पा“च दिने संस्थागत विकास तालिम प्रारम्भ

Posted on
  • Jun 25, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ११ असार/ जिल्ला बाल कल्याण समन्वय समितिको हलमा जिल्ला वन समन्वय समितिद्वारा आयोजित सुशासन सामाजिक परिचालन तथा संस्थागत विकाससम्बन्धी ५ दिने तालिम शुभारम्भ भएको छ ।
    पर्सर्ााजल्लाका गाविसहरुको १० वटा समूहबाट २० जना महिला, पुरुषको सहभागिता रहेको सो तालिमको उद्देश्य साझेदारी वन व्यवस्थापनअर्न्तर्गत निजी वन, कृषि वन विकास कार्यक्रममा गठित उपभोक्ताको समूह संचालन, व्यवस्थापन तथा सामाजिक पर्रि्रेक्ष्यमा सक्रिय सहभागिता गर्राई सीप तथा क्षमता विस्तार रहेको छ ।
    सो तालिमका प्रशिक्ष्ँक ठाराब क्याम्पसका प्राध्यापक विश्वकान्त दुबे, हरी खेतानका प्राध्यापक शम्भुप्रसाद चौरसिया, अमृतलाल जोशी, सामाजिक संस्था जिल्ला समन्वय समितिका अध्यक्ष बृजकिशोर पटेल, शिक्ष्ँिका मन्जु जोशी, फरेन्स इन्च्स्च्युट हेटौडाका केपी दहाल रहनुभएको छ ।
    कृषि प्रचार सेवा केन्द्रका अधिकृत ए.एन शर्माले सभापतित्व गर्नुभएको सो तालिमको शुभारम्भ कार्यक्रममा अतिथिहरु जिल्ला वन समन्वय समितिका प्रमुख जगरनाथप्रसाद जैसवाल, रेन्जर रोशन श्रीवास्तव, शम्भुप्रसाद चौरसिया, शिवाकान्त दुवे लगायत रहनुभएको थियो ।

    0 comments: