रिपोर्टस क्लबको भर्त्सना

Posted on
  • Jul 27, 2008
  • by
  • mukesh
  • in
  • काठमाडौं, १२ साउन/ नेपाल पत्रकार महासंघका पर्ूव सभापति एवं राष्ट्रिय समाचार समितिका अध्यक्ष तारानाथ दाहाल र पत्रकार चन्द्रशेखर झामाथि भएको आक्रमणको रिपोर्र्टर्स क्लब नेपाल घोर भर्त्सना एवं निन्दा गर्दछ । नेपाल पत्रकार महासंघको कार्यक्रमका लागि रौतहटतर्फजान लाग्दा उत्शृंखल समूहले बारामा आक्रमण गरी गाडी तोडफोड गरी घाइते बनाउनु प्रेसमाथिको ठाडो आक्रमण हो भन्ने क्लबको ठहर छ । क्लब दोषीमाथि कडाभन्दा कडा कारबाही गरी पत्रकारको सुरक्षाको माग गर्दछ ।
    यसैगरी समाचार संकलनका क्रममा एभेन्यूज टेलिभिजनका पत्रकारहरु जनक गौतम र निरञ्जुल कायस्थमाथि आक्रमण भएको घटनाको पनि रिपोर्र्टर्स क्लब नेपाल घोर भर्त्सना एवं निन्दा गर्दछ । जनतालाई सुसूचित गराउन सक्रिय पत्रकारमाथि आन्दोलनका नाममा छिरेका अवाञ्चित तत्वले आक्रमण गर्नुले हामीलाई गम्भीर बनाएको छ । क्लब घटनाको दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दछ ।
    यसैगरी कान्तिपुर पब्लिकेशनको गाडी र्सलाहीमा तोडफोड गरिएको छ । पत्रिका बोकेको गाडीमाथिको तोडफोडको घो भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गर्दछ ।
    पत्रकारमाथि एकपछि अर्को गरी भइरहेको आक्रमणलाई निस्तेज पार्न ठोस कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औल्याउदै सरकारसँग शान्तिसुरक्षा सुनिश्चित हुने वातावरण निर्माण गर्न जोडदार माग गर्दछ । पत्रकारमाथि आक्रमण जारी रहे आम पत्रकार एकजुट भई कडा संर्घष्ामा उत्रने चेतावनी दिदै प्रेस स्वतन्त्रताको पक्षमा सशक्त रुपमा अगाडि बढ्न आम जनसमुदायलाई आव्हान गर्दछ ।

    0 comments: