वीरगंज, १४ साउन/ वीरगंज नगरको सवै पेट्रोलपम्प बन्द भए पछि शहरको मुख्य सडकमा पेट्रोलियम पदार्थको खुद्रा व्यापार भइरहेको छ ।
नेपाल आयल निगमले स्थानीय पेट्रोलपम्पमा पेट्रोलियम पदार्थ वितरण नगरेपछि यहा“का स्थानीय खुद्रा व्यापारीले भारत, रक्सौलबाट पेट्रोल खरिद गरी वीरगंजको मुख्य सडकमा १ र २ लि.को मिनरल वाटरको बोतलमा भरी बिक्री वितरण गरिरहेका छन् । उनीहरूले प्रतिलिटर १२० देखि १३० रूपियांसम्ममा बिक्री गरिरहेका छन् । त्यस्तै वीरगंजको नयां बसपार्कस्थित दर्जनौंको संख्यामा खुलेका खुद्रा व्यापारीले भारतबाट तस्करी गरी ल्याएको डिजेल प्रतिलिटर ८० देखि ९० रूपियांसम्म बस, ट्रकधनीलाई बिक्री वितरण गर्ने गरेका छन् भने बस, ट्रकका चालकहरूले यहांबाट १ सयदेखि ५ सय लिटर डिजेल खरिद गरी नारायणघाट, हेटौडा, काठमाडौंलगायतका स्थानमा ९० देखि १०० रूपियांसम्म चर्को मूल्यमा बिक्री गरिरहेको कुरा एक चालकले बताएका छन् ।
खुद्रा व्यापारीहरूले भारतको रक्सौलबाट प्रतिलिटर ८६ रूपियां नेरूमा खरिद गरी ल्याइरहेका छन् । कतिपय मोटरसाइकल ग्यारेजका संचालकहरूले भारत, रक्सौलको पेट्रोलपम्पबाट खरिद गरी वीरगंजको खुद्रा व्यापारीलाई ११० रूपियांमा बिक्री गरिरहेका छन् ।
दिनभरी पेट्रोल नभएर बन्द भएको वीरगंजका केही पेट्रोलपम्पले रातीको समयमा लुकाएर खुद्रा व्यापारीहरूलाई १०५ देखि ११० सम्ममा पेट्रोल बिक्री गर्ने गरेको स्रोतले जनाएको छ ।
वीरगंजका स्थानीय र भारतीय तस्करहरू यतिखेर साइकलमा ठूला ठूला ग्यालेन झुन्डयाएर भारतको रक्सौलबाट पेट्रोलियम पदार्थ तस्करी गरीरहेका छन् । यसैबीच भारतीय सुरक्ष्ँाकर्मीले केही दिन अगाडि भारत, रक्सौलस्थित तस्करी गर्न राखिएको पेट्रोलियम पदार्थ, खाद्यान्न सामग्रीहरूलाई छापा मारी बरामद गरेको थियो । यसरी वीरगंजमा पेट्रोलियम पदार्थको हाहाकार भएकोमा पेट्रोलियम पदार्थ कालाबजारीहरू सक्रिय भएका छन् ।
आज पनि वीरगंज बन्द
वीरगंज, १४ साउन/ मधेशी जन अधिकार फोरमले आह्वान गरेको बन्दका कारण वीरगंज ठप्प भएको छ ।
बन्दको अवज्ञा गरेको भन्दै फोरमका कार्यकर्ताले गण्डकमा १ जीप, २ ट्रक र ५ मोटरसाइकलमाथि ढुंगामुढा गरेका छन् ।
समाचार नछापेको भन्दै कान्तिपुर दैनिक, अन्नपूर्ण्ाा पोष्ट दैनिक, समाचार पत्र, र गोर्खापत्र दैनिकलाई जलाएका छन् साथै नेपाल पत्रकार संघ, पर्सर्ााे कार्यालय अगाडि फोरमका कार्यकर्ताले विरोध पर््रदर्शन गर्दै समाचार नछापेमा राष्ट्रिय पत्रिका बहिष्कार गर्ने चेतावनीसहित एक विज्ञप्ति जारी गरेका छन् ।
आज बन्दको दोस्रो दिन वीरगंज नगरका सम्पर्ूण्ा पसलहरू बन्द भएका छन् भने लामो तथा छोटो दुरीका सवारी साधनहरू चल्न सकेनन् । शिक्षण संस्था, कलकारखाना, व्यापारिक, प्रतिष्ठानलगायत बन्द रह्यो । नगरको विभिन्न भागमा टायर बालिएको छ भने रिक्सा, मोटरसाइकल, साइकल, टांगा लगायतको सवारी साधन चलिरहेका छन् ।
दिनेशप्रसाद भगत -चौरसिया)को नेतृत्वमा मोहन साह कानू, रूस्तम अंसारी, हरि साह तेली, श्रीराम कलवार, चन्द्रीकाप्रसाद धानुक, संजय मेहता, गौतम सिंहलगायतका फोरमका कार्यकर्ताले आज बिहान वीरगंज, मर्ुर्ली चोक, पावरहाउस चोक, तेजारथ टोलमा टायर बाली सडक अवरूद्ध गरेका थिए ।
नेकपा माओवादीद्वारा फोरमको काठमाडौंस्थित पार्टर्ीीार्यालयमा तोडफोड र राजधानीमा रहेका मधेशी समुदायमाथि दर्ुर्व्यवहार गरेको भन्दै मधेशी जन अधिकार फोरमले विरोध जनाउ“दै बन्दको आह्वान गरेका हुन् ।
पेट्रोलियम पदार्थको हाहाकार भए पनि वीरगंजको खुद्रा पसलमा पेट्रोलियम पदार्थ उपलब्ध
Posted on Jul 29, 2008 by mukesh in
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment