जिल्ला शिक्षा कार्यालय, बारामा भ्रष्टाचार

Posted on
  • Jul 27, 2008
  • by
  • mukesh
  • in
  • कलैया, १२ साउन/ जिल्ला शिक्ष्ँा कार्यालय, बारामा व्यापक भ्रष्टाचार भएकोमा शिक्ष्ँकहरुले हल्लीखल्ली मच्चाएका छन् ।
    जिशिका, बाराका जिल्ला शिक्ष्ँा अधिकारी विसुनदेव साह तेली, शाखा अधिकृत हिरा साह तेली र प्रा.स. बृजकिशोर साहले बालिका शिक्ष्ँाका लागि युनिसेफबाट आएको अनुदान रकम र अनौपचारिक शिक्ष्ँाका लागि आर्थिक वर्ष२०६४/६५ का लागि छुटयाइएको बजेटमा ब्रह्मलुट मच्चाएको शिक्ष्ँक स्रोतबाट जानकारी हुन आएको छ ।
    अनौपचारिक शिक्ष्ँा निरीक्षक भक्ता लागि छुटयाएको १० लाख रुपियामा भ्रष्टाचार भएको छ । राहत दरबन्दी बांडिएको छैन । दलालहरु परिचालन गरी जिशिअ साहले राहत दरबन्दीको एक शिक्ष्ँकसंग ५० हजार असूल गर्ने योजना बनाइरहेका छन्।
    बालिका शिक्षा कार्यक्रमका लागि युनिसेफबाट प्राप्त रकमबाट संचालित तालिम कार्यक्रमका सहभागी सहयोगी कार्यकर्ता ७० जनालाई पाउनुपर्ने भन्दा कम रकम दिइ दुइ लाख भ्रष्टाचार गरेको समाचार स्रोतको दाबी छ ।
    जिल्ला शिक्षा कार्यालय, बारा पर्ूण्ारुपमा भ्रष्टाचार र घुसखोरीको अखडा हुंदासमेत शिक्ष्ँकहरुको हकहित संरक्षणका लागि खडा भएका शिक्ष्ँक संघ, संगठन र युनियनले कुनै विरोध नगरी भ्रष्टाचार भएको रकम बाडफाड भएकाले चुप लागेर बसेको इमान्दार शिक्ष्ँकहरुले बताएका छन् ।

    बढी रक्तदान गर्नेलाई सम्मान

    वीरगंज, १२ साउन/ नेपाल रेडक्रस सोसाइटी, पर्सर्ाा रक्तसंचार दिवस २०६५ को उपलक्ष्यमा रक्तदान गर्ने संघसंस्था तथा व्यक्तिलाई सम्मान गरेको छ ।
    आज रेडक्रस, पर्सर्ाारा वीरगंज उद्योग वाणिज्य संघको हलमा आयोजित सम्मान समारोहमा विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मान पत्र र बढीपटक रक्तदान गर्नेहरुलाई दोसल्ला ओर्ढाई सम्मान गरिएको हो ।
    रक्तसंचार दिवसको उपलक्ष्यमा ५० पटक भन्दा बढी रक्तदान गर्नेहरु हरि पराजुली, चोकट सिंह र योगेश खनाललाई मायाको चिनो सहित दोसल्ला ओर्ढाई प्रमुख अतिथि समाजसेवी चिरन्जिवीलाल सरावगीले सम्मान गर्नुभएको थियो ।
    सम्मान हुने व्यक्तिहरुमा शत्रुघन नेपाल -३६ पटक), किशोरेन्द्र श्रेष्ठ -३५ पटक), मधुप शर्मा -३३ पटक), अमित श्रेष्ठ -२८ पटक) ज्योति विक्रम शाह -२८ पटक) संस्थाहरुमा रेडियो वीरगंज, नेपाली कांग्रेस पर्सर्ाातरुण दल पर्सर्ााप्ररायु संघ -बारा, वीरगंज जेसीज, सिमरा कलेज, हरी खेतान, क्याम्पस, अनेरास्ववियू, पर्सर्ाानि सम्मानपत्र प्रदान गरिएको थियो ।
    रेडक्रस, पर्सर्ाा सभापति श्याम पोखरेलले सभापतित्व गर्नुभएको सो समारोहमा डा. श्यामसुन्दर दास, मधु राणा, नेपाल पत्रकार महासंघ पर्सर्ाााखाका सभापति शत्रुघन नेपाल, वीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विश्वराज डोटल, जिल्ला प्रशासन कार्यालय, पर्सर्ाा प्रशासकीय अधिकृत मोहन पौडेल, नागरिक समाजका अध्यक्ष प्रेमनाथ शर्मा बढी रक्तदान गर्ने चोकट सिंह र हरी पराजुलीले रक्तदानका बारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।
    यसैगरी स्व. महामानव वीपी कोइरालाको २६ औं स्मृति दिवसको उपलक्ष्यमा आज नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस इकाइ कमिटीले रक्तदान कार्यक्रमको आयोजना गर्‍यो ।
    नेपाल विद्यार्थी संघ पर्सर्ाा अध्यक्ष नविन सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रमका ३० जनाले रक्तदान गरेका थिए ।

    छात्रछात्रा पुरस्कृत
    वीरगंज, १२ साउन/ नेपाली कांग्रेस पार्टर्ीी स्वर्गीय नेता वीपी कोइरालाको २६ औं स्मृति दिवसको उपलक्ष्यमा स्वतन्त्र विद्यार्थी युनियन ठाकुरराम बहुमुखी क्याम्पसद्वारा पर्सर्ााजल्लाबाट एसएलसी परीक्षाका सर्वोत्कृष्ट अंक ल्याउने छात्रछात्रा पुरस्कृत भएका छन् ।
    आज संघीय लोकतान्त्रिक गणतन्त्रमा विद्यार्थीहरुको भूमिका विषयक कार्यक्रममा प्रमुख अतिथि नेविसंघका अध्यक्ष प्रदीप पौडेल, नेविसंघका पर्ूव उपाध्यक्ष एवं संविधानसभासद ओमप्रकाश शर्मा, नेपाली कांग्रेसका सचिव बाबुलाल कुम्हालले मन्तव्य राख्नुभएको थियो । ठाकुरराम बहुमुखी क्याम्पस स्व.वियु सभापति बैकुण्ठ श्रीवास्तवले सभापतित्व गर्नुभएको सो गोष्ठीमा स्वागत मन्तव्य राजाबाबु साह र उदघोषण मुकेश द्विवेदीले गर्नुभएको थियो ।

    0 comments: