महेशचन्द्र गौतम
वीरगंज, १ भदौ/ मुद्रा मोहमा फसेका जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साकार् इन्चार्ज प्रनि कमल थापाको गैरजिम्मेवारीपनको कारण स्थानीय नगरवासीहरूले दिनहुं दुःख खेप्नु परेको गुनासो उठेको छ ।
सवारी ट्राफिक व्यवस्थापनप्रति चासो नदेखाई नगरका ट्रान्सपोर्टहरूबाट अनाधिकृत रकम असूल्न लगाउने गरेका प्रनि थापाले मिनाबजारस्थित रहेको एकोहोरो सडक बाटोमा बजार समयभित्र आलु, प्याजका अधिकृत व्यापारीहरूको सुविधालाई ध्यानमा राखी ट्रक, ट्याक्टर, गाडा राख्न दिने गरेको भुक्तभोगीहरूको गुनासो छ ।
मिनाबजार आवागमन गर्ने व्यक्तिहरूलाई हिंड्नसमेत अप्ठयारो हुने गरी बजार समयभित्र सवारी प्रवेश दिने गरेका घण्टाघरस्थित खटिने ट्राफिक प्रहरीले आलु-प्याजका व्यापारीहरूबाट अनाधिकृत रकम असूल्ने गरेबाट सो छुट दिएको बताइन्छ ।
राजनीतिक तरलताको नाजायज फाइदा लुट्न तल्लिन रहेका आलु, प्याजका व्यापारीहरूले मिनाबजारस्थित रहेको गोदाममा सवारी ठड्याएपश्चात ट्रक, ट्याक्टर, गाडा सवारीको प्रकृति हेरी निश्चित रकम नजराना तोकेकै कारण ट्राफिक प्रहरीले नागरिक समाजको सुविधातर्फ चासो नदेखाएको बजार आवागमन गर्ने व्यक्तिहरुको आरोप रहेको छ ।
यसरी जिल्ला ट्राफिक प्रहरीउपर उठेको आरोपका सम्बन्धमा प्रनि कमल थापासंग फोन सर्म्पर्क राख्न खोज्दा इन्चार्ज थापा कार्यालयमा नरहेको जवाफ पाइयो ।
स्थानीय विकास अधिकारी पौडेललाई कालोमोसो दल्ने तयारी
महेशचन्द्र गौतम
वीरगंज, १ भाद्र/ जिल्ला विकास समिति पर्साका स्थानीय विकास अधिकारी राजेन्द्रकुमार पौडेलले दक्ष कर्मचारी रहंदाको अवस्थामा कोठे बैठक गरी सुष्मा कार्की नाम गरेकी एक केटीलाई कम्प्युटर सहायक पदमा नियुक्त गरेको विषयमा व्यापक चर्चा चलेको छ ।
सात महिना अघि फेज समाप्त भएको युनिसेफको डकाउ कार्यक्रम अर्न्तर्गत गाविसमा कार्यरत रहेकी कार्की स्वतः खारेज भइसकेको अवस्थामा सो फिल्डमा कार्यरत रहेका अन्य ७ जना कर्मचारीमध्ये दक्ष एवं होनहार पढेलेखेकी मञ्जु कायस्थ लगायत र्सर्ूयकला यादव, अर्चना उपाध्याय, सोनम खड्का, राजकुमारी झा, चेतकुमारी तिमिल्सिना अनुभवी कर्मचारीका वावजुद स्थानीय विकास अधिकारी पौडेलले सुष्मा कार्कीलाई नियुक्ति दिईएकोमा व्यापक विरोध उठ्न थालेको छ ।
जिविसमा कार्यरत रहेका कर्मचारी बाल्मिकी साहको पदोन्नति भई खरदार भएपश्चात् सोही कार्यालयको जिन्सी फांटमा रिक्त रहेको खरदार पदका लागि स्थानीय विकास अधिकारीसंग साहले मांगदाबी गरेकै अवस्थामा सो फांटका इन्चार्ज नासु सञ्जय पाण्डे, निमित्त लेखापाल सुशील तामाङ, इन्जियनिर मंकेश्वर ठाकुर, मनोज तिवारी, हरिशंकरप्रसाद कर्ुर्मीको मिलोमतोमा स्थानीय विकास अधिकारी पौडेलले जिन्सीको खरदार पद परिषद्द्वारा खारेज गर्न लगाई पार्टर्ीी्रतिनिधिहरूको सरसल्लाहबिना घाटामा गइरहेको जिविसमा आप\mनो एकलौटी निर्ण्र्ाााट सुष्मा कार्कीलाई नियुक्ति दिएको बताइन्छ ।
असार १६ गते अर्को व्यवस्था नभएसम्मका लागि काममा खटाउने भनि कार्कीलाई नियुक्ति दिएका पौडेलले योजना एवं सूचना शाखाको कामका लागि खटाएको बताईन्छ । जिविसको सूचना शाखामा पहिलेदेखि कार्यरत रहेका शम्भु कुशवाहा एवं धर्मराज थापाका बावजुद सोही शाखामा सुष्मा कार्कीलाई नियुक्ति दिएको सम्बन्धमा नेकपा माओवादीको सिफारिसमा उक्त नियुक्ति दिइएको हल्ला फिंजाएका स्थानीय विकास अधिकारी पौडेलले हाल जिल्ला विकास समितिको सम्पर्ूण्ा कार्य आप\mनो क्वार्टरमै गर्ने गरेको एवं सुष्मा कार्कीसमेतलाई पर्सनल पिए सरह क्वार्टरमै काम लगाउने गरेकोबाट जिल्ला विकास समिति अर्न्तर्गत रहेका सचिवहरूले समेत आलोचना गरेका छन् ।
यसरी गैरकानुनी रूपमा पदपर्ूर्तिको टेण्डर नैं न निकाली जिल्ला विकास समिति, पर्सामा नेकपा माओवादीको सिफारिसमा कार्कीलाई नियुक्ति दिएको भनि चलेको चर्चाका सम्बन्धमा यस दैनिकले नेकपा माओवादीकोतर्फबाट जिविस पर्साको प्रतिनिधि रहनुभएका राजदेव पासवानसंग प्रतिक्रिया लिंदा प्रतिनिधि पासवानले त्यस नियुक्ति बारेमा हामीलाई केही थाहा नभएको र माओवादीले कुनै सिफारिससमेत नगरेको तथा परिषद्को बैठकबाट पनि कुनै माइनेटिङ निर्ण्र्ाामेत नभएको हुंदा सो नियुक्ति स्थानीय विकास अधिकारी पौडेलले आफूखुशी गरेको हुंदा सोको विरोधसमेत हामीले गरेका छौं र हामी उक्त गैरकानुनी नियुक्तिको खिलाफ छौं भन्नुभयो ।
त्यसैगरी सोही पार्टर्ीी बालकृष्ण श्रेष्ठसंग कार्कीको नियुक्तिका बारेमा प्रतिक्रिया बुझ्दा घटनासम्बन्धमा हाम्रा प्रतिनिधिलाई केही थाहा छैन र सो नियुक्तिको सिफारिस नेकपा माओवादीले गरेको पनि छैन, उक्त नियुक्ति स्थानीय विकास अधिकारीको व्यक्तिगत निर्ण्र्ाााट भएको सुन्नमा आएको छ । हामी यस कार्यलाई रोक्ने तरखरमा छौं, यो नियुक्ति स्थानीय विकास अधिकारीको स्वार्थबाट भएको हुंदा पार्टर्ीी अनुसन्धान गरी नियुक्ति खारेज गर्नेतर्फ कदम चलाउने छ बताउनुभयो ।
विगत लामो समयदेखि जिल्ला विकास समितिको युनिसेफ प्रोजेक्ट अर्न्तर्गत डकाउ कार्यक्रममा कार्यरत रहेका अन्य महिला कर्मचारीहरूलाई फेज समाप्त भएको भनि कामबाट हटाएका स्थानीय विकास अधिकारी पौडेलले कार्कीलाई मात्र नियुक्ति दिएको एवं क्वार्टरमै राखी काममा खटाउने गरेको कार्यप्रति विरोध जनाएका अन्य महिला कर्मचारीहरूले स्थानीय विकास अधिकारीलाई कालोमोसो दल्ने तयारीसमेत गरिरहेको भरपर्दो स्रोतबाट खुल्न आएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment