वीरगंज, ५ साउन/ माओवादी केन्द्रीय कार्यसमितिको लाइनविरुद्ध षडयन्त्र र गुटबाजी गर्नेमाथि कारबाही भएको जनाइएको छ ।
आज नेकपा माओवादी भोजपुरा उपराज्य ब्यूरोका सेक्रेटरी एवं संविधानसभासद प्रमु साहले एक प्रेस विज्ञप्ति जारी गरी अखिल नेपाल टे्रड युनियन महासंघ राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रम वीरगंजमा आयोजना गरी माओवादी पार्टर्ीीे लाइन विपरित बोल्ने नेकपा माओवादी केन्द्रीय कार्यालय सचिव क. विप्लव -नेत्रबिक्रम चन्द) माथि छानबिन गरी आवश्यक कारबाही गर्ने माग पनि गरिएको उल्लेख छ ।
विज्ञप्तिमा तथाकथित अखिल नेपाल टे्रड युनियन महासंघ राजनैतिक वैचारिक प्रशिक्ष्ँण कार्यक्रमको आयोजना गरी पार्टर्ीी गुटबाजी गर्न खोजेको आरोपसहित अखिल नेपाल टे्रड युनियन महासंघका वरिष्ठ उपाध्यक्ष बद्री बजगाई, केन्द्रीय सदस्य सोनालाल र गंगा बस्नेतको सम्पर्ूण्ा जिम्मेवारी केन्द्रीय कमिटीले निलम्बन गरेको उल्लेख छ।
हिजो वीउवासंघको हलमा आयोजित राजनैतिक वैचारिक प्रशिक्ष्ँण कार्यक्रम केन्द्रीय कमिटीलाई कुनै जानकारी नदिई आयोजित गरिएको र पार्टर्ीी इमान्दार कार्यकर्ताले न्यायोजित र जायज किसिमले विरोध गर्ने क्रममा वाइसीएल पर्सर्ाा इन्चार्ज शम्भु पाललगायत १० जना कार्यकर्तालाई कब्जामा लिइएकोमा आपत्ति जनाइएको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच वीरगंज उद्योग वाणिज्य संघको हलमा हिजो दिउंसो अखिल नेपाल टे्रड युनियन महासंघ राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रम केन्द्रीय संगठन समितिको निर्देशनविपरित भएको भन्दै मंचमा पुगेर माइक खोसेर कार्यक्रम विथोल्न खोज्ने १० जना माओवादी कार्यकर्तालाई निर्मम तरिकाले पिटेर सिमरास्थित वाइसीएलको हेडक्वार्टरमा पुर्याएर थुनामा राखेको र अहिलेसम्म मुक्त हुन नसकेको थाहा हुन आएको छ ।
आफनै पार्टर्ीी आफनै सहयात्री कमरेडहरुबाट पिटाइ खानेहरुमा वाइसीएल पर्साका इन्चार्ज शम्भु पाल, भोजपुराका एसटीएफ इन्चार्ज फिरोज उर्फ सियाराम कुशवाहा, सदसय उमेश पटेल, विनायक, वाइसीएलका क्षेत्रीय संयोजक उमेश ठाकुर, कमलेश साह -३ नं. क्षेत्रीय संयोजक) राजेश्वर कुमार साह, वीरेन्द्र साह कानू, विश्वराज पटेल, सुमन साह कानू हुनुहुन्छ । उहांहरुको स्वास्थ्य स्थितिबारे कसैलाई पनि केही थाहा छैन । क. अनिलको निर्देशनमा वाइसीएल पर्सा संयोजक शम्भु पालको नेतृत्वमा सो कार्यक्रम विथोल्ने काम भएको भनि भोजपुरा राज्य समितिका इन्चार्ज एवं माओवादीका केन्द्रीय सदस्यले सो कार्यक्रम भाडन संलग्न रहेको भनि निलम्बन गरेको बुझिएको छ ।
फिचर समाचार लेखन तालिम
वीरगंज, ४ साउन/ महिला पत्रकारहरुको लागि ५ दिने फिचर समाचार लेखन तालिम सुरु भएको छ ।
आज संचारिका समूहको आयोजनामा स्थानीय होटल सम्झनामा सुरु भएको सो तालिममा २० जना महिला संचारकर्मीलाई शिव गाउंले, नितु पडित, निर्मला शर्माले प्रशिक्षण दिइरहनुभएको हो ।
संचारिका समूहका सचिव निर्मला शर्माको अध्यक्षतामा सुरु भएको सो तालिमका मुख्य अतिथि पर्सर्ाा प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद शिवाकोटी रहनुभएको थियो भने मधेशी जन अधिकार फोरमका जिल्ला अध्यक्ष शशिकपूर मियां, महिला विकास कार्यालय, पर्सर्ाा उर्बरा लुइटेल, जगदीश शर्मालगायतको उपस्थिति थियो ।
तालिममा गढीमाई एफएमका विभा लर्ुइटेल, प्रियंका पाण्डे, दृष्टि वाणी, रचना ढकाल, अमृता मैनालीलगायत बारा, पर्सर्ाामकवानपुर, रौतहट, उदयपुर, र्सलाही, धनुषा, महोत्तरी, सप्तरीका महिला संचारकर्मीलाई
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment