वीरगंज, १२ साउन/ उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा सपथ लिएर नेपाली भाषा र आफ्नो मातृभाषाको अवमूल्यन गरेको भन्दै नेकपा माओवादीका कार्यकर्ताले वीरगंज-गण्डक सडकखण्ड एक घण्टा अवरुद्ध पारेका थिए ।
हिन्दी भाषालाई राष्ट्रिय भाषासरह मान्यता दिनुपर्ने जनाउँदै सपथ लिनुभएका उपराष्ट्रपतिले र्सार्वजनिक माफि माग्नर्ुपर्ने, हिन्दी भाषालाई प्राथमिकता दिँदै राष्ट्रिय भाषा बनाउन खोज्ने उपराष्ट्रपतिले राजिनामा दिनुपर्ने लगायत माग उनीहरुले राखेका छन् ।
यता वीरगगन्ज पथलैया सडक खण्डको सीमरामा विद्यार्थीहरुले बिहान आठ बजेदेखि एक घण्टा चक्काजाम गरेका छन् ।
यस्तै सपथको विरोधमा राजमार्गमा चक्काजाम गरेका विद्यार्थीहरुको समूहले बिहान निजगढमा ना १ च ६८७४ नम्बरको टाटा सुमोको गाडीको शिशा तोडफोड गरेका छन् ।
वीरगन्जबाट गौर्रतर्फ जाँदै गर्नुभएका राष्ट्रिय समाचार समितिका अध्यक्ष तारानाथ दाहाल चढ्नुभएको गाडी विद्यार्थीले तोडफोड गरेका हुन् । तोडफोडबाट दाहाल र पत्रकार चन्द्रकिशोर झा समान्य घाइते हुनुभएको छ । उहाँहरु र्घाईते भए पछि गौरमा आज हुने भनिएको कार्यक्रम समेत स्थगित भएको छ ।
यसैगरी बारा जिल्लाको निजगढमा उच्छृखंल एक समुहले राससका अध्यक्ष तारानाथ दाहाल पत्रकार चन्द्रकिशोर झा सहितको टोलीलाई कुटपीट गरि घाइते बनाएको घटना प्रति नेपाल पत्रकार महासंघ पर्सर्ााे ध्यानाकर्षा भएको छ ।
रौतहटको गौरमा आयोजना गरिएको सूचनाको हक सम्बन्धी दर्ुइ दिने तालिममा सहभागि हुन त्यस तर्फजाने क्रममा राष्ट्रीय समाचार समितिका अध्यक्ष तारानाथ दाहाल एवं नेपाल पत्रकार महासंघ पर्सर्ाााखाका सदस्य चन्द्रकिशोर झा सहितलाई बारा जिल्लाको निजगढमा कुटपीट गरि घाइते बनाइएको त्यस घटनाको नेपाल पत्रकार महासंघ पर्सर्ााोर भर्त्सना गर्दछ । आन्दोलनका नाममा बढ्दै गएको गुण्डागर्दीलाई नियन्त्रण गर्न सरकार असफल भएको छ । लोकतान्त्रिक गणतन्त्रको संस्थागत बिकासको अभियानमा निरन्तर रुपमा लागि रहेका संचाकर्मीहरु माथिको आक्रमण दिनप्रतिदिन बढ्दै गएको छ ।सूचनाको हक स्थापित गर्न अभियान संचालन गर्दै हिडेका पत्रकारहरुमाथिको आक्रमण आफैमा षडयन्त्रपर्ूण्ा छ भन्ने हामीलाई लागेको छ । र यो आक्रमण फेरीपनि प्रेस स्वतन्त्रतामाथिको आक्रमण नै हो । लोकतानित्रक गणतन्त्रमा पनि प्रेस असुरक्षीत हुनु दुःखपर्ूण्ा छ । हामी पत्रकारहरुमाथि आक्रमण गर्ने दोषीलाई पक्राउ गरि कारवाही चलाउन र प्रेस स्वतन्त्रताको सम्मान गर्न सबैसंग हार्दिक अनुरोध गरिएको नेपाल पत्रकार महासंघ पर्सर्ाा सचिव केसी लामिछानेले गर्नुभएको छ ।
नेपाली जनताको आकांक्षा विफल पार्ने प्रयास
वीरगंज, १२ साउन/नेकपा माओवादीका भोजपुरा उपराज्य सेक्रेटरी एवम् सभासद प्रभू साहले प्रतिक्रियावादी र विदेशीहरुले नेपाली जनताका आकांक्षा विफल तुल्याउने दुष्प्रयास गरिरहेको बताउनुभएको छ ।
आज बिहान नेकपा माओवादी पर्सर्ाारा आयोजित पत्रकार सम्मेलनमा सभासद साहले फोरम, एमाले र काँग्रेस बिचको तीनदलिय गठबन्धन अपवित्र भएकाले त्यो चाँडै नै टुट्ने दाबी गर्दै संघीयतावादी र संघीयता विरोधी बिचको गठबन्धनले नेपाली जनताको आकांक्षा पुरा गर्न नसक्ने बताउनु भयो ।
उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा शपथ लिएको सर्न्दर्भमा सभासद साहले आफनो मातृ भाषा मैथली हुदाँ हुदै पनि उपराष्ट्रपति झाले हिन्दी भाषामा शपथ लिनु दुःखद भएको प्रतिक्रिया दिनु भयो ।
दर्ुघटनामा ६ घाइते
वीरगंज, १२ साउन/ पर्ूव पश्चिम राजमार्ग अर्न्तर्गत पथलैया हेटौडा सडकखण्डको आधाभारमा एक यात्रुबाहक बस दर्ुघटना हु“दा ६ जना घाइते भएका छन ।
आज बिहान इलामबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना २ ख ६२५ नम्बरको दार्जिलिङ एक्सप्रेश बसको अगाडिको टायर पडि्कएर दर्ुघटनामा परेको हो ।
घाइते मध्ये १ जनाको अवस्था गम्भिर छ । नाम ठेगाना खुल्न नसकेका गम्भिर घाइतेलाइ उपचारका लागि हेटौडा ल्याईएको मध्य क्षेत्रिय ट्राफिक कार्यालय पथलैयाले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment