वीरगंज, १७ साउन/ सीमावर्ती क्षेत्रमा खटिएका भारतीय सुरक्ष्ँाकर्मीले पर्सावासीलाई नाना किमिसले दुख दिन सुरु गरेको स्थानीयबासीको आरोप छ ।
भारत, विहार राज्य पश्चिमी चम्पारण जिल्लासंग सीमा जोडिएको पर्सा जिल्लाको जानकीटोला, भिस्वाका स्थानीयबासीहरु भारतमा दैनिक उपभोग्य वस्तु खरिद गर्न जांदा सीमा क्षेत्रमा खटिएका प्रहरीले भोट माओवादीलाई दिने, सामान खरिद गर्न यहां आउने भन्दै खरिद गरेको सामान लुटने र पिटेर भगाउने गरेको एक व्यक्तिले बताए । चोरी पैठारी भइ आउने सामानमा भारतीय सीमा सुरक्षा बलले रोक लगाइ, सामान ल्याएको फेला परेमा सो सामान आफनो कब्जामा लिई मरणासन्न हुनेगरी नेपाली तस्करहरुलाई पिटेर पठाउदै आएको छ ।
हिजोआज वीरगंज वरपरको क्षेत्रमा नेपाल-भारत सीमा पिल्लर गायब भयो भनि भारतीय प्रहरीले डोरी लगाएर सीमा क्षेत्रमा जमिन नाप्न सुरु गरेको छ । पर्साको ठोरीदेखि बाराको बलिरामपुरसम्मको सीमा क्षेत्रमा भारतले यतिखेर कडा निगरानी गर्न सिआरपी, वीएसएफ खटाएको छ । भारतका इन्स्पेक्टर रंजित सिंहले वीरगंज-२ छपकैया बजारमा सिमा विवाद रहेको कुरा उठाइरहेका छन् । प्रहरी चौकी छपकैयाका इन्चार्जले पनि सिर्सिया नदी दशगजा सीमा भनिए पनि सिर्सिया नदी पारी नेपाली भूभाग र सिर्सिया नदी वारी भारतीय भूभाग रहेको र पारी भारतीय नागरिकले वारी नेपाली नागरिकले भूभागमा आवाद गरिरहेको बताएका छन् । स्पष्ट सिमाकंन भएको छैन । सीमा स्तम्भ छैन । पुराना नक्सा पनि उपलब्ध छैन । गृहमन्त्रालयबाट हिजोआज सीमा निरीक्षण गर्ने आदेश पनि नआएको छपकैया प्रहरी चौकीका इन्चार्जले बताएका छन् ।
के गर्दैछन् तस्करी नियन्त्रण टोली -
वीरगंज, १७ साउन/ राजस्व अनुसन्धान विभाग, काठमाडौंबाट तस्करी नियन्त्रण गर्न खटाइएको टोली वीरगंज आएको समाचारसंगै तस्करी लाइन संचालन भएको भरपर्दो स्रोतले जनाएको छ ।
विगत लामो समयदेखि अनवरतरुपमा खुलेयाम भइरहेको पर्सा, बारा, रौतहट नाकाको तस्करी पुनः मासिक दस्तुरी नविकरण गरी संचालन गर्न छुट दिएको बताइन्छ ।
यसरी ह“ुदै आइरहेको तस्करीलाई नियन्त्रण गर्नुपर्ने उद्देश्य अनुरुप हालै पठाइएको राजस्वको विशेष टोलीले आउ“दा-आउ“दै बारा मटिअर्वा नाकाबाट खादको तस्करी गर्ने तस्करहरु र पर्सर्ााे वीरगंज नाकाबाट विभिन्न सामानको तस्करी गर्ने तस्करहरुसंग भेटवार्ता आरम्भ राखेको स्रोतले जनाएको छ ।
जनचेतना अभिवृद्धि
वीरगंज, १७ साउन/ महिला र्सवा·ण्िा विकास तथा सशक्तिकरण समाज वीरगंज-१६ ले बारा जिल्लाको अमलेखगंजमा एक बृहत महिला भेला गर्राई २५/२५ जनाको १२ वटा महिला समूह गठन गरेको छ ।
बिहीवार सो सामाजिक संस्थाले प्रत्येक समूहका प्रत्येक महिलाहरुबाट घटीमा २५ रुपियां र बढीमा ५०० रुपियांसम्म बचत गर्राई सो बचत रकममा संस्थाको तर्फबाट चार गुना थपेर समूहको निर्ण्र्ाानुसार समूहकै महिलाहरुमा क्षमता अभिवृद्धिका लागि लगानी गर्दै आएको सो संस्थाका अध्यक्ष मालिक बाबु गिरीले बताउनुभएको छ ।
अमलेखगंजमा जनचेतना अभिवृद्धिका लागि भएको महिला भेलाको सभापतित्व सो संस्थाकी महासचिव प्रमिला काप\mलेले गर्नुभएको र सहभागी महिलाहरुलाई विकास समाजकी उपाध्यक्ष नीता ठाकुर लोहार र बारा संयोजक कामेश्वर महतोले संस्थाको उद्देश्यमाथि प्रकाश पार्नु हुंदै समूह गठनका लागि सहभागी महिलाहरुलाई प्रशिक्ष्ँण दिनुभएको थियो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment