वीरगंज, १ साउन/ जिल्ला प्रहरी कार्यालय, पर्साले जनतान्त्रिक तराइ मुक्ति मोर्चा ज्वाला सिंहका पर्सा जिल्ला कमाण्डरलाई हतियारसहित पक्राउ गरेको छ ।
गए राति १०ः३० बजे प्रहरी टोलीले वीरगंज-३ छपकैया निवासी बादल भनिने मुस्तफा अंसारीलाई घर नजिकैबाट पक्राउ गरेको हो । निजको साथबाट इटालियन पेस्तोल १ थान, ५ राउण्ड गोली बरामद भएको छ ।
हिरासतमा रहेका मुस्तफाले रातभरि प्रहरीले करेन्ट लगाएर अभियोग सकार्न यातना दिएको भनि मोबाइलबाट आज बिहान घर परिवारलाई बताएको परिवार स्रोतले जताएको छ । सोही स्रोतका अनुसार वैशाख महिनामा नेपाली कांग्रेस पर्साका सभापति राजेन्द्रबहादुर अमात्य र अजयकुमार द्विवेदीले निज मुस्तफालाई पर्सा प्रहरी समक्ष आत्मसमर्पण गराएको, तत्पश्चात तर्राई मुक्ति मोर्चामा संलग्न पनि नभएको र कुनै आतंकवादी गतिविधिमा पनि नलागेको जनाएको छ ।
तर जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक केपी शर्माले निज बादल भनिने मुस्तफा अंसारी तर्राई जनतान्त्रिक मुक्ति मोर्चा ज्वाला सिंह समूहमा क्रियाशील रही विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको आवश्यक तथ्य प्रहरीसंग रहेको बताउनुभएको छ ।
पर्साका १५ हजार जनता डुबानमा
वीरगंज, १ श्रावण/ भारतले आप\mनो क्ष्ँेत्रको जमिन र दोन नहरलाई सुरक्ष्ँित राख्न बनाएको तटबन्धनका कारण पर्सा जिल्लाका १५ हजार जनता डुबानमा परेका छन् ।
बिहार राज्य, पश्चिम चम्पारण जिल्लासंग सीमा जोडिएको नेपालको पर्सा जिल्लाको मिर्जापुर, जयमंगलापुर र सम्भौता गाविसका १५ हजार जनता ओरिया नदीको पानी साविकको निकास भारतले बन्द गरेका कारण डुबानबाट प्रभावित भएका हुन् ।
एकातिर ओरिया नदीको पिध माथि उठेको छ, अर्कोतर्फ भारतले साविकको ओरिया नदीको पानीको बहाव ँेत्रमा तटबन्धन बनाइ ह्युम पाइप राखिएबाट वर्षातमा परेको छ । नदीको पूरै पानी गाउंमा पसेर डुबान भएको छ ।
सुवर्णपुर, महादेवपट्ट,ि पिंडारी, जानकीटोला, मिर्जँपुर, जयमंगलापुर, सम्भौतालाई प्रभावित पार्ने गरी भारतले आफनो भूमिलाई कटान र डुबानबाट बचाउन अग्लो तटबन्धन निर्माण गरेको छ । दर्ुइ देशबीचको साझा सहमति र साझा सुरक्ष्ँालाई उल्लघंन गरी एकतर्फी रुपमा स्थानीय नेपाली जनताको विरोधलाई बेवास्ता गर्दै बनाइएको तटबन्धनबाट पीडित जनताहरुले यस वर्ष पनि सरकार समक्ष डुबान क्ष्ँेत्रबाट मुक्त गर्न माग राखेका छन् । केही दिन देखि परेको अविरल वर्षाका कारण पर्सा जिल्लाकै बहुअर्वाभाठा, गर्दौल, भिस्वा, सिक्टा, क्षेत्रमा बाढी पसी घरखेत डुबानमा परेका छन् । पर्सा जिल्लाको सवै नदीमा बाढी आएको छ ।
लागू औषधसहित दुइ पक्राउ
वीरगंज, १ साउन/ अवैध लागूऔषधसहित गण्डक प्रहरीले दुइजनालाई पक्राउ गरेको छ ।
हिजो १० ग्राम ब्राउनसुगरसहित भैसेपाटी काठमाडौं बस्ने राजकुमार डिम्दोङ महेन्द्र बम्जनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सो लागू औषध करिब ४ हजार मूल्य बराबर रहेको जनाएको छ ।
गण्डक नहरमा पानी संचालन
वीरगंज, १ / नारायणी सिंचाई व्यवस्थापन डिभिजन नं. ५ अन्तर्गत नेपाल पूर्वी नहरको पर्सा र बारा खण्डमा असार २७ गते देखि ८ सय क्युसेक पानी संचालन भएको छ ।
पर्सा जिल्लामा नहरको पानी र वर्षातको पानीका कारण कृषकहरुले कूल धान खेतको क्षेत्रफलमध्ये ९० प्रतिशतमा रोपाइं सम्पन्न गरिसकेका छन् ।
विगत १२ वर्षेखि मर्मत संभारमा न्यूनतम बजेट नभएको कारण नारायणी सिंचाइ योजनाको नहरको अवस्था जिर्ण भई पानी संचालन नहुने अवस्थामा पुगेको र आव २०६४/६५ मा ७२ लाख खर्च गरी नेपाल पूर्वी नहर सफा गरिएकोले जानकी टोलादेखि पर्सा खण्ड २६.५ किमी र बारा खण्ड ३५.७ गरी ६२.२ किमी नहरमा राम्रोसंग पानी संचालन भई कृषकहरुलाई पर्याप्त सिंचाई सुविधा पुग्न गएको नारायणी सिंचाई व्यवस्थापन डिभिजन नं. ५ का डिभिजन प्रमुख रामानन्दप्रसाद यादवले बताउनुभएको छ ।
बारा र पर्सामा सिंचित क्षेत्र २८,७०० हेक्टर छ । नेपाल-भारत बीच सन् १९५९ डिसेम्बर ४ मा भएको संझौता अनुसार गण्डक प्रोजेक्ट सन १९६८ देखि सुरु भएको हो । नेपाल पूर्वी नहरमा ८१ किमी मूल नहर भएको र विश्व बैंकको ऋण सहयोगमा नारायणी सिंचाइ प्रणाली बनेका हुन् ।
नारायणी सिंचाई प्रणालीको हेडवर्क्स नेपाल-भारत सिमानामा नारायणी नदीमाथि भारतको बिहार राज्यको बाल्मिकीनगरमा निर्माण गरी पूर्वी मूल नहर -तिरहुत मूल नहर) को दोन शाखा नहरमार्फत पश्चिमी चम्पारणको इनर्वा गाउं एवं नेपालको पर्सा जिल्ला जानकी टोलमा प्रवेश गराइ नेपाल पूर्वी नहरमा पानी उपलब्ध गराइएको छ ।
नेपाल-भारत बीच भएको गण्डक सम्झौताअनुसार ८५० क्यूसेक पानी हरबखत नेपालमा छाडनुपर्नेमा धान र गहुंको सिजनमा मात्र ५ सय देखि ८ सय क्युसेक पानी भारतले छाड्ने गरेको रेकर्डबाट देखिन्छ ।
जल उपभोक्ता समितिमार्फत ३७,४०० हेक्टर सिंचाइ सुविधा उपलब्ध गराएवापत प्रत्येक वर्ष प्रति हेक्टर रु २१० का दरले पानी पोत संकलन हुनुपर्नेमा, पानीपोत असूली शून्य छ । पानीपोतको पैसा नेपाल सरकारको खातामा होइन, मधेश सरकारको खातामा जम्मा हुन्छ भन्दै कृषकहरुले एक पैसा पनि पानीपोत नतिरी सिंचाई सुविधा लिइरहेका छन् ।
गण्डक नहरका दुवै किनारामा रोपिएका ठूला सिसौंका रुखहरु सबै काटेर स्थानीय जनताले आफनो उपभोगमा ल्याउंदासमेत डिभिजन कार्यालयले सिसौं रुख बचाउन सकेको छैन । नहरका संरचनाहरु हलुका सवारीका लागि बनाइएकोमा केही वर्षयतादेखि बस, ट्रक नहरको सडकबाट ठूलो संख्यामा ओहरदोहर हुंदा नहरका संरचनाहरु पूर्ण ध्वस्त हुन थालेका छन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment