वीरगंज, ३१ साउन/ बालबालिका तथा महिला बेचबिखन नियन्त्रणमा पत्रकारहरुको भूमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
आज नेपाल पत्रकार महासंघ, पर्सर्ाााखाको सभाकक्षमा माइती नेपालका प्रमुख संगीता पुरीले माइती नेपालको पृष्ठभूमिबारे, कार्यक्रमको लक्ष्य, उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । उहांले २०५५ सालदेखि ०६४ सालसम्म सीमा क्षेत्रमा निगरानी गरेर बचाइएको महिला तथा बालबालिकाहरु ९०८, भारतबाट रेस्क्यु गरेर ल्याइएको ८९, हराइएको निवेदन परेको १८८, फेला परेको ७०, घरेलु हिंसाको निवेदन १०५, जिउ मास्ने बेच्ने र जबरजस्ती करणी मुद्दा २१, सिमा क्षेत्रमा परामर्श गरेको ३४३०, अन्य ल्याइएको संख्या २८१ रहेको जानकारी गराउनुभयो ।
माइती नेपालकी प्रमुख पुरीले बेश्यावृत्तिका लागि हुने गरेको बालबालिकाको व्यापारका कारण सिर्जित मानव अधिकारको हननलाई घटाउने, यौवनामुखी महिला तथा पुरुषहरुको बेचबिखनका साथैउहाहरुमाथि जबरजस्ती हुने वेश्यावृत्तिलाई कम गर्ने कार्यक्रमको लक्ष्य र उद्देश्य रहेको अन्तक्रिर्यामा बताएका छन् ।
अन्तक्रिर्या कार्यक्रममा पत्रकार राजु श्रेष्ठ, अशोक तिवारी, प्रेम साहलगायतले संचारकर्मीहरुले बालबालिका तथा महिला बेचबिखनमा केकस्तो भूमिका निर्वाह गर्न सक्छन् त्यसको बारेमा चर्चा गरेका थिए ।
सो कार्यक्रमको माइती नेपाल र युरोपेली महासंघको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।
बौधीमाइ मेला
वीरगंज, ३१ साउन/ वीरगंज उपमहानगरपालिका-१३ अशोकवाटिकास्थित श्री बौधीमाइ मन्दिरमा ठूलो मेला लागेको छ ।
आज साउन चतुदर्शीको बिहानैदेखि भक्तालु, महिला, पुरूष, बालबालिका, वृद्धवृद्धाहरूको मन्दिरमा ठूलो घुंइचो लागेको छ । बिहानैदेखि भक्तजनहरू बोका, परेवा, हास, कुखुराको बलि दिइरहेका छन् ।
वर्षो १ पटक लाग्ने सो मेलामा प्रत्येक वर्षपानी पर्ने भक्तजनहरूको विश्वास रहेकोमा आज बिहान पनि पानी परेको थियो । यस वर्षबाटो पीच निर्माण भएकोले प्रत्येक वर्षहुंदै आएको हिलाम्मेबाट भक्तजनहरू मुक्त भएका छन् । मेलास्थलमा स्वयंसेवकहरू खटिएका छन् । मेलामा बालबालिकाहरूको लागि मनोरञ्जनको सामग्री, झुला, पिङको व्यवस्था गरिएको छ भने २४ घण्टा भजनकिर्तनको व्यवस्थासमेत भएको आयोजकले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment