वीरगंज, ९ साउन । उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा सपथ लिएको बिरोधमा वीरगंज छाडेर देशभर विरोध पर््रदर्शन र पुतला दहन भएको छ ।
उपराष्ट्रपति जस्तो देशको सर्वोच्च निकायमा आसिन ब्यक्तिले मातृभाषा तथा नेपाली भाषाको अपमान गर्दै हिन्दी भाषामा सपथ लिएको भन्दै झाबिरुद्ध पर््रदशन भएको हो ।
हिन्दी भाषामा सपथ लिएर झाले कसलाई खुसी पार्न खोजेका हुन् - स्थानीय एक देशभक्तको जिज्ञासा थियो झा देशका उपराष्ट्रपति हुन् कि मधेशका -
सोही सर्न्दर्भमा आज राष्ट्रिय दैनिकका प्रधान सम्पादक तथा उत्थान साप्ताहिकका सम्पादक सर्ुदर्शनराज पाण्डेसंग प्रतिक्रिया लिंदा उहांले हिन्दी भाषा कुनै पनि देशभक्त रैथाने नेपालीको राष्ट्रभाषा र मातृ भाषा होइन, झा स्वतन्त्र राष्ट्र नेपालका उपराष्ट्रपति हुन् । उनले लिएको नेपाली नागरिकता प्रमाणपत्र देवनागिरी लिपी नेपाली भाषामा लेखिएको छ । उपराष्ट्रपतिको प्रमुख दायित्व भनेको राष्ट्रियता, राष्ट्रिय एकता , अखण्डता र अक्षुण्णताको रक्षा गर्नु र राष्ट्रिय एकताको प्रतीक रहनु हो । मान्छे मानव भएन र राष्ट्रवादी रहेन भने उस्ले र्सार्थक जीवन हासिल गर्नसक्दैन, दर्रि्र, प्रदूषित, संकिर्ण्र्ाा पर्ूवाग्रही मानसिकता भएका मानिस जति ठूला र शक्तिशाली भए पनि आदरणीय हुन सक्दैन । जुन कुरा भर्खरै उपराष्ट्रपतिको सपथ ग्रहण हिन्दी भाषामा गरेर परमानन्द झाले प्रष्टयाइ दिएका छन् भन्नुभयो ।
त्यस्तै वीरगंजका स्थानीय पत्रकार कन्हैया गुप्ताले नेपाली, भोजपुरी, मैथिली, अवधिजस्ता अन्य मातृ भाषालाई लत्याएर हिन्दी भाषामा नै सपथ ग्रहण गर्नु मधेशीलगायत अन्य जातजातिले उनलाई उपराष्ट्रपतिको सम्मान गर्लान भन्ने कुरामा शंका गर्नुहुन्छ । उहांले जबरजस्ती भारतले मधेशको भूभाग कब्जा गरी मधेशी नेपालीमाथि अत्याचार, दमन, शाषण गर्नेको राष्ट्रिय भाषा हिन्दी प्रयोग गर्नु नै मधेशी र मधेशलाई सिक्किम बनाउने उपराष्ट्रपति झाको षडयन्त्र हो भन्नुभयो ।
त्यस्तै वीरगंजका एक र्सवसाधारणसंग प्रतिक्रिया लिंदा उहांले उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा सपथ ग्रहण गर्नु आफनो राष्ट्रिय भाषा, मातृ भाषा विर्सनुको कारण के हो - भारतको रिमोट कन्ट्रोल भएर देशलाई भारततर्फगाभ्ने षडयन्त्र गर्न खोजिएको त होइन भन्नुभयो । उहांले गत ७ गते भारतको बिहार टिभीबाट प्रशारण भएको कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादव बिहारको बिहारी रहेको भनेर समाचार प्रसारण भएको पनि जनाउनुभयो ।
फिचर लेखन तालिम सम्पन्न
वीरगंज, ९ साउन/ संचारिका समूह नेपालको तत्वावधानमा मध्यमाञ्चल विकास क्षेत्रको ९ जिल्लाका महिलाहरुको लागि संचालित पा“च दिने फिचर लेखन तालिम सम्पन्न भएको छ ।
आज सो समापन समरोहका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद शिवाकोटीले तालिमका २० महिला प्रशिक्ष्ँार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
५ वटै विकास क्षेत्रमा संचारिका समूह नेपालले पत्रकार महिलाको व्यवसायिक दक्षता र संख्यात्मक वृद्धिका लागि फिचर लेखन तालिम संचालन गरी १०० जना भन्दा बढी महिला उत्पादन गरेको र ती महिला पत्रकार विभिन्न संचारमाध्यममा कार्यरत रहेका छन् । स्थानीय दैनिक पत्रिकाका सम्पादक र तालिमे महिला पत्रकारबीच महिला पत्रकारहरुको व्यवसायिकतालाई छलफल पनिभएको थियो ।
संचारिका समूह नेपालकी महासचिव निर्मला शर्माले सभापतित्व गर्नुभएको सो समापन समारोहमा स्वागत मन्तव्य नेपाल पत्रकार महासंघ, पर्सा शाखाका सभापति शत्रुघन नेपालले प्रकट गर्नुभएको थियो भने संचारिका समूह नेपालकी केन्द्रीय सदस्य ऋतु पंडितले संचालन गर्नुभएको सो समापन समारोहमा प्रहरी राजनीतिक दलका प्रतिनिधि, संचारकर्मी, समाजसेवीको उपस्थिति रहेको थियो ।
साधारण सभा सम्पन्न
वीरगंज, ९ साउन/ वीरगंज एथलेटिक्स रोड र्रनस क्लबको १५ औं साधारणसभा क्लबका अध्यक्ष अशोककुमार श्रेष्ठको अध्यक्षतामा वीरगंज अलखियामठको प्रा·णमा सम्पन्न भयो ।
क्लबका साधारण सदस्यहरुको उपस्थितिमा खेलकूदको विकास, आय-व्यय तथा नया कार्यकारीणी पदाधिकारी गठन गरियो ।
सो समितिको अध्यक्षमा अशोककुमार श्रेष्ठ, उपाध्यक्ष प्रकाशबहादुर सिलाल, सचिव, दिवाकर कृष्ण मानन्धर, सहसचिव गोविन्दकुमार दास, कोषाध्यक्ष कमलबहादुर श्रेष्ठ, सहकोषाध्यक्ष धु्रव कुंवर, सदस्यहरु प्रदीप बिक्रम राणा, शरद विक्रम शाह, दीपक श्रेष्ठलगायत रहेका छन् ।
सो कार्यक्रमको संचालन तथा आयव्यय सम्बन्धी जानकारी क्लबका सचिव सुरेश राजले गर्नुभएको थियो भने सभाका सभापति श्रैष्ठले खेलकूदको विकास उत्थानबारे जोड दिंदै साधारणसभा सफल पारिदिने महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment