मजदुरको मृत्यु

Posted on
  • Jul 23, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ८ साउन/ बारा, सिमरास्थित जगदम्बा स्टिल प्रालिमा काम गर्दागर्दै घाइते एक मजदुरको मृत्यु भएको छ ।
    आज बिहान घाइते मजदुरको थप उपचारको लागि भारतको पटना लैजादै गर्दा हाजीपुरमा मृत्यु भएको हो ।
    गत साउन ६ गते राति ८ बजे सो कारखानामा वायर रड बनाउदै गर्दा शरीरमा तातो रड बेरी घाइते भएका बारा, बन्जरिया वडा नं.९ का लालबाबु महतोको वीरगंजमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौं लगिएको थियो ।
    काठमाडौंमा कुनै पनि अस्पतालले उनको उपचार गर्न नमानेपछि महतोलाई काठमाडौंबाट फर्काइ भारतको पटना लैजा“दै गर्दा हाजीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि नारायणी उपक्ष्ँेत्रीय अस्पताल वीरगंजमा राखिएको छ ।

    0 comments: