ठप्प रहेको भंसार आयात-निर्यात सुचारु

Posted on
  • Jul 21, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ६ साउन/ गत साउन १ गतेदेखि विभिन्न माग राखि हडतालमा उत्रिएका भंसार एजेण्टहरूले हडताल फिर्ता लिएपछि वीरगंज भंसार सुचारु भएको छ ।
    साउन ५ गते राति अबेरसम्म वीरगंज भंसार क्लियरिङ एजेन्ट संघ र वीरगंज उद्योग वाणिज्य संघबीच १५ दिनभित्र माग पूरा गर्ने सहमतिपछि आजदेखि हडताल फिर्ता लिएको हो ।
    हडताल भिर्ता भएपछि भारतको रक्सौलदेखि वीरगंजसम्मको सडकमा आयात निर्यातको सामान लोड गरेको हजारौं ट्रकहरु नेपाल भित्रिने र नेपालबाट भारतलगायत तेस्रो मुलुक जाने क्रम जारी रहेको वीरगंज भंसारका एक कर्मचारीले बताए । वीरगंज भंसार यार्डमा रहेका लोडेड ट्रक, इन्धन बोक्ने टयाङ्कर धमाधम नेपाल भित्रिएका छन् ।
    भंसार एजेन्ट संघले भंसार एजेण्ट नियमावली खारेजी, दर्ुइ वर्षो एजेन्ट प्रतिनिधि बहाली गर, कम्पनी प्रतिनिधि बहाली गर, स्थानीय प्रतिनिधि बहाली, स्थानीय कार्यालयबाट गर र शैक्षिक योग्यता खारेज गरलगायतका मांग राखी साउन १ गतेदेखि हडतालमा उत्रिएको थिए । सो माग १५ दिनभित्र पूरा नगरिए आन्दोलन अरु सशक्त बनाइने जनाएका छन् ।
    ६ दिनदेखि भंसार छुटाउने काम नभई आयात-निर्यात व्यापार ठप्प हुंदा व्यापारी, ट्रक व्यवसायी र सरकारले ठूलो नोक्सानी बेहोर्नु परेको थियो । औद्योगिक कच्चा पदार्थ अलपत्र पर्दा उद्योगहरू बन्द हुने अवस्थामा पुगेका थिए । औद्योगिक एवं व्यापारिक अराजकताले आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पर्न जांदा यतिखेर सिंगो देशमा नानाथरिको माग राखी सडक अवरूद्ध पार्ने काम भएकोमा दुःख व्यक्त गर्दै एक व्यापारीले बताएका थिए ।

    आगलागीमा वृद्धाको मृत्यु

    वीरगंज, ६ साउन/ बारा जिल्लाको मझरिया गाविसमा गएराती आगालागीमा परी एक वृद्धाको मृत्यु भएको छ ।
    मृत्यु हुनेमा मझरिया गाविस वडा नम्बर १ का ५५ वर्षा वृद्ध भिखारीप्रसाद यादव रहनुभएको छ ।
    लामखुट्टे धपाउने धुपबाट यादवको गोठमा आगलागी भएको र गोठमा भएको गोरुलाई बचाउन जांदा यादवको शरिरमा अचानक आगो सल्केपछि जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
    आगलागिका कारण एउटा गोरु, एउटा भैंसी, ४ वटा बाख्रा जलेका छन् ।
    यसैगरि बाराको प्रि्रा विर्ता वडा नम्बर २ बलुवा टोलका जोगिन्द्र महरा चमारको गोठमा पनि गएराती आगलागि भएको छ ।

    0 comments: