वीरगंज, १५ साउन/पर्सा जिल्लाको सदरमुकाम वीरगंजमा रहेका सरकारी अस्पताल, निजी क्षेत्रका नेशनल मेडिकल कलेज, नर्सिङ होम र क्लिनिकमा एक्कासी विरामीहरुको चांप बढेको छ ।
पर्सा र बारामा वषर्ातका कारण विभिन्न रोगले घरघरमा ज्वरोको महामारी नै फैलिएको छ । नारायणी उपक्ष्ँेत्रीय अस्पताल, वीरगंजको मेडिकल वार्डको ३५ वटै बेडका साथै ग्रामीण क्षेत्रका ५० जना भन्दा बढी विरामी मेडिकल वार्डको भर्ुइ र बरण्डामा औषधि उपचारका लागि लडीरहेका छन् ।
रुल आउट मलेरिया, भाइरल इन्फेक्सन, इन्सेफलाइटिस, दमखोकी आदि रोगका विरामी बढी रहेको पाइएको छ । नारायणी उपक्षेत्रीय अस्पतालमा डाक्टरको दरबन्दी ४३ जनाको भए तापनि १८ जना मात्र कार्यरत छन् । कार्यरत १८ जना डाक्टर पनि अस्पतालमा भन्दा नर्सिङ होम र आफनो क्लिनिकमा बढी व्यस्त रहने हुनाले विरामीको औषधि उपचार, जा“च र रेखदेखमा ठूलो लापरवाही भएको छ ।
डाक्टर र नर्सहरुले सेवाभावले भन्दा करबलले औपचारिकता निर्वाह मात्र गर्ने किसिमले काम गरिरहेकाले विरामीहरुको स्वास्थ्यमाथि खेलवाड भइरहेको छ । विरामीको रोगको उपचारलाई भन्दा आफनो कमिसनलाई ध्यानमा राखेर डाक्टरहरुले रोगसंग सरोकार नराख्ने, थोरै औषधिको ठाउमा धेरै औषधि खरिद गर्न लगाएको विरामीको गुनासो छ ।
हिजोआज प्रत्येक घरमा ससाना बालबालिकादेखि बुढाबुढी टाउको दुख्ने, खोकी लाग्ने, रिंगटा लाग्ने, खुट्टा पोल्ने, १०३-१०४ ड्रि्रीसम्म ज्वरो बढ्ने रोगले ग्रसित छन् । औषधि व्यवसायीहरु औषधि बढी बिक्री हुने र बढी मुनाफा कमाउने वषर्ातको सिजनबाट खुशी छन् । विरामीको चांप बढ्नाले निजी क्लिनिक, डाक्टरहरु हषिर्त छन् । वीरगंजमा राम्रो औषधि उपचार हंुदैन भन्दै भारतको रक्सौल डंकन अस्पतालमा विरामीहरु जाने गर्दछन् ।
नेपाली सवारी साधनलाई भारत, रक्सौलमा तेल भर्न नदिने
वीरगंज, १५ साउन/ विगत केही महिनायता देखि नेपालमा नेपाल आयल निगमले बजारको माग अनुरुपको इन्धन -डिजेल, पेट्रोल) आपर्ूर्ति गर्न नसकेपछि नेपालका सीमावर्ती क्ष्ँेत्रका सवारी साधनहरुले भारतीय सीमावर्ती क्षेत्रमा प्रवेश गरी पम्पहरुबाट डिजेल र पेट्रोल भरेर समस्या समाधान गर्ने गरेकामा आजदेखि भारत, रक्सौलस्थित पेट्रोल पम्पले नेपाली सवारी साधनलाई तेल भर्न दिइएको छैन ।
भारतीय सीमावर्ती क्षेत्रबाट व्यापकरुपमा नेपालमा इन्धनको चोरी पैठारी भइरहेको छ । पछिल्लो पटक नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेपछि नेपाली बजारमा भन्दा भारतीय बजारमा इन्धनको मूल्य केही सस्तो भएको छ ।
इण्डियन आयल निगमलाई बांकी बक्यौता रकम समयमा बुझाउन नसकेको कारण नेपालको कूल खपतको २५ प्रतिशत इन्धन मात्र आपर्ूर्ति गरिरहेकोले इन्धनको ठूलो संकट परिरहेको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment