खुलेयाम सेतो अण्डाको तस्करी र बिक्री-वितरण

Posted on
  • Jul 22, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ७ साउन/ नेपाल सरकारले भारतलगायत अन्य मुलुकबाट आयात गर्ने पंक्षीजन्य बस्तुहरूमा कर्डाई गर्नको लागि वर्षोनी करोडौं रूपिया“ खर्च गर्ने प्रयास केही भ्रष्ट कर्मचारीहरूको कारण असफल भएको छ ।
    आजभोलि दिनहु“ पर्सा र बाराको विभिन्न नाका हु“दै भारतबाट चोरी पैठारी गरी ल्याएको सेतो अण्डाको तस्करी र वीरगंज नगरको विभिन्न र्सार्वजनिक स्थानमा सेतो अण्डाको बिक्री वितरण भइरहेको छ ।
    भारत बिहार राज्य पर्ूर्वी चम्पारण मोतीहारी जिल्ला रक्सौल बजारबाट तस्करहरूले ठूलो मात्रामा सेतो अण्डाको तस्करी गरी खुलेयामरूपमा बस, ट्रक, टेम्पो तथा पोके तस्करको माध्यमबाट पर्सर्ााबाराको विभिन्न स्थानमा भित्र्याइरहेका छन् ।
    अण्डा तस्करहरूले स्थानीय प्रहरी प्रशासनलाई आर्थिक प्रलोभनमा पारेर पर्सा-बाराका जनताहरूको जीवनसंग खेलवाड गरिरहेका छन् ।


    प्रवचन कार्यक्रम सम्पन्न

    वीरगंज, ७ साउन/ ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले एक समारोहको आयोजना गरी परमात्माको शान्ति अनुभूति वर्ष२०६५ को उपलक्ष्यमा प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।
    आज बारा, सिमरास्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका प्रमुख अतिथि राजयोगिनी राज दिदीले आध्यात्मिकबारे प्रवचन दिनुभएको हो ।
    प्रवचन कार्यक्रमको प्रमुख वक्ता राजयोग, विराटनगरकी संचालिका गीता दिदी, स्वागत मन्तव्य मधु बहन, कार्यक्रम संचालन ब्रह्मकुमार गुणराज र धन्यवाद ज्ञापन रन्जु दिदीले गर्नुभएको थियो । भने सो अवसरमा स्वागत नृत्य प्रिती साह र अंजनी अधिकारीले गर्नुभएको थियो ।
    कार्यक्रममा विभिन्न जिल्लाबाट आएका भक्तजनहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।



    वीउमनपा डुबानमा

    वीरगंज, ७ साउन/ वषर्ात्को आरम्भसंगै वीरगंज उपमहानगरपालिका विभिन्न स्थान डुबानमा परेको छ ।
    आज विहानैदेखि परेको अविरल वषर्ाका कारण वीरगंजको मुख्य सडक, वडा नं. १०, १८, १९ लगायतका क्षेत्रहरु डुबानमा परेको स्थानीयबासी बताउंछन् ।
    वीउमनपाले समयमा नाला सरसफाई गर्न लापरवाही गरेको कारण वीरगंज नगर डुबानमा पर्नुको साथै लामखुट्टेको प्रकोपबाट पीडित भएको स्थानीयबासीले बताए ।

    बम विस्फोट

    परवानीपुर, ७ साउन/ अज्ञात समूहले बारा, छातापिपरा-३ स्थित त्रिवेणी सिम्प्याक्स कारखानाको
    मूलगेटमा गए राति १० बजे सुतली बम विस्फोट गराउनुका साथै तीन राउन्ड हवाई फायरसमेत गरेको छ ।
    बम विस्फोटबाट कुनै क्षति भएको छैन । विस्फोटको जिम्मेवारी जनतान्त्रिक तर्राई मुक्ति मोर्चा ज्वाला समूहका जिल्ला सहायक इन्चार्ज सुनील पाण्डेले टेलिफोनमार्फत् लिएका छन् ।

    0 comments: