वीरगंज, १३ साउन/ नेकपा माओवादीद्वारा मधेशी युवा फोरम, नेपालको काठमाडौंस्थित पार्टर्ीीार्यालयमा तोडफोड र राजधानीमा रहेका मधेशी समुदायमाथि दर्ुर्व्यवहार गरेको भन्दै मधेशी जन अधिकार फोरमले विरोध जनाउदै निजी तथा संस्थानका गाडी तोडफोड तथा आगजनी गरेका छन् ।
आज दिउंसो वीरगंज, घण्टाघर नजिक ना १ च ९०३१ नम्बरको निजी कारलाई तोडफोड गरेका छन् भने ग १ ञ २९ नंंको संस्थानको कार, ना २ ख ४३ नम्बरको बसमा आगजनी गरेका हुन् । सो आगलागीलाई नियन्त्रणमा लिन वीरगंजबाट गएको वारुणयन्त्रमाथिसमेत तोडफोड गरिएको थियो । फोरमको कुर्टाईबाट बारुण यन्त्र ५ जना कर्मचारी घाइते भएका छन् । घाइते हुनेहरुमा लक्ष्मणबहादुर भुजेल -चालक), तेजबहादुर अधिकारी, शेरबहादुर कार्की, रामकुमार घिसिङ, धनबहादुर थापा रहेका छन् ।
वीरगंजको बाइपास, बसपार्क, प्रतिमाचोक र घण्टाघर, घडीअर्वा, गण्डक, श्रीपुर, आदर्शनगरलगायतको स्थानमा पर््रदर्शनकारीले टायर बालेर सडक अवरुद्ध पारेका छन् ।
यसैबीच फोरमका कार्यकर्ताहरुले मुख्य सडकमा रहेका पसलहरु बन्द गराउन खोज्दा आदर्शनगर, राणीसति अतिथि सदन नजिकै रोडमा प्रहरीले आक्रमण गरी घाइते बनाएका छन् ।
घाइते हुनेहरुमा फोरम १४ नं. एकाइ कमिटीका सक्रिय कार्यकर्ता दिनेशप्रसाद भगत बरइ, फोरम महिला संगठनका केन्द्रीय सचिव मिनु सिंह, रञ्जनमिश्रा, अजय चौरसिया, रंजन रौनियार, सुनीता साह, गोथिली राउत देवी घाइते भएका छन् ।
घाइतेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।
हाल वीरगंजको अवस्था तनावग्रस्त रहेको छ भने नगरमा व्यापक सुरक्ष्ँाकर्मी परिचालन गरिएको छ ।
व्यापारीको घरमा राखिएको बम डिस्पोज
वीरगंज, १३ साउन/ अज्ञात समूहले व्यापारीको घरमा प्रेशर कुकर बम राखेका थिए ।
आज बिहान १० बजे वीरगंज उपमहानगरपालिका-१४ रानीघाटस्थित व्यापारी सुकदेवप्रसाद भगतको घरमा राखेको प्रेशर कुकरभित्र टाइम बम नेपाली सेना, कालीजंग गणको डिस्पोजल टोलीले मध्यान्ह २ः३० बजे डिस्पोज गरेको छ ।
लायन्स क्लबद्वारा विभिन्न कार्यक्रम
वीरगंज, १३ साउन/ लायन्स क्लब ३२५ बी अर्न्तर्गत रिजन ४ को सचिवालयको उद्घाटन कार्यक्रम सम्पन्न भयो ।
आज विहान डिष्ट्रिक गर्भनर लायन यूके झा र मल्टिपल चेयर परसन लायन क्यामुद्दिनले रिवन काटेर उद्घाटन गर्नुभएको हो ।
त्यसैगरी हिजो साझ लायन्स क्लबको संयुक्त पद स्थापना कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लब अफ वीरगंज लायन्स क्लब अफ वीरगंज सेन्ट्रल लायन र लियो क्लब अफ सेन्टल सिटी डिस्टि्रक ३२५ बी नेपालको आयोजनामा होटल मकालुमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि मधेशी जन अधिकार फोरमका मनोनित संविधानसभाका सभासद् लायन श्रवणकुमार रहनुभएको थियो ।
लायन मुकेश सरावगीको सभापतित्वम सम्पन्न उक्त कार्यक्रममा सद्भावना पार्टर्ीी अध्यक्ष निजामुद्दिन समानी, मधेशी जन अधिकार फोरम पर्सर्ाा अध्यक्ष शशिकपुर मिया, तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीी विपीन यादव र अखलेश तिवारी, विर्ता प्रहरीका प्रनि किरणजंग थापा, फेमिन ब्युटी पार्लर तथा टे्रनि· सेन्टरकी ब्युटिसियन तथा मिसेज वीरगंज गुडडी जोशी, मानव शक्तिकरण समाजका अध्यक्ष सन्तोष पटेल,वीरगंज नगरपालिकाका जिन्सी अधिकृत शम्भु गुप्तालगायतको उपस्थिति रहेको थियो ।
सोनल अग्रवालले उद्घोषण गरेको उक्त कार्यक्रममा विशेष अतिथि मल्टिपल चेयरमेन लायन क्यामुद्दिन र डिस्टि्रक गर्भनर लायन यूके झा रहनुभएको थियो भने स्वागत मन्तव्य लायन मुकेश सरावगीले दिनुभएको थियो भने धन्यवाद मन्तव्य लायन क्लब आफ वीरगंजका अध्यक्ष मनोहर टिबडेवालले दिनुभएको थियो । उक्त कार्यक्रममा लियो क्लब आफ सेन्ट्रल सिटीका सदस्यहरुले नृत्य प्रस्तुत गरेका थिए भने विशेष अतिथिहरुद्वारा सपथ ग्रहण तथा उपहार र प्रमाणपत्रहरु वितरण गर्नुभएको थियो भने लायन डा. रामऔतार खेतानद्वारा फोटो पत्रकार उत्तम खड्गी, फोटो पत्रकार राजु श्रेष्ठ र पत्रकारशेखर बहादुर क्षेत्रीलाई लायन्स क्लबलाई सहयोग गरेवापत उपहार दिएर सम्मान गर्नुभएको थियो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment