साउने संक्रान्ति मनाइदै

Posted on
  • Jul 16, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १ साउन/ आज साउन १ गतेे संक्रान्ती अर्थात कर्कट संक्रान्ती पर्व वीरगंजलगायत मुलुकभरी नै मनाइदैछ ।
    कृषि प्रधान देश नेपालमा असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली आफ्ना इष्टमित्रका साथ रमाइलो गरी भोज खाने प्रचलन छ ।
    असारे हिलोबाट आउनसक्ने रोगबाट जोगीन लुतो फाल्ने उद्देश्यले यो चाड मनाइदै आएको धार्मिक विश्वास रही आएको छ।
    आज दिन विभिन्न फलफूल चढाएर कण्डारक नामक राक्ष्ँासको पूजा गर्नाले दाद लुतो खटिरा जस्ता छालाका रोगबाट बच्न सकिने विश्वासका साथ कुकुरडाइनो काग भलायो कुरीलो पानीसरो पुरेनी गलेनी जस्ता औषधिका रुपमा प्रयोग हुने बनस्पतीको आगो बालेर आ आफना घर अँगनबाट चारै दिसामा अगुल्टो द्वारा लुतो फल्ने गरीन्छ ।
    आज खेतबारीमा पसेरोग लाग्छ भन्ने मान्यता अनुरुप खेतबारीको काम नगर्ने चलन रहेको छ ।
    आफन्त तथा इष्टमित्रहरु जम्मा भएर खुशीयालीका साथ यो पर्व मनाउने गरिन्छ । सूर्य दक्षिणयनतिर संक्रमण भइ कर्कट रेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भन्ने गरिन्छ ।
    आज कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलपुल चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालामा लाग्ने रोगको प्रकोपबाट बच्न सकिने विश्वास छ । आजका दिन बिशेष गरी खीर खाने प्रचलन रही आएको पाइन्छ ।

    दुइ पक्षबीच झडप

    वीरगंज, १ साउन/ दुइ पक्षबीच झगडा भइरहेको अवस्थामा प्रहरीलाई खबर गरी पक्राउ गर्न लगाएको भन्दै फोरमका कार्यकर्ताले कृपा दैनिकका प्रबन्ध निर्देशक एवं सम्पादक कमलकुमार उपाध्यायमाथि हातपात गर्नुको साथै कार्यालय तोडफोड गरेका छन् ।
    आज मधेशी जन अधिकार फोरमका कार्यकर्ता विन्देश्वर यादवको नेतृत्वमा गएको एक समूहले वीरगंज-१६ स्थित कृपा दैनिकका सम्पादक एवं निर्देशक कमलकुमार उपाध्यायको घरमा तोडफोड गरी हातपात गरेका हुन ।
    वडा प्रहरी कार्यालय, श्रीपुरका इन्स्पेक्टर रामेश्वर यादव घटनास्थलमा पुगेपछि आपसी तनाव शान्त भएको थियो ।

    0 comments: