माछा-मासु किन्दा उपभोक्ता ठगिए

Posted on
  • Aug 3, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १९ साउन/ वीरगंज उपमहानगरपालिका क्षेत्रमा माछामासुको मूल्य निर्धारण नहुंदा उपभोक्ताहरु दिनहुं ठगिदै आएका छन् ।
    माछामासु व्यवसायी संघ, पर्साले माछामासुको मूल्य निर्धारणका लागि २०६४ जेठ २७ गते वीरगंज उपमहानगरपालिकामा गरेको पत्राचारको जवाफ आजसम्म पाउन सकेको छैन ।
    माछामासु व्यवसायी संघले वीरगंज उपमहानगरपालिका कार्यालयलाई मूल्य निर्धारणको शिफारिसका लागि पठाएको पत्रमा मौसम अनुसार माछाको मूल्यमा हेरफेर हुने शर्तमा बचवा माछा प्रति केजी ९० देखि १००, भकुवा कत्ला प्रतिकेजी रु ११०-१३०, रहु रु १०० देखि १२०, झिंगा माछा रु ३०० देखि ३५०, मंगुरी -विकासे) रु ११० देखि १२०, मासुको मूल्य प्रति केजी चाडवाडमा मूल्य प्रति केजी हेरफेर हुने शर्तमा खसीको मासु प्रति केजी रु २६०, बाख्राको मासु प्रति केजी २००देखि २२०, बोकाको मासु रु २४०, रांगाको फल मासु रु १००, रांगाको मिक्स मासु रु ९०, भैंसीको मासु रु ८५, बंगुरको मासु रु १६०, कुखुराको मासु व्वाइलर रु १८०, कुखुराको मासु लर्ेयर्स रु १३० उल्लेख छ । मासुको मूल्य निर्धारण नहुंदा मौका र मानिस हेरी मासुको मूल्य निर्धारण हुने गरेको छ । मासु पसल र स्थान विशेष मासुको मूल्य फरक फरक छ । खसीको मासुमा बाख्राको मासु मिसाएर बिक्री गर्ने, मरेको र रोगाएको माछा, कुखुरा, बंगुर, भैंसी, रांगा, सुंगुरको मासु बेचेको पनि पाइन्छ । माछा-मासुको नियमित अनुगमन गर्ने काम नगर पालिकाको हो तर नगरपालिकाबाट खटेर आउने कर्मचारीहरुलाई मासु पसलले कमिशन स्वरुप मासु टक्रयाएपछि मासुको मूल्य जति नै होस्, मरेको पशुको मासु बेचियोस कुनै सरोकार छैन ।

    रक्तदान कार्यक्रम सम्पन्न
    वीरगंज, १९ साउन/ लायन्स क्लब अफ वीरगंज मिलेनियम एमजेएफले रक्तदान कार्यक्रमको आयोजना गर्‍यो ।
    आज रोबिन नेपालको संयोजकत्वमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरु र लायन्सका सदस्यहरुले रक्तदान कार्यक्रम गरेका थिए ।
    क्लबका अध्यक्ष डीएन अग्रवालको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि डा. आर.पी. खेतान रहनुभएको थियो भने विशेष अतिथिमा डिष्ट्रिक एडभाइजर रमेश अग्रवाल, रिजन चेयरमैन आर.बी. पाण्डे, जोन चेयरमेन लायन अनुज रुंगटा, जोन चेयरमैन सीता अग्रवाल रहनुभएको थियो ।
    उक्त कार्यक्रममा लायन चिरिन्जीवीलाल सरावगी, डिष्ट्रिक्ट चेयर्रपर्सन पूजा पोद्धार, लायन पदमा सरावगी, समाजसेवी पशुपति विक्रम शाह, उषा शाह, मारवाडी महिला मंचकी अध्यक्ष श्रीमती सीता अग्रवाल, जीपी साह, डिष्ट्रिक कोर्डिनेटर अजय मित्तलको उपस्थिति रहेको थियो ।

    निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण
    वीरगंज, १९ साउन/ मानव सशक्तिकरण समाज नेपाल, पर्साको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ ।
    आज समाजका अध्यक्ष सन्तोष पटेलको सभापतित्वमा सम्पन्न स्वास्थ्य परीक्षणको प्रमुख अतिथि साझा स्वास्थ्य सेवा वीरगंजका कार्यालय प्रमुख माधव भण्डारी रहनुभएको थियो । इनरुवास्थित श्री नेराप्राविको प्रा·णमा भएको उक्त स्वास्थ्य शिविरमा वीरगंज, छपकैया १, २, ३ र इनरुवा-१९ का ३५० जनाभन्दा बढी महिला, पुरुष, बालबालिका, वृद्धवृद्धाहरुकोे स्वास्थ्य परीक्षणका साथै निशुल्क औषधि पनि वितरण गरेका थिए ।
    स्वास्थ्य शिविरमा डा. राजेश स्वर्ण्र्ाार -दन्त चिकित्सक), डा. राकेश साह -फिजिसियन) नारायणी उपक्षेत्रीय अस्पताल, हेल्थ असिस्टेन्ट अच्छेलाल यादव, स्वास्थ्य संयोजक दिपक साह कानु र समाजका सामुदायिक स्वास्थ्य स्वयं सेवक सिकेन्द्र राम, राकेश चौधरी, मिनिषा कर्ण्र्ााप्रगति अर्याल, मेघा गुप्ता र शेखर पटेलले सहयोग गरेका थिए । शिविरमा बालरोग, स्त्रीरोग, दन्तरोग र प्राथमिक उपचारहरु गरिएका थिए । उक्त शिविरमा मेडिका फर्मास्युटिकल्स, सिर्द्धार्थ मेडिकल, साझा स्वास्थ्य सेवा, जनता फार्मेसी, सरस्वती मेडिकलले औषधि उपलब्ध गरी सहयोग गरेका थिए ।

    0 comments: