वीरगंज, १७ साउन/ अपराधीक घटनाहरुलाई नियन्त्रण गर्नका चांडैनैं वीरगंजमा सीसीटीभी जडान गरिने भएको छ ।
वीरगंजका उद्योगी, व्यापारी, बैर्ंकर्स, प्रहरी, प्रशासन, नगरपालिका आदिको संयुक्त प्रयासमा करिब दर्ुइ करोड लागत स्टीमेटमा तत्काल शहरका २२ ठाउंमा ८८ वटा सीसीटीभी राखिने योजना तयार भएको हो ।
सीसीटीभी जडान भएपछि यहां अपराध गरी फरार हुन सफल अपराधीको पहिचान हुनुका साथै अपराध घटना हुनै नदिन निकै सहायक भूमिका खेल्ने सीसीटीभीको योजनाकारवरिष्ठ प्रहरी उपरीक्ष्ँक रमेश शेखरबज्राचार्य, सभासद ओमप्रकाश शर्मा, उद्योग वाणिज्य संघका अध्यक्ष गणेश लाठले बताउनुभयो ।
सीसीटीभीको पर््रदर्शन कार्यक्रममा राष्ट्र बैंक बीरगंजका प्रमुख रमेश पोखरेल, वीउमनपाका कार्यकारी अधिकृत विश्वराज डोटेल र प्रहरी उपरीक्ष्ँक योगेश्वर रोमखामीले प्रतिबद्धता जनाएका हुन् ।
ट्राफिक सप्ताह मनाइने
वीरगंज, १७ साउन/ जिल्ला ट्राफिक कार्यालय, पर्साले ट्राफिक सप्ताह मनाउने पर्ूव सन्ध्यामा ट्राफिक व्यवस्थापन तथा चेतनामूलक कार्यक्रम आयोजना गरी ब्रि्रदो ट्राफिक व्यवस्थालाई सुधार गर्न सुझाव संकलन गर्ने जनाएको छ ।
आज ट्राफिक इन्चार्ज कमल थापाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै पार्किङ क्षेत्र, यात्रु प्रतीक्षालय, सडक अतिक्रमण, ट्राफिक नियम उल्लघंन आदि जस्ता समस्याबारेमा अवगत गराउनुभएको थियो । वीरगंज उपमहानगरपालिका कार्यकारी अधिकृत विश्वराज डोटेलले योजनाबद्धरुपमा अगाडि बढ्न पहल चालिनु पर्ने सुझाव दिनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रमेश शेखर बज्राचार्यले दर्ीघकालीन योजना अभाव र बढ्दो शहरीकरण तथा औद्योगिकीकरणले सडक सांघुरो हुंदै ट्राफिक समस्या जटिल बन्दै गएको बताउनुभयो ।
पर्सर्ाा शहरी उपरीक्षक एवं कार्यक्रमका अध्यक्ष योगेश्वर रोमखामीले नियम उल्लघंन गर्नेलाई छुट गर्नुले ट्राफिक व्यवस्था भताभुंग भएको बताउनुभएको थियो ।
अन्तरक्रियामा राजनीतिक दलका प्रमुख, विभिन्न पेशागत संघसंगठनका प्रमुख, टेम्पो व्यवसायी, संचारकर्मी आदिले भद्रगोल अवस्थामा रहेको ट्राफिक सेवालाई अझ सुन्दर पार्नका लागि सबैको सकारात्मक सहयोग रहनुपर्ने र चरणबद्ध रुपमा सुधार कार्यक्रम अगाडि ल्याउनुपर्ने तर्क दिएका थिए । सो कार्यक्रममा अरुण श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेको थियो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment