बाटो खर्च नबोकी विश्व भ्रमणमा रसियन पत्रकार

Posted on
  • Jul 23, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ८ साउन/ विश्वको जुन देशको जुन भूभागमा पुग्यो, त्यहीको जनतासंग बाटो खर्च जुटाएर हिंड्ने एकजना रसियन पत्रकार हिजो भारत रक्सौल हुदै वीरगंजमा प्रवेश गरेका छन् । वीरगंजस्थित अध्यागमन कार्यालयका कर्मचारीहरुको पाहुना बनेर हिजोको रात बिताई आज विहान स्वतन्त्र पत्रकार -प्रिmलान्स) र्सजरी हिटचिकाचेभ आफनो गन्तव्यतर्फलागेका छन् ।
    एक श्रीमती, एक छोरा भएका ३३ वषर्ीय रसियन पत्रकार चिकाचेभ ४ वर्षअघिबाट विश्व भ्रमण सुरु गरेका हुन् । विश्वको विभिन्न देशको आधुनिक जीवन, संस्कृति, परम्परा एवं इतिहासको अध्ययन गर्ने, अत्यन्त कठिन परिस्थितिमा मानवीय संर्घष्ाको अनुभव गर्नु यात्राको मुख्य उद्देश्य राखेका चिकाचेभ प्रिm राइडरका रुपमा चीन, नेपाल, मंगोलिया, अस्टे्रलिया, टिमोर, बु्रनाई, अफगानिस्तान, इराक, भारत आदि देश अरुले गरेको सहयोगबाट हवाईजहाज, रेल, पैदलद्वारा भ्रमण गरिसक्नुभएको छ ।
    चिकाचेभको लेखहरु ँआर्गुमेण्ट एण्ड फयाक्टसँ नामक सोभियत साप्ताहिक पत्रिकामा प्रकाशित हुने गरेका सो पत्रिकाको वितरण ६२ राष्ट्रमा हुने गरेको छ । निजले लेखेको विभिन्न राष्ट्रको संस्कृति, परम्परा, इतिहास र लाइफ स्टाइलसम्बन्धी लेखहरु विभिन्न राष्ट्रबाट निस्कने, विभिन्न भाषाका पत्रपत्रिकामा प्रकाशित भएका छन् । कुनै पनि कुरा विश्वका असंभव छैन भन्ने नाराका साथ विश्व भ्रमणमा हिंडेका चिकाचेभले राष्ट्रिय दैनिकका संवाददातासंगको एक भेटमा नेपालका जनताहरु निकै राम्रा र सहयोगी भएको मैले पाएको छु भन्नुभएको छ ।
    बिडी क्षण क्षणमा पिउने चिकाचेभले कहिलेकाही हल्का रक्सी पनि पिउने बताउनुभएको छ । एउटा ब्यागमा भ्रमणका लागि आवश्यक पर्ने सामग्री रखेर हिंडेका चिकाचेभले आफनो भ्रमण खर्च सवै अरुको सहयोगमा जुटेको बताउनुभएको छ । चिकाचेभको भ्रमणसम्बन्धी समाचार उहां पुग्नुभएको सवै देशको सवै स्थानको पत्रपत्रिकामा प्रकाशित भएका छन् ।
    १८ दिनसम्म बु्रनाइको जंगलमा मच्छरलाई टोकाएर बिताएको अनुभव सुनाउने चिकाचेभले यात्रामा आइपर्ने सवै कठिनाईलाई आफूले सहजरुपमा सामना गर्दै आएको बताउनुभएको छ । बीबीए पास गरी मार्केटिङको काम गर्दागर्दै प्रिmलान्सरका रुपमा विश्व भ्रमणमा हिंडेका पत्रकार चिकाचेभ निकै उत्साही देखिनु हुन्छ ।

    मेंहदी तालिम

    वीरगंज, ८ साउन/ एक महिने मेंहदी तालिम आज कुम्हाल टोलमा सम्पन्न भएको छ । छहारी नेपाल सामाजिक संस्थाको आयोजनामा सम्पन्न सो कार्यक्रम संस्थाका अध्यक्ष इन्द्रभण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।
    कार्यक्रममा प्रमुख अतिथि पत्रकार पवन तिवारी रहनुभएको थियो भने तालिममा सहभागी ५० जनालाई सुश्रीका थापा, रितु वर्ण्र्ााल र सुनील कर्ण्र्ाा प्रशिक्ष्ँण दिनुभएको थियो ।

    0 comments: