विरगञ्ज २६ जेष्ठ/
जनतान्त्रिक तराई मुक्ति मोर्चाका ज्वाला सिंह समूहका बारा जिल्ला इन्चार्ज क्यामोदिन साह देवान उर्फ जमिम साहले प्रहरीसमक्ष आत्मसामर्पण गरेका छन् ।
आज अंचल प्रहरी कार्यालय, नारायणीमा एक पत्रकार सम्मेलनको आयोजना स्थानीय संचारकर्मीसमक्ष ज्वाला सिंह समूहका बारा इन्चार्ज जमिमलाई सार्वजनिक गरिएको हो ।
विद्यालयबाट टेस्टपास गरेका २६ वर्षीय जिल्ला पर्सा विरुवागुठी गाविस वडा नं. २ परशुराम टोल बस्ने नसरुदिन साह देवानका छोरा जमिम साह पेशाले मोटर मेकानिक्स हुन् । निज २०६३ साल कार्तिक देखि जनतान्त्रिक तर्राई मुक्ति मोर्चामा प्रवेश गरेका रहेछन् ।
उनीले प्रहरीमा दिएको बयानको नोटमा यस प्रकार छ :
म २०५४ सालदेखि सिराहा जिल्लाको लहानमा किसान डिजल सर्भिस नामक पसल खोली मोटर मैकेनिक्सको काम गर्दै आइरहेको थिए । मेरो पसलमा प्रहरी, आर्मी र सरकारी कार्यालयहरुको गाडीसमेतको काम हुने गरेकोले सोही लहानमा २०६३ सालतिर ढाट राखी रक उठाउदै आएको माओवादी कार्यकर्ताहरुले प्रहरीको सहयोगी भन्दै मलाई अनावश्यक हैरानी दिन सुरु गर्यो । माओवादीले हैरानीले गर्दा मैले आफ्नो पसल रामहरी ढकाल भन्ने व्यक्तिसंग बिक्री गरी सोही पसलमा तलबमा काम गर्न थाले । एक दिनको कुरा हो म चप्पल किन्न लहान बजारका पशुपति सिनेमा हल अगाडिको पसलमा पुगे । चप्पल किन्ने क्रममा सोही पसल छेउमा उभिरहेको ज्वाला सिंह भन्ने नागेन्द्र पासवानसंग मेरो भेट भयो । सामान्य परिचय पश्चात उ गयो । अनि सोही चप्पल पसलमा काम गर्ने सकुर भन्ने केटालाई ज्वाला सिंह संग फेरि भेट गराइ देउ भनेपछि ल ठिक छ तपाई सम्पर्क नम्बर
दिनुस ज्वाला सिंह आएपछि म सम्पर्क गराइ दिन्छु भन्यो । मैले सम्पर्क नं. ०३३-५६०४९४ नं. दिए । त्यसको तीन दिन पछि ज्वाला सिंहले मलाई फोन गरी तपाई माओवादीबाट धेरै पीडित हुनुहुन्छ, आउनुहोस हाम्रो पार्टिमा लाग्नुहोस तपाईको सवै समस्या समाधान हुन्छ भनी मलाई धेरै आशाहरु देखायो र म तपाईलाई फेरि फोन गर्छ तपाई आफ्नो मोवाइल दिनुस् भने पछि मैले मेरो मोबाइल नं. ९८०४२२७६७० ज्वाला सिंहलाई टिपाए ।
त्यसपश्चात म काम गर्न नवलपरासी जिल्लाको कावासोती गए, काम गर्न थाले । १८-२० दिन पश्चात ज्वाला सिंहलेमेरो मोबाइलमा फोन गरी बिहारको रक्सौलमा भेट्न बोलायो । म रक्सौल आइ स्टेशन पछाडिको पार्कमा ज्वालासिंहसंग भेट गरे । दुइ महिनापछि मलाई दरभंगा मिटिङमा बोलायो अनि त्यहा केन्द्रीय कमिटीको गठन गरी मलाई बारा जिल्लाको इन्चार्ज तोके । त्यसपश्चात म भारतमै विभिन्न नातेदार तथा दिल्ली गई बस्न थाले ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment