वीरगंज, १० साउन/ वर्षातको सुरुवातसंगै बारा र पर्सामा र्सपको बिगबिगी बढेको छ भने वीरगंजमा एन्टी स्नेक भ्याक्सीनको हाहाकार भएको छ ।
दिनहुं नारायणी उपक्षेत्रीय अस्पताल, वीरगंजमा र्सपको टोकाईबाट घाइते भएका व्यक्तिहरु उपचार गराउन आइरहेको छन् ।
स्वास्थ्य मन्त्रालयले नपठाएकोले वीरगंजको सरकारी अस्पतालमा एन्टीस्नेक भ्याक्सिन नपाउंदा भारतको रक्सौलमा प्रति भाइल रू ७५० चर्को मूल्यमा किन्न विरामीहरु बाध्य भएका छन् ।
नारायणी उपक्षेत्रीय अस्पतालमा लगभग १५ दिनदेखि एएसभी भ्याक्सीन नभएको र र्सपले टोकेको मानिसहरू सरदर एकजना आउने गरेका छन् ।
र्सपले मानिसलाई टोकीरहेको छ तर औषधि उपचारका लागि अस्पतालमा आएका विरामी भ्याक्सीन नपाएर मर्ने अवस्थामा छन्। यसतर्फस्वास्थ्यमन्त्रीको ध्यान पुग्न सक्ला - नाउक्षे अस्पतालका एक स्वास्थ्यकर्मीले बताए ।
र्सपले टोकेर एक महिला घाइते
वीरगंज, १० साउन/ र्सपको टोकाईबाट एक महिला गम्भीर घाइते भएकी छिन् ।
आज बिहान ११ बजे पर्सा, सोनवर्षा-५ निवासी ३५ वषर्ीय सलामुन नेशा खेतमा घांस काटिरहेको अवस्थामा दाहिने हातमा र्सपले टोकेपछि निजको उपचार नारायणी उपक्षेत्रीय अस्पताल, वीरगंजमा भइरहेको प्रहरीले जनाएको छ ।
ठक्करबाट एक घाइते
वीरगंज, १० साउन/ वीरगंज-१० पानीटंकी नजिकै ना ५ प ५५१८ नम्बरको मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिंदा घाइते भएका छन् ।
पर्सर्ााजल्ला पर्र्सौनीविर्ता गाविस-६ निवासी २४ वषर्ीय अशोक पासवान घाइते भएका हुन् । घाइतेको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइ घर फर्किएको छ ।
पर्ूव राजा ज्ञानेन्द्रको जन्मोत्सवमा कार्यक्रम
वीरगंज, १० साउन/ पर्ूव राजा ज्ञानेन्द्र शाहको ६२औं शुभजन्मोत्सवको उपलक्ष्यमा नेपाल राष्ट्रवाद संघ, पर्साले आज एक कार्यक्रमको आयोजना गरी मनाएको छ ।
नेपाल राष्ट्रवाद संघ, पर्साका अध्यक्ष जनकलाल साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि पशुपति विक्रम शाह रहनुभएको थियो भने उषा शाहले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको उद्घोषण नन्दकिशोर गोयलले गर्नुभएको थियो भने राजसंस्थाप्रति सहयोग पुर्याउने १०० जना व्यक्तिहरुलाई प्रमाण पत्र दिएर सम्मान गरिएको थियो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment