोच राख्दै मिस नेपाल प्रतियोगिता-२००८ हुन गइरहेकोमा सबै प्रतियोगीहरूलाई बधाई दिनुका साथै विरोध गरिरहेका आप\mना महिला सभासदहरू तथा विभिन्न महिला अधिकारवादी संघसंस्थाहरूलाई समेत सकारात्मक सोच राखीदिन अनुरोध गर्नुभयो । प्रम प्रचण्डले सो विषयमा सबैसंग छलफल गरेर जानकारी आयोजकलाई गराउने बताउनुभयो ।
विगत डेढ महिनादेखि प्रतियोगिताको लागि प्रशिक्ष्ँण लिइरहेका नेपालका विभिन्न ७ वटा जिल्लाका प्रतियोगीहरू प्रधानमन्त्रीसंग भेटपछि धेरै हषिर्त भएका थिए । विरोधका कारण प्रतियोगिता हुने निर्धारित मिति र्सर्दै गएकोमा अब मिस नेपाल प्रतियोगिता हुनेमा विश्वस्त भएको मिस नेपाल प्रतियोगिताका प्रतियोगीहरूले बताएका छन् ।
शहीद रामवृक्ष स्मृति दिवस
वीरगंज, २ भदौं/ नेकपा माओवादी, पर्सर्ाा स्व. रामवृक्ष यादवको १४ औं स्मृति दिवसको अवसरमा आज वीरगंजको घण्टाघरमा श्रद्धाञ्जली सभाको आयोजना गर्यो ।
नेकपा माओवादीका क्षेत्र नं. १ का संयोजक, केन्द्रीय सदस्य राजदेव पासवानको सभापतित्वमा सम्पन्न स्मृति दिवस कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल टे्रड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष बद्री बजगाई, विशिष्ठ अतिथि रामाश्रय राम, अतिथिहरु हरि मण्डल ँआशिष’, सन्तोष श्रेष्ठ, बालेश्वर चौधरी, सोनालाल यादवलगायतले शहिद यादवप्रति श्रद्धासुमन व्यक्त गर्दै श्रद्धाञ्जलीसमेतको आ-आप\mनो मन्तव्य प्रकट गर्नुभएको थियो ।
स्वागत मन्तव्य क. रामप्रसाद पाण्डेले गर्नुभएको सो कार्यक्रमको संचालन क. बालकृष्ण श्रेष्ठले गर्नुभएको थियो ।
हिरोइनसहित दर्ुइ पक्राउ
वीरगंज, २ भदौ/ जिल्ला प्रहरी कार्यालय, पर्सर्ाा हिजो राति ७ः३० बजे वीरगंज स्थित गण्डकबाट १० ग्राम हिरोइनसमेत दर्ुइ व्यक्तिलाई पक्राउ गरेको छ ।
पोखरा वडा नं. ८ बस्ने वर्ष२१ का सन्तोष मानन्धर एवं सोही स्थान बस्ने दिपक सोनारसमेत ग ४ प १८२१ नं.को मोटरसाइकल चढी वीरगंजबाट पोखरातर्फ गर्दाको अवस्थामा शंका लागी चेकजा“च गर्दा सन्तोष मानन्धरले लगाएको हेलमेटमा लुकाइ राखेको १० ग्राम खैरो हिरोइन फेला परेपछि आवश्यक अनुसन्धानको लागि दुवै व्यक्तिलाई ज्रि्रका, पर्सर्ााे हिरासतमा राखिएको प्रहरीले बताएको छ । निजहरुलाई प्रनानि विष्णु दर्नालीको टोलीले पक्राउ गरेको बुझिन आएको छ । यस घटनाका सम्बन्धमा ज्रि्रकाको १०० नं. टेलिफोनमार्फत बुझ्न खोज्दा आफूलाई कुनै समाचार थाहा नभएको बताइएको थियो ।
तीन कार्यालयहरूमा कामकाज ठप्प
बारा, २ भदौ/ कर्मचारीको सुरक्षा र काम गर्ने वातावरण्ँ नभएको भन्दै बाराका तीन कार्यालयका कर्मचारीले कामकाज ठप्प बनाएका छन् ।
सदरमुकाम कलैयाका तीन सरकारी कार्यालयमा कर्मचारीहरूले हिजोदेखि अनिश्चितकालका लागि कामकाज ठप्प पारेको घोषण्ँा गरेका हुन् ।
कार्यालयमा बसी कामकाज गर्ने बातावरण्ँ नभएको र राज्यले सुरक्षा व्यवस्था सुदृढ नबनाएको आरोप लगाउ“दै कर्मचारीहरूले कामकाज ठप्प पारेका हुन् । यसबाट नापी शाखा, भूमि सुधार र मालपोत कार्यालयमा आउने सेवाग्राही जनताले कष्ट झेल्नुपरेको छ ।
मोही सम्बन्धी विवादमा गत बिहीवार भूमि सुधार कार्यालय बाराका प्रमुख राजाराम थापामाथि हातपात भएको घटनालाई लिएर कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।
विस्फोटबाट दर्ुइ जना घाइते
भीमफेदी, २ भदौ/ बारा जिल्लाको अमलेखगंज बजारबाट ना ६ प ९५५६ नं. मोटर साइकलमा करिब १० लिटर पेट्रोलको जर्किन लिई चितवनको पर्सर्ााैरहनीतर्फजान आइरह“दा पर्ूव-पश्चिम महेन्द्र राजमार्गको स्थानीय चुरेमाई मन्दिरको उकालोमा आइतबार विस्फोटन हु“दा दर्ुइजना सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
तत्काल प्रहरीले उद्वार गरी हेटौंडा अस्पतालमा सामान्य उपचार सकी थप स्वास्थ्योपचारका लागि भरतपुर अस्पतालमा पठाएको प्रहरी सूत्रले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment